१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

कास्कीमा बस दुर्घटना हुँदा सात जना घाइते

कास्कीको पोखरा महानगरपालिका वडा नम्बर २५ हेम्जामा बस दुर्घटना हुँदा सातजना घाइते भएका छन्। 

काठमाडौंबाट म्याग्दीको बेनीतर्फ जाँदै गरेको ग २ ख १६३० नम्बरको बस आज बिहान २ बजेर ५० मिनेटमा हेम्जा सइखेतमा पल्टिँदा सातजना घाइते भएकाे वडा प्रहरी कार्यालय बगरका प्रमुख बोधराज रेग्मीले बताए।

रेग्मीका अनुसार घाइते हुनेमा बागलुङको तमानखोला गाउँपालिका ३ तमान बस्ने २५ वर्षीया रीता घर्ती, म्याग्दीको मालिका गाउँपालिका ५ देवीस्थान बस्ने ३० वर्षीय भीमकुमार बुढा, सोही ठाउँका ६ वर्षीय निश्चल फगामी, २७ वर्षीया निर्मला फगामी र ४६ वर्षीया सुमित्रा फगामी रहेका छन्।

यस्तै, म्याग्दीकै मालिका गाउँपालिका १ दरवाङ बस्ने ७२ वर्षीय नरबहादुर पुन र सोही ठाउँकी ६५ वर्षीया कृष्ण कुमारी पुन पनि घाइते भएकाे जिल्ला प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घाइतेहरुको पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ।

प्रकाशित: २९ चैत्र २०८० १२:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App