९ आश्विन २०८१ बुधबार
image/svg+xml

राष्ट्रपतिको सल्लाहकार समूहमा पुनर्गठन

राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो सल्लाहकार समूहमा पुनर्गठन थालेकी छन्। राजनीतिक विश्लेषक टीकाप्रसाद ढकाललाई सूचना तथा सञ्चारसहित तोकिएको जिम्मेवारी निर्वाह गर्ने गरी आइतबार नियुक्ति दिएकी हुन्। राष्ट्रपति कार्यालय स्रोतका अनुसार उनलाई नेपाल सरकारको राज्यमन्त्रीसरहको विज्ञ पदमा नियुक्ति गरिएको छ।

प्रणव मुखर्जीको निधन : नेपालले एक असल मित्र गुमायो

मुखर्जीको निधन भएको लगत्तैजसो सोमबार साँझ ट्विट गरेर राष्ट्रपति भण्डारीले नेपालले एक असल मित्र गुमाएको भन्दै दुःख प्रकट गरेकी हुन् ।

राष्ट्रपति चुरे संरक्षण कार्यक्रम, सार्वजनिक खरिद ऐनविपरीत काम गर्दै

सार्वजनिक खरिद नियमावली–२०६४ को नियम ९७ मा उपभोक्ता समिति वा लाभग्राही समुदायबाट काम गराउने कार्यविधिमा एक करोड रूपैयाँभन्दा मुनिको लागत अनुमान भएको निर्माण कार्य वा सो सम्बन्धी सेवा उपभोक्ता समितिमार्फत गर्न सकिने र त्यो भन्दा माथिको सेवा भए टेन्डर आह्वान गरिनुपर्ने उल्लेख छ।

यस पटक राष्ट्रपति पशुपति नजाने

यस पटकको तीजमा राष्ट्रपति विद्यादेवी भण्डारी पशुपति मन्दिरमा पूजाको लागि नजाने भएकी छन्। कोरोना महामारीका कारण मन्दिर दर्शनार्थ राष्ट्रपति सरिक हुन नसक्ने राष्ट्रपति कार्यालयले जनाएको छ।

सेनाले नियन्त्रणमा लिएपछि मालीका राष्ट्रपतिले दिए राजीनामा

सेनाको नियन्त्रणमा राखिएको भनिएको केही घण्टापछि बुधबार बिहान उनले राजीनामा दिएको सामाचार सार्वजनिक भएको हो ।

लकडाउन हटाइएपछि राष्ट्रपति भण्डारी चिन्तित, गरिन् यस्तो आग्रह

लकडाउन अन्त्य भएसँगै सडक, बजार, कार्यालय, सार्वजनिक सवारीसाधनहरूमा बढ्ने भिडले संक्रमण फैलिने जोखिम झन् बढ्ने निश्चित छ ।

राष्ट्रपतिलाई काँग्रेसको आग्रह, ‘चलखेल गर्ने भए मार्गप्रशस्त गर्नुस्’

राष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिक सक्रियताविरुद्ध प्रदेश १ संसद्मा तीव्र विरोध भएको छ। मुख्य विपक्षी दल काँग्रेसका प्रमुख सचेतक केदार कार्कीले सोमबारको संसद् बैठकमा राजनीतिक चलखेल गर्ने मन भए मार्गप्रशस्त गर्न आग्रह गरेका हुन्।

सचिवालय बैठक सकेर ओली र दाहाल शीतल निवासमा

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सकिए लगत्तै अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल राष्ट्रपति भवन शीतल निवास पुगेका छन्।

राष्ट्रपति भेट्न शीतल निवास किन पुगे दाहाल ?

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट्न शीतल निवास पुगेका छन्।

प्रधानमन्त्रीले किन भेटे राष्ट्रपतिलाई ?

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको आन्तरिक विवाद तीव्र बनिरहेका बेला प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन्।

अमेरिकी राष्ट्रपति ट्रम्पको कार्यकारी आदेश आप्रवासीका लागि इतिहासकै कठोर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार जारी गरेकाे कार्यकारी आदेशमार्फत आफ्नो अनुदार आप्रवासी नीतिलाई अझ कडाईका साथ निरन्तरता दिएका छन्।आप्रवासीका क्षेत्रमा काम गर्ने ज्ञाताहरुका अनुसार गत सोमबार जारी कार्यकारी आदेश अमेरिकी आप्रवासी ईतिहासकै कठोर मानेका छन्। राष्ट्रपति ट्रम्पले आगामी नोभेम्बरमा हुन गईरहेको राष्ट्रपति चुनाव केन्द्रित गरेर कार्यकारी आदेश जारी गरेको आप्रवासी कानुनका जानकार एटोर्नी डिल्लीराज भट्टले नागरिकन्यूजलाई बताए।

राष्ट्रपतिमा पुनः जिताउन ट्रम्पले चीनको सहयोग मागेको बोल्टनको दाबी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२० को राष्ट्रपतीय निर्वाचनमा आफूलाई सघाउन चिनियाँ राष्ट्रपति सी जिनपिङको सहयोग मागेको ट्रम्पका पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले आरोप लगाएका छन्।

ट्रम्पको चुनावी सभाहरु यसै महिनाबाट शुरु हुने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी सातादेखि राष्ट्रपतिको दोस्रो कार्यकालका लागि औपचारिक रुपमा प्रचारप्रसार शुरु गर्ने तयारी गरेका छन्।

अमेरिकाको राष्ट्रपति पदका लागि जो बाइडेनको उम्मेदवारी सुनिश्चित

अमेरिकाको राष्ट्रपतिको आगामी कार्यकालका लागि डेमोक्याटिक पार्टीको तर्फबाट जो बाइडेनले उम्मेरबारी दिने सुनिश्चित भएको छ। यही बर्ष सन् २०२० को नोभेम्बरमा हुने निर्वाचनमा उनले वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई टक्कर दिनुपर्नेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्