९ आश्विन २०८१ बुधबार
image/svg+xml
राजनीति

राष्ट्रपति भेट्न शीतल निवास किन पुगे दाहाल ?

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट्न शीतल निवास पुगेका छन्। संसद बैठक अन्त्य भएपछि अध्यादेश आउन सक्ने आसंका भइरहेका बेला दाहाल शीतल निवास पुगेका हुन्।

नयाँ राजनीतिक घटनाक्रम विकसित भइरहेको समयमा दाहाल शीतल निवास पुगेका हुन्। आज मात्रै सरकारको सिफारिसमा राष्ट्रपतिद्वारा संसद अधिवेशन अन्त्य गरेकी थिइन्। मन्त्रिपरिषद बैठक अघि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिलाई भेटेका थिए।  

नेकपाको स्थायी कमिटी बैठक जारी रहेको भए पनि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली बैठकमा आएका थिएनन्।  यी घटनाक्रम चलिरहँदा ओली, दाहाल र अन्य नेताहरुबीच छलफल भएको थियो। छलफलमा नेताहरुले ओली प्रति आक्रोस व्यक्त गरेका थिए। संसद बैठक अन्त्य गरेर ओलीले अध्यादेश ल्याउन आशंका भइरहेका बेला दाहाल राष्ट्रपतिलाई भेट्न पुगेका हुन्। जारी स्थायी कमिटी बैठकमा बहुमत नेताहरुले प्रधानमन्त्री ओलीको राजीनामा माग गरेका छन्।

 

 

प्रकाशित: १८ असार २०७७ १०:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App