९ आश्विन २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

लकडाउन हटाइएपछि राष्ट्रपति भण्डारी चिन्तित, गरिन् यस्तो आग्रह

फाइल तस्बिर : राष्ट्रपति विद्यादेवी भण्डारी

गत चैत ११ देखि देशभर लागू लकडाउन सरकारले साउन ६ गते राति १२ बजेबाट हटाएको छ ।  

तर कोरोना महामारी हटिसकेको छैन । जसले गर्दा लकडाउन अन्त्य भएसँगै सडक, बजार, कार्यालय, सार्वजनिक सवारीसाधनहरूमा बढ्ने भिडले संक्रमण फैलिने जोखिम झन् बढ्ने निश्चित छ ।  

यसै सन्दर्भमा राष्ट्रपति विद्यादेवी भण्डारीले आम नागरिकलाई सचेत गराएकी छन् ।  

बुधबार आफ्नो ट्विटरमार्फत राष्ट्रपति भण्डारीले बन्दाबन्दी (लकडाउन) हटाइए पनि कोरोना महामारीको जोखिम उस्तै रहेकाले स्वास्थ्य सुरक्षाका नियम पालना गर्न सबैमा आग्रह गरेकी हुन् ।  

‘जनजीवनलाई सहज पार्न नेपाल सरकारले बन्दाबन्दी केही सरल गरेको छ,’ ट्विटमा उनले भनेकी छन्, ‘तथापि कोरोना महामारीको जोखिम टरिसकेको छैन । तसर्थ स्वास्थ्यसम्बन्धी नियमहरूको पालना गर्न म सबैमा आग्रह गर्छु ।’

प्रकाशित: ७ श्रावण २०७७ ११:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App