६ आश्विन २०८१ आइतबार
image/svg+xml

अक्सिजन र बेड अभावमा मृत्युदर बढ्यो

रूपन्देहीमा कोरोना संक्रमण र मृत्युदर ह्वात्तै बढेको छ। अस्पतालहरूमा अक्सिजन र शय्या अभावमा संक्रमितको मृत्युदर बढेको हो। पछिल्लो १० दिनमा यहाँका कोभिड अस्पतालमा उपचाररत एक सयजना संक्रमितको मृत्यु भएको छ।

अक्सिजन कन्सन्ट्रेटर खरिद गर्न आर्थिक जुटाउँदै सर्वसाधारण

सुदूरपश्चिमका अस्पतालहरुमा अक्सिजनको हाहाकार भएको छ। कोराेनाको नयाँ भेरियन्टको संक्रमणले संक्रमितको संख्या अस्पतालमा थपिँदै गएको छ। सरकारी तथा निजी अस्पतालमा अक्सिजन नपाएर संक्रमिट छट्पटिरहेका छन्।

अक्सिजन नपाएर ज्यान गुमाउँदै संक्रमित

कैलालीमा नयाँ भेरियन्टसहितकाे कोरोना संक्रमणले बिकराल रुप लिँदै गएको छ । संक्रमण र मृत्युदर बढ्दै गएर भयावह अवस्था बनेको छ ।

अक्सिजन प्लान्ट र पिसिआर मेसिन व्यवस्थापनका लागि कार्यदल

अक्सिजन प्लान्ट तथा पिसिआर मेसिन खरिद तथा व्यवस्थापनका लागि खोटाङमा कार्यदल बनेको छ। कोभिड–१९ रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समितिको शुक्रबार बसेको बैठकले कोभिड–१९ को दोश्रो लहरको महामारीलाई मध्यनजर गर्दै जिल्लामा अक्सिजन प्लान्ट तथा पिसिआर मेसिन खरिद तथा व्यवस्थापनका लागि कार्यदल बनाउने निर्णय गरेको हो।

चिकित्सक भन्छन्ः बिरामीलाई पाइपबाट वितरण गर्दा पोखरामा अक्सिजनको माग थाम्न सकेका हौं

राजधानीसहित बुटवल, भैरहवा, दाङ, नेपालगञ्ज लगायतका सहरमा कोरोनाको दोश्रो लहरसँगै बिरामी थपिँदा अस्पतालमा अक्सिजनको चरम अभाव छ । अस्पतालमा शैया र अक्सिजन नपाएर बिरामी हायलकायल छन् । स्थानीय अस्पतालमा उपचार नपाएपछि हेलिकप्टर चार्टर गरेर बिरामी पोखरासम्म आएका छन् ।

अक्सिजन दिँदै मध्यपुरथिमी नगरपालिका : २४ घण्टामा १ लाख ९२ हजार लिटर उत्पादन

शुक्रबार राती १० बजेबाट अक्सिजन उत्पादन थालेको नेपाल कोरियामैत्री नगरपालिका अस्पतालले शनिबार २४ जना बिरामीलाई अक्सिजन दिएको छ।

बेइजिङ र मस्कटबाट अक्सिजन सिलिन्डर ल्याइँदै

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले आज चीनको राजधानी बेइजिङ र ओमानको राजधानी मस्कटबाट अक्सिजन सिलिन्डर ल्याउँदै छ।

अक्सिजन सिलिन्डर लिन निगमको जहाज आज चीन जाँदै

स्वास्थ्य मन्त्रालयको निर्देशन तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको संयोजनमा बाँकी एक हजार ६०० अक्सिजन सिलिन्डर लिन निगमको जहाज चीनको राजधानी बेइजिङ जान लागेको हो।

चाप बढेपछि भेरी अस्पतालको अक्सिजन प्रणालीले काम गर्न छाड्यो

नेपालगन्जस्थित भेरी अस्पतालसँग बढीमा एक सय जना बिरामीलाई मात्र धान्न सक्ने क्षमताको अक्सिजन प्रणाली सञ्चालनमा छ । तर, अस्पतालको अक्सिजन प्रणालीबाट अहिले दैनिक २ सय ५० भन्दा बढी बिरामीलाई अक्सिजन सप्लाई हुन्छ ।

उपकुलपति भण्डारीकाे प्रश्नः अक्सिजन छैन, बेड मात्रै भएर के काम ?

जिल्लाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले अन्य रोगका बिरामीको उपचारसंगै कोरोनाका बिरामीहरुको समेत उपचार गर्दै आईरहेको छ । तीन दर्जन बढी कोरोनाका बिरामीको उपचार गरिरहेको प्रतिष्ठानसंग आफ्नै अक्सिजन प्लान्ट छैन । फलतः कोरोना संक्रमितहरुको उपचारमा असहज भैरहेको छ ।

अक्सिजन भनसूनको आधारमा हाेइन आवश्यकताका आधारमा दिनूः प्रम ओली

'हाम्रा कुनै पनि अक्सिजन उत्पादन गर्ने कारखाना पूर्ण रुपमा चल्नुपर्छ, यसकारण चलेन भन्न पाइँदैन,’ उनले भने।

वागमती प्रदेश प्रहरीद्वारा ६ सय ७० थान अक्सिजन सिलिण्डर संकलन

वागमती प्रदेश प्रहरीले अक्सिजनको अभावमा आम नागरिकको ज्यान जोखिममा परिरहेको अवस्थालाई मध्यनजर गर्दै अक्सिजन सिलिण्डर संकलन कार्य गरेको छ। कोरोना भाइरस (कोभिड १९) को संक्रमण बढ्दै गर्दा अस्पतालहरुमा अक्सिजनको अभाव देखिन थालेपछि वागमती प्रदेश प्रहरीले ६ सय ७० थान अक्सिजन सिलिण्डर संकलन गरेको छ।

अक्सिजन अभावले प्रदेश अस्पतालले नयाँ संक्रमित भर्ना नगर्ने

प्रदेश अस्पतालका निर्देशक डा. डम्वर खड्काका अनुसार बुधबारबाट दैनिक ५० वटा अक्सिजन सिलिन्डर मात्रै नेपालगन्जबाट आइरहेको छ।

बतास फाउण्डेसनको अगुवाईमा अक्सिजन प्लान्ट बनाउने तयारी

अक्सिजन अभावमा दिनदिनै नागरिकको ज्यान जान थालेपछि पोखरामा नागरिकस्तरबाटै अक्सिजन प्लान्ट बनाउने प्रयास थालिएको छ । व्यवसायीक घराना बतास अर्गनाइजेसनको पहलमा नागरिकस्तरबाटै अक्सिजन प्लान्ट बनाउने प्रयासको थालनी भएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्