१७ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

बतास फाउण्डेसनको अगुवाईमा अक्सिजन प्लान्ट बनाउने तयारी

एउटै संस्थामार्फत ५० लाख रुपैयाँसम्म सहयोग

अक्सिजन अभावमा दिनदिनै नागरिकको ज्यान जान थालेपछि पोखरामा नागरिकस्तरबाटै अक्सिजन प्लान्ट बनाउने प्रयास थालिएको छ । व्यवसायीक घराना बतास अर्गनाइजेसनको पहलमा नागरिकस्तरबाटै अक्सिजन प्लान्ट बनाउने प्रयासको थालनी भएको हो ।  

बतास अर्गनाइजेसनका अध्यक्ष आनन्दराज बतासको नेतृत्वमा अहिले अक्सिजन प्लान्ट बनाउनका लागि सहयोग रकम संकलन गर्ने काम भइरहेको छ । कम्तिमा ३ करोड रुपैयाँ लागतमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अक्सिजन प्लान्ट बनाउने तयारी गरिएको बतासका अध्यक्ष आनन्दराज बतासले जानकारी दिए । ्

‘प्लान्टका लागि कम्तिमा ३ करोड रुपैयाँ चाहिन्छ,’ उनले भने, ‘तर ५ करोड रुपैयाँ संकलन भयो भने देशकै सबैभन्दा ठूलो अक्सिजन प्लान्ट बनाउँछौं ।’ अध्यक्ष बतासले अक्सिजन प्लान्ट बनाउने अभियान समग्र पोखरेलीको भएको बताए । त्यसैले सम्पूर्ण पोखरेलीले गच्छे अनुसार सहयोग गर्न सक्ने उनको भनाई छ ।  ‘अक्सिजन प्लान्टका लागि १ रुपैयाँदेखि आफुले चाहेजति रकम दिन सकिन्छ,’ उनले भने । महामारी फैलिँदै गर्दा हजारौं जनतालाई अक्सिजन आवश्यक प¥यो भने त्यतिबेला अहिले भएको अक्सिजनले धान्दैन, त्यसैले तत्कालै तयारी गर्नुपर्ने भएकाले अभियान शुरु गरिएको उनले बताए ।

प्लान्टका लागि हालसम्म करिब साढे २ करोड रुपैयाँ रकम संकलन भइसकेको छ । अक्सिजन प्लान्टका लागि बतास आफैले फाउण्डेसनमार्फत २५ लाख र मातहतका विभिन्न कम्पनीमार्फत २५ लाख गरेर कुल ५० लाख रुपैयाँ सहयोगको घोषणा गरेका छन् । त्यस्तै, अटोवेज प्रालिका प्रबन्ध निर्देशक नारायणप्रसाद पौडेल, सेलवेज डिपार्टमेन्टल स्टोर्सका सञ्चालक सुशील प्रधानाङ्ग, स्वर्गिय समाजसेवी सुर्यबहादुर केसीको स्मृतिमा केसी ग्रुप, सुपरमादी हाइड्रोपावरका अध्यक्ष पुष्पज्योति ढुंगाना, क्वालिटी एग्रिगेटका सञ्चालक देवबहादुर ज्वारचन र बिरिभर माइनिङ प्रालिले २५–२५ लाख रुपैया सहयोग घोषणा गरेका छन् ।  

अक्सिजन प्लान्ट स्थापना गर्न कृष्ण श्रेष्ठले ५ लाख, नेलम्बो नेपालका तर्फबाट अध्यक्ष एकदेव देवकोटाले ३ लाख, स्वर्गिय कृष्णमान गुभाजुको स्मृतिमा कञ्चन क्यापिटलको तर्फबाट ३ लाख, लभ्ली हिल्स हाउजिङको तर्फबाट अनिल ताङ्वेबाट ३ लाख, व्यवसायी सोभिनमान बुद्धाचार्यले २ लाख, स्वर्गिय प्रेमप्रसाद लामिछाने र स्वर्गिय जनकमाया लामिछानेको नाममा उनका छोरा उत्तम लामिछानेबाट २ लाख ५ हजार ५ सय घोषणा भएको छ ।

त्यस्तै होटल ल्याण्डमार्कका सञ्चालक ओमप्रकाश पाण्डेबाट १ लाख ११ हजार १ सय ११, दमौलीका भक्त बतास, पोखरा रामबजारका बैकुण्ठ रञ्जितबाट १ लाख, दिटीका ईन्टरनेसनल प्रालिले १ लाख १ रुपैयाँ, काठमाडौंका मनोज गुप्ताले १ लाख ११ हजार १ सय ११, टीका ग्रुपका अध्यक्ष टीका पौडेल, पोखरा विन्ध्यबासिनीका भीमराज रेग्मीले १–१ लाख रुपैयाँ सहयोग घोषणा गरेका छन् ।  

अक्सिजन प्लान्टका लागि माउण्ट कैलाश रिसोर्ट लेकसाइडका सञ्चालक नरेशबहादुर भट्टराईबाट १ लाख ५५ हजार, सिटिजन फर्निचर ट्रेडलिंकका सञ्चालक दीपक कार्कीबाट १ लाख ११ हजार १ सय ११, युनाइटेड क्लवले १ लाख १ हजार १ सय ११ रुपैयाँ सहयोग जुटेको छ । अक्सिजन प्लान्ट बनिसकेपछि अक्सिजनको अभावमा कसैको पनि ज्यान नजाने आशा गरेको बतासले बताए । पोखरामा हाल निजी क्षेत्रबाट संचालित दुईवटा अक्सिजन प्लान्ट छन् । ती दुईवटा प्लान्टले उत्पादन गरेको अक्सिजनले अहिले पोखरा क्षेत्रमा अक्सिजन आपूर्ति गरिरहेका छन् ।

प्रकाशित: ३१ वैशाख २०७८ ०९:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App