२१ आश्विन २०८१ सोमबार
image/svg+xml

शनिबार एनआइसी एसिया लघुवित्तकाे आइपिओ बाँटफाँट

एनआइसी एसिया लघुवित्तकाे आइपिओ २० असारमा बाँटफाँट हुने भएको छ। सबै आवेदकले न्यूनतम १० कित्ता र ४६ हजार ५ सय ७९ जनाले गोलाप्रथाबाट थप १० कित्ता सेयर प्राप्त गर्नेछन् ।

लघुवित्तीय संस्थाको ऋणले उठीबास

इलाम नगरपालिका–५, बरबोटेका एक द्वन्द्वपीडित युवककी पत्नीले घर–परिवारमा आर्थिक समस्या पर्न थालेपछि स्थानीय लघुवित्तीय संस्थाबाट ऋण लिइन् । सुरुमा उनले सुनेकी थिइन्, न कुनै धितो चाहिने, न ऋण लगानीपछि अनुगमन नै हुने । ‘सस्तो ब्याज’मा पाउने भएपछि उनी ऋण लिन राजी भइन् ।

असार २१ गतेबाट साधना लघुवित्तको आइपिओ खुल्ने

साधना लघुवित्तको आइपिओ (साधारण सेयर) असार २१ गतेबाट बिक्री खुला हुनेको भएको छ । साधनाले ७ करोड ७ लाख ८० हजार रुपैयाँबराबरको आइपिओ खुला गर्न लागेको हो ।

समता र घरेलु लघुवित्त मर्ज हुँदै

समता लघुवित्त वित्तीय संस्था र घरेलु लघुवित्त वित्तीय संस्था एक आपरमा गाभिने (मर्ज) भएका छन् । सोमबार समता लघुवित्तका तर्फवाट सञ्चालक समितीका अध्यक्ष डम्मरमणि थेवे लिम्बू र घरेलु लघुवित्तका तर्फवाट सञ्चालक समितिका अध्यक्ष आङ देम्डि शेर्पाले दुई संस्था एक आपसरमा गाभ्ने सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

वित्तीय संस्था गाभिने क्रम बढ्दै

नेपाल राष्ट्र बैँकले चालु आर्थिक वर्ष ०७६/७७ को मौद्रिक नीतिमा मर्जरमा जाने लघुवित्त वित्तीय संस्थालाई सेवा सुविधा थप गर्ने घोषणा गरेपछि वित्तीय संस्था गाभिने क्रम बढ्दै गएको छ।

हाकाहाकी सर्वसाधारण लुट्दै जाजरकोटका लघुवित्तहरु

भेरी नगरपालिका ३ पुराना साझाकी सुन्तली थापा निर्धन लघुवित्त सँस्थाकी समूह सदस्य छन्। उनी लघुवित्तको समूहमा बस्न चहान्नन्।

लघुवित्त सुस्ताउँदा बिमामा उछाल

साताको अन्तिम दिन पनि सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको वृद्धि देखिएको छ। केही दिनअघिदेखि लगातार उकालो यात्रामा रहेको सेयर बजारमा यसअघि बुधबार पनि दोहोरो अंकको वृद्धि देखिएको थियो।

चार महिनामा साढे ३४ लाख नाफा

रसुवाको स्याफ्रुमा रहेको डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चार महिनामा साढे ३४ लाख नाफा आर्जन गरेको छ । चालु आर्थिक वर्षको साउनदेखि कात्तिक मसान्तसम्ममा शाखाले ३४ लाख ५७ हजार नाफा आर्जन गरेको हो ।

लघुवित्तको चर्को ब्याजलाई निरुत्साहित गर्न, ऋण दिँदै नगरपालिका

पालुङटार नगरपालिकाले दुई प्रतिशत ब्याजदरमा नगरवासीलाई व्यापार, व्यवसाय गर्न ऋण दिन थालेको छ। गत वर्ष एक करोड ५० लाख, चालु वर्ष वडा कार्यालय अन्र्तगत ५० लाख र नगरपालिकाले एक करोड गरी तीन करोड रुपैयाँ स्वरोजगार बन्नेहरुलाई बितरण गर्ने नगर प्रमुख दिपकबाबु कंडेलले बताए।

विकृति रोक्न मर्जर अनिवार्य

सन् १९७० को मध्यतिर बंगलादेशका प्रोफेसर मुहमद युनुसले सुरु गरेको लघुवित्त कार्यक्रम अहिले विश्वभरी फैलिएको छ। नेपालमा लघुवित्त कार्यक्रमको सुरुवात करिब तीन दशकअघि भएको छिमेक लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र जोशी बताउँछन्।

डेढ दर्जन लघुवित्तको चुक्तापुँजी दुई करोडमुनि

लघुवित्त वित्तीय संस्थालाई आर्थिक रुपमा सबल बनाउन चुक्ता पुँजी बढाउनुपर्ने आवाज सरोकारवालाले उठाइरहेका छन्। लघुवित्तले नेपाल राष्ट्र बैंकबाट अनुमति लिई कर्जा लगानी गरे पनि कर्जाको अनुगमन र सुपरिवेक्षण हुन नसकेको भन्दै सरोकारवालाले लघुवित्तको चुक्तापुँजी बढाउनुपर्ने तर्क गरेका हुन्।

लघुवित्तमा साढे १६ हजारलाई रोजगारी

धनगढी स्थायी घर भई हाल नयाँबानेश्वर बस्ने जनकराज पाठकले गत वर्ष अधिकृत श्रेणीका लागि लघुवित्त वित्तीय संस्थामा निवेदन दिएका थिए । लिखीत परिक्षामा उत्तीर्ण भए पनि मौखिकमा उनले सफलता हात पार्न सकेनन् ।

दोहोरो कर्जा मूल समस्या

ग्रामीण भेगका गरिब र महिलालाई समूहमा आवद्ध गराई न्यून ब्याजदरमा कर्जा प्रवाह गर्ने र उनीहरुको दैनिक बचत पनि गर्ने भएकाले लघुवित्त कार्यक्रम फस्टाउँदै गएको नेपाल लघुवित्त बैंकर संघका अध्यक्ष रामचन्द्र जोशीले बताए।

सबैको लघुवित्तको साधारण शेयर बिक्री हुँदै

पछिल्ला दिनमा लघुवित्त संस्थाको साधारण शेयर बिक्री गर्ने क्रम बढ्दै गएको छ। आइतबारदेखि आँधी खोला लघुवित्त वित्तीय संस्थाको साधारण शेयर बिक्री शुरु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्