४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

शनिबार एनआइसी एसिया लघुवित्तकाे आइपिओ बाँटफाँट

एनआइसी एसिया लघुवित्तकाे आइपिओ २० असारमा बाँटफाँट हुने भएको छ। सबै आवेदकले न्यूनतम १० कित्ता र ४६ हजार ५ सय ७९ जनाले गोलाप्रथाबाट थप १० कित्ता सेयर प्राप्त गर्नेछन् ।

एनआइसीको आइपिओमा ४ लाख १४ हजार १ सय ८० लगानीकर्ताबाट २ करोड ३० लाख ६५ हजार ३९० कित्ता सेयर खरिदका लागि आवेदन दिइएको थियो ।

लघुवित्त क्षेत्रमा हालसम्मकै सबैभन्दा धेरै संख्यामा एनआइसीले  एक सय रुपैयाँ अंकितका  ४७ करोड ५५ लाख रुपैयाँ बराबरको ४७ लाख ५५ हजार कित्ता आइपिओ निष्कासन गरेको थियो ।

केयर रेटिङ्गस नेपालले एनआइसीको आइपिओलाई औषतभन्दा कम आधार जनाउने ग्रेड ४ प्लस रेटिङ दिएको छ । बिक्री प्रबन्धकमा  सानिमा क्यापिटल रहेको छ ।

प्रकाशित: १९ असार २०७७ ०५:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App