१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

समता र घरेलु लघुवित्त मर्ज हुँदै

समता लघुवित्त वित्तीय संस्था र घरेलु लघुवित्त वित्तीय संस्था एक आपरमा गाभिने (मर्ज) भएका छन् । सोमबार समता लघुवित्तका तर्फवाट सञ्चालक समितीका अध्यक्ष डम्मरमणि थेवे लिम्बू र घरेलु लघुवित्तका तर्फवाट सञ्चालक समितिका अध्यक्ष आङ देम्डि शेर्पाले दुई संस्था एक आपसरमा गाभ्ने सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।  

दुई वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने सम्झौता पत्रमा मर्जरपछि बन्ने नयाँ संस्थाका नाम समता घरेलु वित्तीय संस्था रहने उल्लेख गरिएको छ भने नयाँ वित्तीय संस्थाको केन्द्रिय कार्यालय बनेपा रहनेछ ।

सो अवसरमा समताका प्रमखु कार्यकारी अधिकृत (सिईओ) मदन घिमीरेले दुवै संस्था एक आपसमा गाभिएपछि वित्तीय संस्थाको चुक्ता पूँजी २६ करोड १४ लाख रुपैयाँ पुग्ने बताए ।  

प्रारम्भीक सहमती अनुसार घरेलु लघुवित्तलाई ८० को ‘स्वाप रेसियो’मा गाभ्ने सहमती भएपनि वित्तीय सस्थाको सम्पति तथा दायित्व मूल्याङ्न (डिडिए) गरी पुनः अन्तिम स्वाप निर्धारण गरिने उनले बताए ।  

हाल समता लघुवित्त वित्तीय संस्थाको चुक्ता पूँजी करिब १९ करोड ११ लाख रुपैयाँ छ । नेपाल राष्ट्र बैँकले चालु आर्थिक वर्ष ०७६/०७७ मौद्रिक नीति मार्फत मुलुकका बैँक वित्तीय संस्थालाई एक आपरमा गाभ्ने निती लिएको थियो ।  

राष्ट्र बैँकका अनुसार हाल मुलुकभर ८९ वटा लघुवित्त वित्तीय संस्था सञ्चालनमा छन् । 

प्रकाशित: १ असार २०७७ १४:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App