४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

असार २१ गतेबाट साधना लघुवित्तको आइपिओ खुल्ने

साधना लघुवित्तको आइपिओ (साधारण सेयर) असार २१ गतेबाट बिक्री खुला हुनेको भएको छ । साधनाले  ७ करोड ७ लाख ८० हजार रुपैयाँबराबरको आइपिओ  खुला गर्न लागेको हो ।  

१०० रुपैयाँ दरको ७ लाख ७ हजार ८०० कित्ता आइपिओमध्ये १० हजार ८९० कित्ता कर्मचारी र ३५ हजार ३९० कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ ।  बाँकी  ६ लाख ६१ हजार ५२० कित्ता सर्वसाधारणका लागि  खुला गरिनेछ ।

साधनाको आइपिओलाई केयर रेटिङ नेपालले औषतभन्दा कम आधार जनाउने ग्रेड ४ प्लस रेटिङ दिएको छ ।  बिक्री प्रबन्धकमा  ग्लोबल आइएमई क्यापिटलले रहेको छ ।  साधनाको चुक्ता पुँजी १४ करोड ६० लाख रुपैयाँ छ । आइपिओ निष्कासनपछि यसको चुक्ता पुँजी २१ करोड ६७ लाख ८० हजार रुपैयाँ पुग्नेछ ।

लगानीकर्ताले न्यूतम १० कित्ता र अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन पाउनेछन् ।  आइपिओमा असार २४ गतेसम्म आवेदन दिन सकिनेछ । 

प्रकाशित: १२ असार २०७७ ०९:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App