१९ आश्विन २०८१ शनिबार
image/svg+xml

पोखरामा चिनियाँ र नेपाली धावक एकैपटक दौड्दै

पोखरामा नेपाल र चीनका धावकहरु एकैपटक दौड्ने भएका छन्। नेपाल र चीनबीच मैत्रीपूर्ण सम्बन्ध बिस्तार गर्न यो दौड्ले सघाउने सरोकारवालाको विश्वास छ। पोखरा अन्तर्राष्ट्रिय माउन्टेन क्रस कन्ट्री प्रतियोगिता अन्तर्गत दौड आयोजना गरेको आयोजकले बताएको छ।

फेरि किन चाहियो निजगढ अन्तर्राष्ट्रिय विमानस्थल?

सरकारले ऋण लिएर निर्माण गरेका गौतम बुद्ध (भैरहवा) र पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुन नसकिरहेको अवस्थामा सरकारले फेरि निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने निर्णय गरेसँगै यसको पक्ष विपक्षमा बहस सुरु भएको छ।

घुम्न आएका विदेशीलाई भाइटीका

पोखरा घुम्न आउने पर्यटकहरु फरक समयमा फरक तरिकाले रमाउन पाउँछन्। असारे रोपाइँ महोत्सवदेखि अंग्रेजी नयाँवर्ष, होली, भाइटीका महोत्सव यहाँ पाहुना रमाउन पाउने केही नियमित कार्यक्रम हुन्। यी बाहेक अरुखाले मेला महोत्सव पनि पोखरामा नियमित जसो भईरहन्छन्, जहाँ विदेशी पाहुना निकै नै रम्न पाउँछन्।

पोखरामा सयपत्री फूलको थुंगाको मूल्य ५ रुपैयाँ (फोटोसहित)

पोखरा महानगरपालिकाले फूलको थुंगा र मालाको पनि दररेट तोकेको छ। महानगरले तोकेको दररेट अनुसार तिहारे फूल अर्थात सयपत्री फूलको १५ देखी २० ग्रामको एक थुंगालाई ५ रुपैयाँ तोकिएको छ भने १० देखी १५ ग्राम तौल भएको एक थुंगाको मूल्य ४ रुपैयाँ र ५ देखी १० ग्रामको थुंगाको २ रुपैयाँ तोकिएको छ।

पोखराको पृथ्वीचोकस्थित सेती नदीमा दुईवटा पुल थपिँदै

पोखराको पृथ्वीचोकस्थित सेती नदीमाथि थप दुईवटा पुल निर्माण शुरु भएको छ। पोखरा सहर भित्रिने मुख्य नाका पृथ्वीचोकस्थित सेतीनदीमा पृथ्वी राजमार्ग बिस्तारसँगै पुल पनि बनाउन थालिएको हो।

आँखा अगाडी लोभलाग्दा 'हिमाल'

पोखराको पृथ्वी चोकमा बिहान ४ बजेतिर पुगेका थियौँ। त्यसपछि फेरि लोकल बसमा चढेर काँढे भन्ने ठाउँ पुग्यौँ। साढे ६ बजेतिर हामी काँढे पुगिसकेका थियौँ।

तिहारको रमझम, ‘लेकसाइड’मा छमछम...

चाँडबाँडको चटारो अझै छ। दसैं लागेदेखि पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा चमक बढ्न थालेको थियो। त्यो चमक अहिले पनि उत्तिकै छ।

उच्च अदालतको आदेश : पोखराको लेकसाइड २४ घण्टा खोल्न दिनु

उच्च अदालत पोखराले पोखराको पर्यटकीय क्षेत्र लेकसाइडलाई २४ घण्टानै खुला गर्न दिन अल्पकालीन आदेश दिएको छ।

पोखरा सभागृहचोकमा रहेको एटिएम फोड्ने पक्राउ

पोखरामा एटिएम फुटाएर चोरी गर्न खोजेको आरोपमा एकजना पक्राउ परेका छन्। पोखरा महानगरपालिका–८ सभागृहचोकमा रहेको नबिल बैंकको एटिएम मेसिन फोड्दै गरेको अवस्थामा भारतीय नागरिक बबी ठाकुरलाई प्रहरीले पक्राउ गरेको हो।

मुग्लिङ–पोखरा सडक:‘राज्यले बिछ्याएको वैधानिक धराप’

विस्तार तथा स्तरोन्नतिको काम बेलैमा नसकिँदा यो सडक भताभुंग बनेको छ। अहिले स्थल मार्गबाट काठमाडौं–पोखरा पुग्न १२ घण्टाभन्दा धेरै समय छुट्याउनुपर्ने बाध्यता छ।

पोखरामा प्लाष्टिकका फूल र माला बिक्रीमा रोक

नेपालीको दोस्रो महान पर्व तिहार नजिकिदै छ। तिहारकै छेकोमा प्लाष्टिकजन्य फूल गुच्छाको आयात पनि बढ्दै गएको छ। तर पोखरा महानगरपालिकाले बजार अनुगमन गरेर आयातित प्लाष्टिकजन्य फूलका गुच्छा तथा माला विक्री वितरणमा रोक लगाएको छ।

पोखरा विमानस्थलको कागजात अख्तियारको नियन्त्रणमा

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा आर्थिक अनियमितता भएको दाबी गर्दै आयोजनाका सबै कागजपत्र नियन्त्रणमा लिएको छ। कात्तिक १२ गते नै अख्तियारले कागजात नियन्त्रणमा लिएको हो। ‘विमानस्थल निर्माणको लागत दोब्बर बनाएको, निर्माणका लागि ठेक्का प्रक्रियामा चलखेल गरेको लगायत विषयमा आवश्यक छानबिनका लागि कागजात नियन्त्रणमा लिइएको हो,’अख्तियार स्रोतले भन्यो।

मुग्लिन पोखरा सडक: डुम्रे–छिर्कने खण्डमा कालोपत्र गर्न थालियो

पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँको डुम्रे–छिर्कने खण्डमा कालोपत्र थालिएको छ।

मंसिर दोस्रो साता पोखरामा एन्डुरो अन्तर्राष्ट्रिय माउण्टेन बाईक प्रतियोगिता

पोखरामा आगामी मंसिर दोस्रो साता ‘प्रथम पोखरा एन्डुरो अन्तर्राष्ट्रिय माउण्टेन बाईक’ प्रतियोगिता हुने भएको छ। माउण्टेन बाईक कम्पनी डन टिल डस्कको आयोजना तथा कास्की जिल्ला साईक्लिङ संघको सहयोग र व्यवस्थापनमा आगामी मंसिर ७ देखि ९ गतेसम्म हुने छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्