५ आश्विन २०८१ शनिबार
image/svg+xml

ललिता निवास प्रकरणमा पक्राउ परेका १७ जनालाई धरौटीमा रिहा गर्न आदेश

न्यायाधीश भोलानाथ ढकालको इजलासले पक्राउ परेका १८ जनामध्ये १७ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको हो।

विद्युत् बिस्तारका क्रममा ऐलानी जग्गाबाट विस्थापित हुनेको समस्या समाधान गर्नुपर्छ: मन्त्री बस्नेत

ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले जलविद्युत उत्पादन, प्रसारण र वितरणका क्रममा ऐलानी जग्गाबाट विस्थापित हुनेहरूको समस्या समाधान गर्नुपर्ने बताएका छन्।

खाली जग्गा सदुपयोग गरी कागती खेती

धादिङको नीलकण्ठ नगरपालिका–१२ साङ्कोषका रामशरण लम्सालको बारीमा अहिले लटरम्मै कागती फलेको छ। सदरमुकाम धादिङ बेंसीमा ग्रिल व्यवसाय गर्दै आएका उनको व्यवसाय कोरोना महामारीमा ठप्प बनेपछि कागती खेती थालेका हुन्।

सर्दु जलाधारमा नपर्ने घरजग्गा रोकिदा ३ हजार बढी स्थानीय पीडित

सट्टाभर्ना नदिइएको र सर्दु जलाधार क्षेत्रमा पनि नपर्ने घरजग्गा रोक्का भएर पीडित भएका धरान वडा ४, १३ र २० का बासिन्दाहरूले आफ्नो जग्गा फुकुवा गराउन पहल गरिदिन राजनीतिक दलहरुलाई गुहारेका छन्।

राज्यबाट कानुनी डकैती: हदबन्दी बढीको जफत भएको सरकारी जग्गा निजी गराउने कुचाल

चिया बगान चलाउनेहरूले सयौँ बिघा जग्गा अहिलेको परिस्थितिमा घडेरीमा बिक्री हुने भएकाले बिक्री गर्न पाउन र सट्टा गर्न पाउन लबी चलाए। यो षडयन्त्रपूर्ण कार्यमा पनि भ्रष्टाचारीको मुख हेर्दिन भन्न नथाक्ने तत्कालीन प्रधानमन्त्री केपी ओलीकै संलग्नता छ।

‘कर्जा र धितोको अनुपात ७० प्रतिशत राख्न माग’

नेपाल जग्गा तथा आवास विकास महासंघले कर्जा र धितोको अनुपात (लोन टु भ्यालु रेसियो) ७० प्रतिशत पुर्‍याउनुपर्ने माग राखेको छ।

जमिनमा बढ्यो महिलाको स्वामित्व

कुनै समय यस्तो थियो महिलाको नाममा घर जग्गा वा सम्पत्ति पास हुँदैनथ्यो। महिलाको नाममा सम्पत्ति राखे उनीहरू दोस्रो विवाह गरेर जान सक्छन् र श्रीमान् तथा परिवारका अन्य अभिभावकलाई हेप्ने गर्दछन् भन्नेसम्मको सोच हावी थियो। यसकारण महिलाका नाममा रहने सम्पत्ति भनेको माइतीबाट प्राप्त दाइजो मात्रै हुन्थ्यो।

सत्ता गठबन्धन जोगाउन अनुसन्धानरत प्रहरीको सरुवा

राजनीतिक दलका नेताले सुरक्षा अंगलाई आफूअनुकूल चलाउने प्रयास गर्दा नेपाल प्रहरीमा सत्ता गठबन्धन दलहरूको छाया परेको छ। सत्तामा रहेका दलहरूको छाया पर्दा नेपाल प्रहरीका उच्चपदस्थ अधिकारी समय नपुग्दै अनपेक्षित रूपमा सरुवा भएका छन्।

ललिता निवास प्रकरणः आक्रामक सुरुवात, रक्षात्मक अन्त्य

‘उहाँहरू राजी भएपछि मात्र आइतबार राति घरमै गएर सोधपुछको काम भएको हो,’ स्रोतले भन्यो। सिआइबीले नेपाल र भट्टराईसँग बयान नभई ‘जानकारी’ लिने मात्रै काम भएको भनेको छ।

जग्गाको टुंगो नलाग्दा बनेन भौतिक पूर्वाधार

लुम्बिनी प्राविधिक विश्वविद्यालय स्थापना भएको एक वर्ष पूरा भए पनि भौतिक पूर्वाधार निर्माणका विषय अझै टुंगो लागेको छैन। लुम्बिनी प्रदेश सरकारको गौरवको योजनाअन्तर्गत रहेको उक्त विश्वविद्यालयका लागि जमिनसमेत टुंगो लाग्न सकेको छैन।

नेपाल–भट्टराई प्रतिवादी नभई ‘सरकारी साक्षी’

बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा किर्ते तथा संगठित अपराध कसुरको अनुसन्धानमा पूर्वप्रधामन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईलाई घटना विवरणबारे बयान लिएर सामान्य कागज गराइएको छ।

सिआइबीले ललिता निवास जग्गा प्रकरणको प्रतिवेदन भोली मात्र बुझाउने

बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणको किर्ते तथा संगठित अपराधको अनुसन्धान प्रतिवेदन भोली मात्रै सरकारी वकिल कार्यालयमा जाने भएको छ।

मुद्दा जित्नुको उपहार गाउँबाट बहिष्कार

देवदह नगरपालिका–१२ ढोलबजवा बस्छन् शिव बिन्दु भुज। उमेरले करिब ६० काटेका भुजको परिवार अहिले सामाजिक बहिष्करणमा परेको छ।

महासंघद्वारा जग्गाकित्ता खुल्ला गरिएकोमा स्वागत

नेपाल जग्गा तथा आवास विकास महासंघले सरकारले लामो समयदेखि रोकिएको जग्गाको कित्ताकाट खुलाउने निर्णयको स्वागत गरेको छ।

राजधानी क्षेत्रको जग्गा एकीकरणका लागि निवेदन सङ्कलन

लुम्बिनी प्रदेशको राजधानी क्षेत्र राप्ती उपत्यका देउखुरी दाङलाई व्यवस्थित सहरका रूपमा विकास गर्न निवेदन सङ्कलन सुरु भएको छ। राप्ती गाउँपालिका–२ बाट उक्त कार्य सुरु भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्