१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

‘कर्जा र धितोको अनुपात ७० प्रतिशत राख्न माग’

नेपाल जग्गा तथा आवास विकास महासंघले कर्जा र धितोको अनुपात (लोन टु भ्यालु रेसियो) ७० प्रतिशत पुर्‍याउनुपर्ने माग राखेको छ।

महासंघ र नेपाल बैंकर्स संघका पदाधिकारीहरू बीच भएको छलफल कार्यक्रममा महासंघले कर्जाको अनुपात ७० प्रतिशत हुनुपर्ने माग राखेको हो।

‘घरजग्गा बजार मूल्यमा एकरूपता कायम गर्न त्यस्तो मूल्य निर्धारण गर्ने सुत्र एउटै हुनु आवश्यक देखिएको छ,’ महासंघका अध्यक्ष भेषराज लोहनीले भने, ‘घरजग्गा क्षेत्रमा कर्जा प्रवाह गर्दा तोकिने प्रिमियम दर कम हुनुपर्ने, डिपोजिटको ब्याजदर तोक्दा बैंकहरूबीच प्रतिष्पर्धा नगरी बैंकहरूबीच भद्र सहमति गरेर ब्याजदर तोकिनुपर्ने, मान्यता प्राप्त घरजग्गा व्यवसायका हकमा हदबन्दी छुट हुनुपर्दछ,’ महासंघले जग्गा तथा घरको बजार मूल्य निर्धारणका सूत्रहरू, घरजग्गा क्षेत्रमा कर्जा प्रवाह गर्दाको प्रिमियम, बचतको ब्याजदर र जग्गाको हदबन्दी गरी मुख्यतः पाँच वटा विषयमा छलफल भएको अध्यक्षले बताए।

 महासंघको धारणालाई सकारात्मक रूपमा लिँदै बैंकर्स एसोसियसनका अध्यक्ष सुनिल केसी र अन्य पदाधिकारीहरूले यसबारे थप अध्ययन गरी संयुक्त रूपमा घरजग्गाको कारोबारलाई  प्रवर्द्धन गरेर मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

उक्त कार्यक्रममा कार्यक्रममा महासंघ र संघका कार्य समितिका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो। 

प्रकाशित: ८ भाद्र २०८० ०२:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App