११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

स्कुल भ्यानसहित दश सवारी साधन एकापसमा ठोक्किदा १५ जना घाइते

अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको चुनदेवीमा काठमाडौं वल्ड स्कुलको भेन दुर्घटना भएको छ। दुर्घटनामा परी नौ जना विद्यार्थीसहित १५ जना घाइते भएका छन्। स्कुलको गाडीले अगाडिको गाडीलाई ठोक्किनबाट बचाउन ब्रेक लगाउदा पछाडि आइरहेका दश वटा सवारी साधनहरु एक आसपमामा ठोक्किएका थिए।

रोकिएको बस आफैं गुडेर खोलामा खस्याे

उदयपुरको गाईघाटबाट खोटाङको सदरमुकाम दिक्तेल आउँदै गरेको यात्रुबाहक बस दुर्घटना भएको छ।शुक्रबार बिहान हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीमा बस दुर्घटना भएको हो। गाईघाटबाट यात्रु लिएर हिडेको बस दिप्रुङ चुईचुम्मा गाउँपालिकास्थित भण्डारेघाटमा बास बसेको जनाइएको छ ।

गोरखा जीप दुर्घटनामा घाइतेलाई सेनाको हेलिकप्टरबाट काठमाण्डौँ लगियो

गोरखाको आरुघाट गाउँपालिका १ मान्बुमा जीप दुर्घटना गम्भिर घाइते धार्चे गाउँपालिका उपाध्यक्ष फुलमाया गुरुङसहित निसा गुरुङ, बालचन्द्र गुरुङ, धनबहादुर गुरुङ, टेयरसिंङ गुरुङ, सुरज नेपाल र सर्मिला गुरुङलाई उपचारको लागि नेपाली सेनाको हेलिकप्टरबाट काठमाण्डौँ लगिएको छ।

मान्बु जीप दुर्घटनाका घाइतेको उपचारमा समस्या, हेलिकप्टर कुर्दै छटपटाउँदै

गोरखाको आरुघाट गाउँपालिका १ मान्बमा भएको जीप दुर्घटना गम्भीर घाइतहरुको उपचारमा समस्या भएको छ।

गोरखामा जीप दुर्घटना हुँदा वडा सचिवको मृत्यु, गाउँपालिका उपाध्यक्षसहित ७ घाइते

गोरखाको आरुघाट गाउँपालिका १ झोर्चेमा बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यू भएको छ भने ७ जना घाइते भएका छन्। ग १ ज ५५०५ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा धार्चे गाउँपालिका ६ का वडा सचिव किरण रिमालको घटनास्थलमै मृत्यु भएको छ।

जीप दुर्घटनामा एकको मृत्यु, १० जना घाइते

पाल्पामा भएको जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परि १० जना घाइते भएका छन्।

साँघुरो बाटोमा ‘साइड’ दिँदा दुर्घटना

र्खेतको चिंगाड गाउँपालिकाबाट सदरमुकाम वीरेन्द्रनगर आउँदै गरेको यात्रुवहाक जीप बुधबार बिहान रातानाङ्ला–धरमपोखरा सडकखण्डको राउटे गल्छी नजिकै दुर्घटना भयो। तीन जनाले ज्यान गुमाए। चार जना गम्भीर घाइतेको उपचार भइरहेको छ। घाइतेका अनुसार चालकको लापरबाही र साँघुरो सडकको कारण जीप दुर्घटना भएको हो।

जीप दुर्घटना हुँदा चालकको मृत्यु

सदरमुकाम दुनैबाट सुँपानी आउदै गरेको भे १ च २४६४ नंवरको बोलेरो जीप दुर्घटना हुदा चालकको मृत्यु भएको छ। ठूलीभेरी नगरपालिका ५ घरभएका ३५ वर्षीय पन्चबहादुर बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ।

दुर्घटनामा तीनको मृत्यु, चार जना घाइते

दैलेखको धरमपोखराबाट सुर्खेतको वीरेन्द्रनगर आउँदै गरेको जीप वीरेन्द्रनगर नगरपालिका–१५ स्थित राउटे गल्छीमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। भने चार जना गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार नमस्ते सुर्खेत यातायात प्रालिको ०२–००१ ज ०००७ नम्वरको जीप रातानाङ्ला–धरमपोखरा सडकखण्ड अन्र्तगत पर्ने राउटे गल्छी नजिकै सडकबाट चार सय मिटर तल खसेको थियो।

टिपर दुर्घटनामा चालकको मृत्यु

पाल्पामा मंगलबार बिहान भएको टिपर दुर्घटनामा चालकको मृत्युु भएको छ। तानसेन तम्घास सडक खण्डको तिनलाँकुरी भन्ने स्थानमा भएको दुर्घटनामा चालक नवलपरासी सुनवल-३ का ३२ वर्षिय मधु मर्पाङ मगरको घटनास्थलमै मृत्यु भएको हो।

परिवारसहित सीपी मैनाली चढेको कार दुर्घटना

नेकपा (माले)का महासचिव तथा पूर्वउपप्रधानमन्त्री सीपी मैनालीको बिहीबार बर्दिबास-३ रातोपुलमा सवारी दुर्घटनामा परी घाइते भएका छन्।

रवीन्द्र अधिकारीको स्मृतिमा ‘पर्यटन पुरस्कार’ घोषणा

सरकारले तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको स्मृतिमा ‘रवीन्द्र स्मृति पर्यटन पुरस्कार’ स्थापना गर्ने घोषणा गरेको छ।

भिआइपीको दबाब मुख्य कारण

गत वर्ष फागुन १५ गते ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनाको मुख्य कारण त्यसमा सवार भिआइपीको दबाब रहेको छानबिन समितिले निष्कर्ष निकालेको छ।

गौमुलमा ट्याक्टर दुर्घटना, नौ जना घाइते

गौमुल गाउँपालिकामा भएको ट्याक्टर दुर्घटनामा परी नौ जना घाइते भएका छन्। गाउँपालिकाको ६ नम्बर वडा क्षेत्र पर्ने निलासैनबाट घटमुना तर्फ आउँदै गरेको सु.प.प्र.०१००२ त ४९९ नम्बर प्यलेटको ट्याक्टर मंगलबार बिहान सिमधारमा दुर्घटना भएको हो।

अर्घाखाँचीमा छुट्टाछुट्टै दुर्घटनामा २ जनाको मृत्यु

जिल्लाको भुमिकास्थान नगरपालिका वडा नम्बर–४, धारापानी र वडा नम्बर–१० धनचौरमा भएका छुट्टाछुट्टै दुर्घटनामा २ जनाको मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्