११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

गोरखामा जीप दुर्घटना हुँदा वडा सचिवको मृत्यु, गाउँपालिका उपाध्यक्षसहित ७ घाइते

गोरखा - गोरखाको आरुघाट गाउँपालिका १ झोर्चेमा बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यू भएको छ भने ७ जना घाइते भएका छन्। ग १ ज ५५०५ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा धार्चे गाउँपालिका ६ का वडा सचिव किरण रिमालको घटनास्थलमै मृत्यु भएको छ।

समान्य वर्षात भएको र रातको समयमा उकालो कच्ची सडकमा जिप मोडमा चिप्लिएको अनुमान प्रहरीको छ। बुधवार राति ९ः३० बजे सडकबाट करिब दुई सय मिटर तल जिप खसेको छ। दुर्घटनामा धार्चे गाउँपालिका उपाध्यक्ष फुलमाया गुरुङ सहित निसा गुरुङ, बालचन्द्र गुरुङ, धनबहादुर गुरुङ, टेयरसिंङ गुरुङ, सुरज नेपाल र सर्मिला गुरुङ घाइते भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख एसपी ओमप्रसाद अधिकारीले बताए।

जीप चालक धार्चे गाउँपालिका केरोँजाका बालचन्द्र गुरुङको अवस्था गम्भिर छ। अन्य घाइतेको अवस्था खतरामुक्त रहे पनि सबैलाई शरीरको बिभिन्न ठाउँमा चोट लागेको। घाइतेलाई हेलिकप्टरबाट थप उपचारका लागि काठमाण्डौँ लैजाने तयारी भइरहेको प्रहरी प्रमुख एसपी अधिकारीले बताए।

धार्चे गाउँपालिका ६ कासिगाउँमा जेष्ठ नगारिक, अपाङ्गता परिचय पत्र बितरण कार्यक्रममका लागि गाउँपालिका उपाध्यक्ष सहित जनप्रतिनिधी र कर्मचारीको टोली त्यसतर्फ गएको थियो।

प्रकाशित: २२ फाल्गुन २०७६ ०१:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App