११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

परिवारसहित सीपी मैनाली चढेको कार दुर्घटना

महोत्तरी- नेकपा (माले)का महासचिव तथा पूर्वउपप्रधानमन्त्री सीपी मैनाली बिहीबार बर्दिबास-३ रातोपुलमा सवारी दुर्घटनामा परी घाइते भएका छन्।

झापाबाट महासचिव मैनाली, उनका छोरा, बुहारी, नाति र चालकसहित काठमाडौंतफैै आउँदै गरेको बा७च २१२० नम्बरको कार बर्दिबासस्थित वीपी राजमार्गको कालापानीमा विपरीत दिशाबाट आएको ना४च ७६८० नम्बरको भ्यानसँग ठोक्किएर दुर्घटना भएको हो।

इलाका प्रहरी कार्यालय बर्दिवासका वरिष्ठ प्रहरी हवल्दार चोलीराम चौधरीका अनुसार मैनालीको टाउको र खुट्टामा चोट लागेको छ। दुर्घटनामा परी मैनालीका छोरा ३० वर्षीय सरोज मैनाली, बुहारी पूजा ढुङ्गाना मैनाली, ५ वर्षीय नाति एन मैनाली र चालक रामप्रसाद पौडेल घाइते भएका छन्।

घाइतेहरुको बर्दिवासस्थित बर्दिवास जनसेवा हस्पिटलमा उपचार भइरहेको छ। चौधरीले भ्यान चालकलाई नियन्त्रणमा लिएको पनि जानकारी दिएका छन्।

प्रकाशित: १५ फाल्गुन २०७६ ०९:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App