११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

गोरखा जीप दुर्घटनामा घाइतेलाई सेनाको हेलिकप्टरबाट काठमाण्डौँ लगियो

घाइतेलाई हेलिकप्टरबाट काठमाण्डौँ लगिँदै।

गोरखा - गोरखाको आरुघाट गाउँपालिका १ मान्बुमा जीप दुर्घटना गम्भिर घाइते धार्चे गाउँपालिका उपाध्यक्ष फुलमाया गुरुङसहित निसा गुरुङ, बालचन्द्र गुरुङ, धनबहादुर गुरुङ, टेयरसिंङ गुरुङ, सुरज नेपाल र सर्मिला गुरुङलाई उपचारको लागि नेपाली सेनाको हेलिकप्टरबाट काठमाण्डौँ लगिएको छ। दुर्घटना भएको ठाउँ दुर्गम उच्च पहाडी भेग रहेको र नजिक स्तरीय स्वास्थ्य संस्था नभएका कारण हेलिकप्टरबाट थप उपचारका लागि नर्भिक अस्पताल लगिएको गोरखाका प्रहरी प्रमुख एसपी ओमप्रसाद अधिकारीले बताए।

बा १ च ५५०५ नम्बरको जिप सडकबाट दुई सय मिटर तल खस्दा धार्चे गाउँपालिका ६ का वडा सचिव किरण रिमालको घटनास्थलमै मृत्यू भएको थियो भने सात जना घाईते भए।  राती दुर्घटना भएका कारण उद्धार र उपचारमा कठिन भएको थियो। हेलिकप्टर आज बिहान ९ बजे मात्रै आइपुगेको घटनास्थलमा रहेका रेडक्रसकर्मी सुवास घिमिरेले बताए।

जिप चालक धार्चे गाउँपालिका केरोँजाका बालचन्द्र गुरुङको अवस्था गम्भिर छ। उनको शरीरिको पछाडीको भाग भाँचिएको छ। गाउँपालिका उपाध्यक्ष गुरुङको नाक र छात्तिमा चोट लागेको छ। अन्य घाईतेको टाउको र खुट्टामा चोट रहेको प्रहरीले जनाएको छ।
 

प्रकाशित: २२ फाल्गुन २०७६ ०४:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App