१७ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

अर्घाखाँचीमा छुट्टाछुट्टै दुर्घटनामा २ जनाको मृत्यु

अर्घाखाँची- जिल्लाको भुमिकास्थान नगरपालिका वडा नम्बर–४, धारापानी र वडा नम्बर–१० धनचौरमा भएका छुट्टाछुट्टै दुर्घटनामा २ जनाको मृत्यु भएको छ।

भुमिकास्थान नगरपालिका वडा नम्बर–१० धनचौरमा भएको ट्र्याक्टर दुर्घटनामा चालकको मृत्यु भएको छ। दुर्घटनामा ट्र्याक्टर चालक सन्धिखर्क नगरपालिका वडा नम्बर–११ डिभर्ना निवासी २४ वर्षिय  दिनेश विश्वकर्माको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। धनचौरको लक्ष्मीडाँडाबाट देउराली तर्फ जाँदै गरेको लु ४ त ४५३९ नम्बरको  ट्र्याकटर उकालोमा तान्न नसक्दा ब्याक भई बाटोबाट २ सय  मिटर तल खसेको  प्रहरीको भनाई छ।

यस्तै, भुमिकास्थान नगरपालिका वडा नम्बर–४, धारापानीको मिलनचोकमा लु ५६ प ९०१९ नम्वरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा सवार फलामखिल्जीका चोपलाल घर्तिको ज्यान गएको छ। दुर्घटनामा गम्भीर घाइते भएका अन्दाजी ३० वर्षिय घर्तिको उपचारका लागि सन्धिखर्क ल्याउँदै गर्दा बाटोमै ज्यान गएको हो। घटनामा मोटरसाइकल चालक नवीन आले र स्थानीय लक्ष्मि सुनार घाइते भएका छन्।

घाइते दुवै जनाको सन्धिखर्कमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक प्रकाश खत्रीले जानकारी दिए।

 

प्रकाशित: १३ फाल्गुन २०७६ ०६:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App