९ आश्विन २०८१ बुधबार
image/svg+xml

बैतडीमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु

बैतडीमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ, भने एक जना गम्भीर घाइते भएका छन् । मृत्यु हुने ट्रकका सहचालक डोटीको जोरायल गाउँपालिका–२ बुडरका २० वर्षीय भुवन सुब्बा रहेका छन् ।

रोकेको ट्रकमा पिकअप ठोक्किदा दुईको मृत्यु

रोकिराखेको ट्रकका पिकअप भ्यान ठोक्किदा बुटवलमा दुई जनाको मृत्यु भएको छ। एक जना घाइते भएका छन्। रोकी राखेको ट्रकमा पिकअप भ्यान ठोक्किदा सियारी ६ अमुवाका रोशन गुरुङ र बुटवल ११ कालिकानगरका सुशील कुँवरको मृत्यु भएको हो।

सडक किनारमा राखिएको बम विस्फोट हुँदा पाँच जना सर्वसाधारणको मृत्यु

अफगानिस्तानको मार्डियान जिल्लाको एक सडकमा राखिएको बम विस्फोट हुँदा सोही बाटो भएर हिँडेका छ जना सर्वसाधारण नागरिकको ज्यान गएको छ । अफगानिस्तानको उत्तरी जाजियान प्रान्तमा बुधबार सो दुर्घटना भएको प्राप्त समाचारमा जनाइएको छ ।

बाँकेमा कार दुर्घटना हुँदा दुईको मृत्यु

पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ सिक्टा जंगलमा कार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा १४ च २७८९ नम्बरको कार मंगलबार दिउँसो अन्दाजी पौने २ बजेतिर आफै अनियन्त्रित भएर रुखमा ठोक्किएर दुर्घटनामा परेको हो ।

दुर्घटना न्यूनिकरणका लागि ट्राफिक प्रहरीले पुर्यो सडकका खाल्डा

घोराही तुलसीपुर सडक खण्डका विभिन्न स्थानमा सडक उप्किएर जिर्ण बनेपछि ट्राफिक प्रहरी कार्यालयले सडकमा परेका खाल्डा पुरेको छ । पिच उप्किएर सडकमा ठूल्ठूला खाल्डा परेपछि दुर्घटनाको उच्च जोखिम बढेको थियो । दुर्घटना न्यूनिकरणका लागि ट्राफिक प्रहरी कार्यालयले सडकमा परेका खाल्डा पुर्न सुरु गरेको हो । काम थालेको हो । प्रहरीले सडकका खाल्डाहरूमा ग्राबेल बिछ्याएको छ ।

भक्तपुरमा तीन दुर्घटना, तीन जनाको मृत्यु

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार आइतबार भएको दुर्घटनामा गम्भीर घाइते कमलविनायकका १७ वर्षीय रञ्जित माहाजुलाई भक्तपुर अस्पतालमा उपचार हुन नसकेपछि वीर अस्पताल ट्रमा सेन्टरमा लगिएको थियो । तर उपचारका क्रममा उनको मृत्यु भएको हो ।

ट्रक दुर्घटनामा चालकको मृत्यु

मुग्लिनबाट आँबुखैरेनीतर्फ आउँदै गरेको ना६ख ६६५ नम्बरको ट्रक आँबुखैरेनी गाउँपालिका–४ ऐनापहरामा दुर्घटना हुँदा सल्यानको त्रिवेणी गाउँपालिका–७ का ३२ वर्षीय ट्रक चालक विष्णु परियारको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ ।

ट्याक्टर दुर्घटनामा १३ जना घाइते

व्यास नगरपालिका–५ अलैँचेमा ट्याक्टर दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । चापाघाटबाट मानहुँकोटतर्फ जाँदै गरेको ट्याक्टर आफैं अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

सवारी दुर्घटनामा गाँउपालिका अध्यक्षको मृत्यु

नवलपरासीको बर्दघाटमा भएको सवारी दुर्घटनामा प्रतापपुर गाँउपालिकाका अध्यक्षको मृत्यु भएको छ। प्रतापुर गाँउपालिकाका अध्यक्ष राजकुमार शर्माको जिल्ला सदरमुकाम परासी आउने क्रममा बर्दघाट बजार नजिकै गाडी दुर्घटना हुँदा मृत्यु भएको हो।

ट्याक्टर दुर्घटनामा बालिकाको मृत्यु

उदयपुरमा ट्याक्टर दुर्घटनामा पर्दा एक बालिकाको मृत्यु भएको छ । गाईघाटबाट जस्ता पाता तथा डिजल र साबुन बोकेको स १ त ५१०७ नं. को ट्याक्टर बिहीबार साँझ उदयपुरगढी गाउँपालिका-७ को बागखोरमा दुर्घटनामा पर्दा उदयपुरगढी ६ की ९ वर्षीया बिबिषा पाण्डेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

चालक ‘रिसाउँदा’ कर्णालीमा टिपर

भारतबाट आएका यात्रुसँगको विवादमा चालकले उकालोमा टिपर स्टार्ट गरेर छोडिदिँदा कर्णालीमा खसेर दुई जनाको मृत्यु भएको छ । तीन वर्षीया एक बालिकासहित दुई जना कर्णालीमा बेपत्ता छन् । दुर्घटनामा घाइते भएका मध्ये तीन जनाको अवस्था गम्भीर छ ।

३९ जना यात्रु बोकेको टिपर कर्णालीमा खस्याे

भारतबाट आएका नागरिक बोकेको टिपर कर्णाली करिडोर अन्र्तगत कालिकोटको नरहरिनाथ गाउँपालिका–१को लालीघाट नजिकैबाट कर्णाली नदीमा खसेको छ।

कारको ठक्करबाट आमाछोराको मृत्यु

कैलालीमा कारको ठक्करबाट दुई जनाको मृत्यु भएको छ। मङ्गलबार राति कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडमा पूर्वबाट पश्चिम गइरहेको बा४च २१०० नंको कारले ठक्कर दिँदा पैदलयात्री घोडाघोडी नगरपालिका–१ जनकपुर बस्ने २६ वर्षीया सोनिया चौधरी र उनका छोरा पाँच वर्षीया कृष्टन चौधरीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्