९ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

दुईको मृत्यु, दुई बेपत्ता

छुट्टाछुट्टै  दुर्घटनामा दुईजनाको मृत्यु भएको छ भने दुईजना नदीले बगाएर बेपत्ता भएका छ। नेपालगन्ज समाचारदाता अर्जुन ओलीका अनुसार पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्तीसोनारी गाउँपालिका–१ सिक्टा जंगलमा कार दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ।  

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा१४च २७८९ नम्बरको कार मंगलबार दिउँसो अनियन्त्रित भएर रुखमा ठोक्किएर दुर्घटना भएको थियो। दुर्घटनामा परेर चालक चितवन भरतपुर महानगरपालिका–१२ का ४१ वर्षीय कमलराज लम्साल र नवलपरासी कावासोती नगरपालिका–८ का २२ वर्षीय क्षितिजराज कुँवरको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

यसैबीच पाँचथर समाचारदाता गिरिराज बास्कोटाका अनुसार जिल्लाको आठराई गाउँपालिका–५ मा पर्ने प्याङ्गे दोभानबाट तमोर नदीले बगाउँदा दुईजना बेपत्ता भएका छन्।  

आठराई–५ होडाका १५ वर्षीय सन्तोष तामाङ र ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–२ जुकेटारका १८ वर्षीय रञ्जीत शेर्पा नदीमा बगेर बेपत्ता भएको इलाका प्रहरी कार्यालय सक्रान्तीले जानकारी दिएको छ। उनीहरूको खोजी भइरहेको प्रहरी निरीक्षक शेषकराम थान्दारले जानकारी दिए।

प्रकाशित: १० असार २०७७ ०१:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App