२३ असार २०८१ आइतबार
image/svg+xml
समाज

सवारी दुर्घटनामा गाँउपालिका अध्यक्षको मृत्यु

नवलपरासीको बर्दघाटमा भएको सवारी दुर्घटनामा प्रतापपुर गाँउपालिकाका अध्यक्षको मृत्यु भएको छ। प्रतापुर गाँउपालिकाका अध्यक्ष  राजकुमार शर्माको जिल्ला सदरमुकाम परासी आउने क्रममा बर्दघाट बजार नजिकै गाडी दुर्घटना हुँदा मृत्यु भएको हो।

अध्यक्ष शर्मा प्रतापुरबाट जिल्ला सदरमुकाम परासीस्थित  दैवी  प्रकोप व्यवस्थापन समितिको बैठकमा भाग लिन जाँदै गर्दा  दुर्घटनामा  परेका हुन। गाँउपालिकाको गाडी उनी आफैले चलाएर सदरमुकाम आउदै गर्दा दुर्घटना भएको नवलपरासीका  प्रमुख जिल्ला अधिकारी सागरमणी पाठकले बताए।  

बाटो काटदै गरेकी एक महिलालाइ  जोगाउन खोज्दा गाडी अनियन्त्रित भइ कलभर्ड (सानो पुल) बाट  तल खसेको नवलपरासी प्रहरीले जनाएको छ।दुर्घटना लगत्तै अस्पताल लगिएको भएपनि डाक्टरले उनलाइ मृत घोषणा गरेका थिए।

दैवी प्रकोपको बैठक बिहान ११ बजे राखिएको थियो। सोही बैठकमा जान भन्दै गाँउपािलकाको गाडी आफैले चलाएर हिडेको उनका ११ बजेतिर तीरै दुर्घटना परी मृत्यु भएको हो।

प्रकाशित: ३२ जेष्ठ २०७७ ०७:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App