९ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

भक्तपुरमा तीन दुर्घटना, तीन जनाको मृत्यु

मध्यपुरथिमिको बोडे र कमलविनायकमा फरक–फरक समयमा भएको दुई दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । भक्तपुर नगरपालिका–१०, कमलविनायक भत्केकोपाटीमा बा। ९५ प। १४५५ नं। को मोटरसाइकल आफैं अनियन्त्रित भई सडकको नालीमा खसेर दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।  

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार आइतबार भएको दुर्घटनामा गम्भीर घाइते कमलविनायकका १७ वर्षीय रञ्जित माहाजुलाई भक्तपुर अस्पतालमा उपचार हुन नसकेपछि वीर अस्पताल ट्रमा सेन्टरमा लगिएको थियो । तर उपचारका क्रममा उनको मृत्यु भएको हो ।  

मोटरसाइकल नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।  

त्यसैगरी मध्यपुरथिमि नगरपालिका–९, बोडेमा बा ५ ख ४३११ नं को पानीको ट्याङ्करले बा ९२ प। ७०७७ नं को स्कुटरलाई ठक्कर दिँदा स्कुटरको पछाडि बसेका काठमाडौं कागेश्वरी मनोहराकी ४५ वर्षीया लक्ष्मी कार्कीको मृत्यु भएको छ ।  

दुर्घटनामा गम्भीर घाइते भएकी कार्कीलाई नेपाल कोरियामैत्री अस्पताल ठिमी लगिएकामा उपचार हुन नसकेपछि अन्नपूर्ण न्युरो अस्पताल लगिएको थियो । तर उपचारका क्रममै उनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिए।  

प्रहरीले ट्याङ्करका चालक रामेछाप मन्थली ३ घर भई हाल भक्तपुर निवासी ४१ वर्षका राजकुमार खत्री र दुई सवारीसाधनलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको उनले जानकारी दिए ।

प्रकाशित: १ असार २०७७ ११:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App