९ आश्विन २०८१ बुधबार
image/svg+xml

जीप खोलामा खस्दा २ को मृत्यु, ६ घाईते

ऋषिङ गाउँपालिका–१ देउलीखोलामा सोमबार जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। व्यास नगरपालिका–५ चापाघाटबाट आफन्तको निधनमा भेटि लिएर ऋषिङ गाउँपालिकाको खाल्डे तर्फ जाँदै गरेको ग १ ज ७१२८ नम्वरको जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

सवारी दुर्घटनामा दुईको मृत्यु, एक गम्भीर घाइते

सिरहा चौहर्वा सडकखण्डअन्तर्गत सिरहाको नरहा गाउँपालिका–५ स्थित सडकमा बिग्रिएर रोकिराखेको ट्र्याक्टरमा मोटरसाइकल ठोक्किँदाँ दुई जनाको मृत्यु भएको छ।

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

चोहर्वा सडक खण्डअन्तर्गत सिरहा नगरपालिका–११ भलुवाहीस्थित सडकमा गएराति दुई वटा मोटरसाइकल आपसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु भएको छ भने एक जना गम्भीर घाईते भएका छन्।

हँसिला पाइलटको यादमा...

निकै संघर्ष गरेर पाइलट बनेका सुजित लामा ढुंगाना सधैं मुस्कुराइरहन्थे। उनकी आमा ल्हेमीले निकै संघर्ष गरेर उनलाई हुर्काएकी थिइन्। लुक्लाको विमान दुर्घटनामा यो देशले पसीनाको मोल बुझेको एउटा जुझारु पाइलट गुमायो।

सवारी दुर्घटनामा परी एकको मृत्यु, तीन जना घाइते

अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको बासघारीमा बिहीबार भएको दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । भक्तपुरको सुर्यबिनायक नगरपालिका वडा नं. ९ अरनिको राजमार्गस्थित बासघारीमा भएको दुर्घटनामा परी हात्ती गाडीको चालक झापा अर्जुनधारा नगरपालिका २ बस्ने वर्ष २६ को मिलन मगरको मृत्यु भएको हो ।

धादिङमा पाँच वर्षमा ४ सय १४ जनाको मृत्यु

धादिङमा विगत पाँच वर्षको अवधिमा सवारी दुर्घटनामा परि चार सय १४ जनाको मृत्यु भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका अनुसार यस अवधिमा आठ सय ९२ सवारी दुर्घटना भएका छन्।

जडिबुटी चोकमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु

जडिबुटी चोकमा मालबाहक ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ। जडिबुटी चोकको आकासे पुल मुनीबाट बाटो काट्दै गरेका एक जनालाई ना ६ ख २९१७ नम्बरको मालबाहक ट्रकले ठक्कर दिएको थियो।

बैतडीमा हाइस दुर्घटनाः सात जना घाइते

दशरथचन्द राजमार्ग अन्र्तगत बैतडीको पाटन नगरपालिका–६ लामाखेतमा हाइस दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । जसमध्ये २ जनाको अवस्था गम्भीर रहेका इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक धनदेव साउँदले जानकारी दिए ।

बढ्दो सडक दुर्घटना : कारक छाडा चौपाया

यी प्रतिनिधि घटना मात्रै हुन् । पछिल्लो समयमा सडक दुर्घटनाको प्रमुख कारक छाडा चौपाया बन्न थालेका छन् । रातिको समयमा हुलमा छाडा चौपाया सडकमै बास बस्ने भएकाले पनि दुर्घटना बढ्ने गरेको सुदूरपश्चिम प्रदेश ट्राफिक कार्यालय अत्तरियाका प्रमुख एसपी लोकेन्द्र श्रेष्ठले बताए । उनले भने,‘पछिल्लो समयमा दुर्घटनाको प्रमुख कारक छाडा चौपाया नै हो ।’

२८ दिनमा ३३ जनाको ज्यान गयो

कोरोना भाइरसका कारण गत चैत महिनादेखि सडकमा सवारीको चाप निकै कम छ। तर, सवारी दुर्घटनामा परि ज्यान गुमाउनेको संख्या भने अत्यधिक देखिएको छ। मंगलबार मात्रै पाल्पाको निस्दी गाउँपालिका–५, गल्धामा जीप दुर्घटना दुईजनाकोे मृत्यु भएको छ।

दुर्घटनाका पीडितले राहत पाएनन्

भारतबाट आएका कर्णालीवासी चढेको सरकारी टिपर दुर्घटना हुँदा ज्यान गुमाएका र घाइतेका आफन्तले राहात नपाएको गुनासो गरेका छन् ।

डोटीमा बस दुर्घटना तीनकाे मृत्यु, ३१ घाईते

डोटीको पूर्वीचौकी गाउँपालिकामा बस दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । ३१ जना घाईते भएका छन् ।

पाल्पामा जीप दुर्घटना हुँदा दुईको मृत्यु, ६ घाईते

पाल्पाको निस्दी गाउँपालिका–५, गल्धामा भएको जीप दुर्घटना हुँदा दुई जनाकोे मृत्यु भएको छ । दुर्घटनामा परि ६ जना घाइते भएका छन् ।

कालिकोट टिपर दुर्घटना : मृतक र घाइतेका आफन्तले राहत पाएनन्

भारतबाट आएका नागरिकहरु चढेको सरकारी टिपर दुर्घटना हुँदा ज्यान गुमाएका र घाइतेका आफन्तहरुले सरकारले घोषणा गरेको राहत नपाएको गुनासो गरेका छन्। जेठ २८ गते भारतबाट घर फर्कदैं गरेका नागरिकहरु चढेको रास्कोट नगरपालिकाको टिपर लालीघाट बजार नजिकै दुर्घटना भएर कर्णाली नदीमा खस्दा पाँच जनाको मृत्यु हुनुका साथै १० जना घाइते भएका थिए।

रूपन्देहीमा कार दुर्घटना, तीनको मृत्यु

रूपन्देही स्थित भैरहवा–परासी रोडमा कार दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। एक जना घाइते छन। नवलपरासीको परासीबाट भैरहवा आउदै गरेको लु २ च ६७५६ नम्बरको कार गए राति दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्