९ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

रूपन्देहीमा कार दुर्घटना, तीनको मृत्यु

रूपन्देही स्थित भैरहवा–परासी रोडमा कार दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। एक जना घाइते छन। नवलपरासीको परासीबाट भैरहवा आउदै गरेको लु २ च ६७५६ नम्बरको कार गए राति दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो। मृत्यु हुनेमासिद्धार्थनगर नगरपालिका ४ का २७ वर्षीय देबेन्द्र चौधरी, कोटहीमाइ गाँउपालिका ३ मर्यादपुरका २८ बर्षे नौसाद दर्जी र नवलपरासीको रामग्राम नगरपालिका पथगावा बस्ने १२ बर्षीय प्रदिप ठाकुर रहेको प्रहरीले जनाएको छ।  

शुक्रबार साती ११ बजे कार अनियन्त्रीत भइ पल्टीदा त्यसमा सवार तीन जनाको उपचारका क्रममा भैरहवा भिम अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सुचना अधिकारी डिएसपि खडक बहादुर खत्रीले जानकारी दिए। ओमसतिया ४ वालापुरका ३४ बर्षीय अनिल यादव घाइते छन्। उनको भैरहवा मेडिकल कलेज उपचार भइरहेको छ। कार रोहीणी गाउपालिका ४ छिपागडमा दुर्घटना भएको हो्। तिव्र गतीका कारण कार अनियन्त्रीत भइ सडकबाट ५० मिटर तल खसेको प्रहरीले जनाएको छ।  

प्रकाशित: २४ श्रावण २०७७ ०५:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App