८ आश्विन २०८१ मंगलबार
image/svg+xml

खप्तड सडकको काम छिटो सक्न मुख्यमन्त्री भट्टको निर्देशन

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सिलगढीदेखि झिग्राना हुँदै खप्तड जोड्ने सडकको काम चाँडो सक्न निर्देशन दिएका छन्।

मुख्यमन्त्री पोख्रेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुने देखिएपछि हतारमा संसद अधिवेशन अन्त्यको निर्णय

मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुने देखिएपछि लुम्बिनी प्रदेशमा सरकारले हतारमा संसद अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख धर्मनाथ यादवलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

मुख्यमन्त्री राईविरुद्धको अविश्वासको प्रस्ताव फिर्ता

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वासको प्रस्ताव फिर्ता भएको छ। सोमबार बसेको प्रदेश १ को प्रदेसभा बैठकमा अविश्वासको प्रस्तावका प्रस्ताव तथा माओवादी केन्द्रका संसदीयदलका नेता इन्द्रबहादुर आङ्वोले प्रस्ताव फिर्ता लिएका हुन्।

‘केचना टु सगरमाथा’ विशेष परियोजना अध्ययन सुरु: मुख्यमन्त्री राई

खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा शनिबार कम्पोष्ट मल तथा बायोग्याँस प्लान्ट उद्घाटन गर्दै राईले विश्वका पर्यटकलाई आकर्षित गर्नका लागि ‘केचना टु सगरमाथा’ नारा दिइएको परियोजनाको अध्ययन सुरु गरिएको जानकारी दिएका हुन्।

बंगाली चुनावको सन्देश

भाषा र संस्कृतिलाई जीवनअंग मान्ने बंगालमा धार्मिक ध्रुवीकरण जयश्रीरामको रथमा भाजपाले चुनावी यात्रा गर्दैछ भने बंगालको विशिष्टतामा बनर्जी। लामो समय नेतृत्व गरेका कांग्रेस र कम्युनिस्ट पार्टी तपसिलमा परे। चुनाव त पश्चिम बंगालमा हुँदैछ तर प्रभाव भने सिंगै उपमहाद्वीपमै पर्नेछ।

मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्ताव फिर्ता लिने तयारी

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वासको प्रस्ताव नेकपा एमालेको माधव नेपाल समूहले फिर्ता लिने भएको छ। अविश्वासको प्रस्तावका समर्थक लक्षुमण तिवारीले अविश्वासको प्रस्ताव फिर्ता लिने तयारी गरेको जानकारी दिए।

मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव फिर्ता लिने तयारी

प्रदेश १ को प्रदेशसभामा मुख्यमन्त्री शेरधन राई विरुद्ध पेश भएको अविश्वासको प्रस्ताव फिर्ता लिने तयारी गरिएको छ । मुख्यमन्त्री शेरधनराईको विरुद्धमा प्रदेशसभामा पेश भएको अविश्वासको प्रस्ताव फिर्ता लिने तयारी गरिएको प्रस्तावक तथा माओवादी केन्द्र प्रदेश १ का संसदीय दलका नेता इन्द्र आङ्वोले बताए ।

नेपाल समूहले पनि मुख्यमन्त्री शाहीको साथ छोड्ने संकेत

सर्वोच्च अदालतको फैसलापछि पनि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई साथ दिँदै आएका नेकपा एमालेको माधवकुमार नेपाल समूहका सांसदले पनि साथ छोड्ने तयारी गरेका छन्। चैत ४ गतेको एमाले संसदीय दललाई नेपाल समुहले ‘गुटको बैठक’ भन्दै मुख्यमन्त्रीलाई आफूहरूको समर्थन कायमै रहेको बताएको थियो।

नेपाल समूहले पनि मुख्यमन्त्री शाहीको साथ छोड्ने संकेत

‘अब पहिलेको जस्तो अवस्था रहेन्,’ नेपाल समुहका सांसद सुशील थापाले भने, ‘सरकारलाई समर्थन गर्न सक्ने अवस्थामा हामी छैनौं ।’

मुख्यमन्त्री रोजगार कार्यक्रम: योजना सम्झौंतादेखि भुक्तानी सदरमुकाममै

गतवर्ष मुख्यमन्त्री रोजगार कार्यक्रमको अख्तियारी सिधैँ स्थानीय तहमा आयो । स्थानीय तहका प्राविधिक खटिए । समयमै सम्झौता भएर गाउँमा रोजगारीको अनुभूति गरायो । तर यो वर्ष जुम्लामा मुख्यमन्त्री रोजगार कार्यक्रम कार्यन्वयनमा अन्यौलता देखिएको छ । यो पटक रोजगार कार्यक्रमको बजेट तथा अख्तियारी जिल्ला सदरमुकाममा रहेका बिषयगत कार्यालयमा आइपुगेको छ ।

मुख्यमन्त्रीले राजीनामा दिएर मार्ग प्रसस्त गर्नुपर्छ : यामलाल कँडेल (अन्तर्वार्ता)

एमालेका १९ जना माननीयहरुले संसदीय दलले के भन्छ त्यो अनुसार चल्नुपर्ने हुन्छ । संसदभित्र रहेका राजनीतिक पार्टीहरुको अव दलगत सम्वन्ध हुन्छ । व्यक्तिगत सम्वन्ध व्यवहारिक हुनसक्छ तर, राजनीतिमा त्यसले काम गर्दैन् ।

गण्डकी प्रदेश सरकार संकटमा नपर्ने

माओवादी केन्द्रले साथ छोडे पनि प्रदेश सरकारमा त्यसको असर नपर्ने देखिन्छ। तर साना दलमध्ये कुनै एक दलको भने वर्तमान सरकारलाई समर्थन आवश्यक पर्छ। साना दलहरू मध्ये कुनैपनि दलले साथ नदिएमा मात्र सरकार अल्पमतमा पर्छ। गण्डकी प्रदेश सरकारलाई हाल एमाले, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाको समर्थन रहेको छ।

कर्णाली उत्सव आजदेखि

ऋति फाउण्डेशनको संयोजनमा कर्णालीका सामाजिक, आर्थिक, सांस्कृतिक, पर्यटकीयजस्ता बहुआयामिक विषयमा वृहत् बहस गर्ने उद्देश्यले उत्सवको दोस्रो संस्करण सञ्चालन हुने भएको हो। गत वर्ष यही समयमा कर्णाली उत्सवको पहिलो संस्करण सम्पन्न भएको थियो।

सर्वोच्चको फैसलाले मुख्यमन्त्रीलाई चुनौती

सर्वोच्च अदालतको फैसलाले एमालेर माओवादी केन्द्र पार्टीलाई ब्युँताइदिएपछि सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री अल्पमतमा परेका छन्। सर्वोच्चको फैसलाले सुदूरपश्चिम प्रदेश सरकार नेकपा एमालेर नेकपा (माओवादी केन्द्र) को गठबन्धन सरकारमा परिणत भएको छ। एमाले पार्टीले सरकारको समर्थन फिर्ता लिएमा मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत लिन नेपाली कांग्रेस र राजपाको साथ आवश्यक हुने भएको छ।

दुईतर्फ फर्किएको नेकपालाई मिलाउन फेरि एकपटक प्रयासमा लागिरहेका छौं : मुख्यमन्त्री गुरुङ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई एकताबद्ध बनाउने प्रयास भइरहेको बताएका छन्। कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप भण्डारण गृहको शिलान्यास कार्यक्रमलाई शुक्रबार पोखरामा सम्बोधन गर्दै नेकपा स्थायी कमिटी सदस्यसमेत रहेका मुख्यमन्त्री गुरुङले एउटै पार्टी भएरपनि दुईतर्फ फर्किएको नेकपालाई मिलाउन फेरि एकपटक प्रयास भइरहेको बताएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्