८ आश्विन २०८१ मंगलबार
image/svg+xml

६ दिनदेखि बादी समुदाय धर्नामा

फागुन १० गतेदेखि कर्णालीका बादी समुदायका अगुवाहरु मुख्यमन्त्री कार्यालयअगाडि धर्नामा छन्। राजनीतिक शक्ति संघर्ष र पदका लागि होइन, संविधानमा नागरिकका मौलिक हकका रूपमा व्यवस्था गरिएको गाँस, बास र रोजगारी माग गर्दै उनीहरू धर्नामा बसेका हुन्।

कास्कीमा कृषि ज्ञान केन्द्र स्थापना

कास्कीमा पहिलोपटक कृषि ज्ञान केन्द्र स्थापना भएको छ। गण्डकी प्रदेशको राजधानी भएर पनि कास्कीमा यसअघि कृषि ज्ञान केन्द्र थिएन। यसअघि स्याङ्जामा रहेको कृषि ज्ञान केन्द्रले कास्की पनि हेथ्र्यो। तर प्रदेश सरकार, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्रदेशका सबै जिल्लामा ज्ञान केन्द्र स्थापना गर्ने निर्णय गरेपछि पोखरा महानगरपालिका, वडा नम्बर १७ बिरौटामा स्थापना गरेको हो ।

प्रदेश १ का मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव पेश हुँदै

प्रदेश १ प्रदेश सभाको आजको बैठकमा मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव पेश हुने भएको छ। प्रदेश सचिवालयले जारी गरेको कार्यसूचीअनुसार आजको मुख्यमन्त्री राईविरूद्ध अविश्वसाको प्रस्तावमाथि छलफल हुँदैछ।

मुख्यमन्त्री कप भलिबल : म्याग्दी र तनहुँलाई उपाधि

मुख्यमन्त्री कप महिला भलिबलको उपाधि म्याग्दी जिल्लाले उचालेको छ। नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुण शाहीको कप्तानीमा रहेको म्याग्दी जिल्लाले छिमेकी जिल्ला पर्वतलाई सोझो सेटमा पराजित गर्दै पहिलो संस्करणको मुख्यमन्त्री कपको उपाधि उचाल्यो।

प्रचण्ड–नेपाल समूहले प्रदेश कब्जा गर्न खोज्यो, तर सफल हुन दिँदैनौ : मुख्यमन्त्री राई

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले नेकपा प्रचण्ड–नेपाल समूहलाई ‘प्रदेश कब्जा गर्न’ नदिने बताएका छन्।

प्रदेश १ : आफु अनुकुल नभए प्रदेश सभा भंग गर्ने मनस्थितिमा मुख्यमन्त्री राई

नेकपाको सरकारी पक्षले प्रचण्ड माधव पक्षका सांसदहरूलाई अविश्वासको प्रस्ताव फिर्ता लिन आग्रह गरेको छ। विहीबार विराटनगरमा सरकारी पक्षको पहलमा भएको वार्तामा नेकपाको प्रचण्ड–माधव समूहलाई सरकारी पक्षले प्रदेश १ को प्रदेशसभामा मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता लिन आग्रह गरेको हो।

मुख्यमन्त्री कपमा सेमीफाईनल समीकरण पुरा

कास्की जिल्ला भलिबल संघको आयोजनामा बिहीबार पोखरा रंगशालास्थित भलिबल प्रशिक्षण केन्द्रमा भएको प्रतियोगिताको सेमीफाईनल समीकरण पुरा भएको हो ।

मुख्यमन्त्री कपमा पर्वत र म्याग्दी क्वार्टर फाईनलमा

दोहोरो जितसँगै म्याग्दी पोखरामा आयोजित मुख्यमन्त्रीकपको क्वार्टर फाईनलमा प्रवेश गरेको छ ।

इन्फ्रास्ट्रक्चर बैंकले प्रदेश १ मा लगानी गर्ने

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले प्रदेश १ मा लगानी गर्ने भएको छ। प्रदेश सरकारले प्राथमिकता तोकेका आयोजनामा बैंकले लगानी गर्न लागेको हो। बैंकले पहिलो चरणमा प्रदेश सरकारले प्राथमिकतामा राखेका ६० मध्येका पाँच आयोजनामा लगानी गर्ने तयारी गरेको छ।

कास्कीको हारसँगै शुरु भयो मुख्यमन्त्री कप भलिबल

कास्कीले हारसँगै मुख्यमन्त्री कप भलिबल प्रतियोगिता मंगलबार पोखरामा शुरुवात गरेको छ ।

मुर्झाउँदै मधेसी जनताको भरोसाको पालुवा

प्रदेश २ सरकार गठन भएको मंगलबार तीन वर्ष पूरा भएको छ। शून्यबाट काम सुरु गरेको सरकारले मुख्य मुद्दा प्रदेशको नाम र स्थायी राजधानी टुंगो लगाउन नसके पनि पूर्वाधार विकासका आधार तय भने गरेको छ। अति आवश्यक कानुन निर्माण गरेर विकासको गतिमा अघि बढ्न थालेको संकेत देखिँदै छ।

मुख्यमन्त्री कप मंगलबारदेखि, तयारी अन्तिम चरणमा

पोखरामा आगामि मंगलबारदेखि गण्डकी प्रदेशस्तरीय मुख्यमन्त्री कप भलिबल प्रतियोगिता शुरु हुने भएको छ ।

संघमा नआउँदै प्रदेशमा निजामती सेवा ऐन लागु

संघमा नआउँदै प्रदेश २ मा निजामती सेवा ऐन लागु भएको छ। प्रदेश २ का प्रदेश प्रमुखले बिहीबार प्रदेश निजामती सेवा ऐन, २०७७ लाई प्रमाणीकरण गरेपछि उक्त ऐन कार्यान्वयनमा आएको मुख्यमन्त्री कार्यालयका प्रवक्ता भूपाल बरालले बताए।

मुख्यमन्त्री कार्यालयको स्कारपियोको ठक्करबाट टेम्पो चालकको मृत्यु

प्रदेश २ मा सञ्चालित मुख्यमन्त्री स्वच्छता अभियानको प्रदेश २–०२००१ झ ००५७ नम्बरको स्कारपियो गाडीले स१ह ३०४३ नम्बरको टेम्पोलाई ठक्कर दिँदा टेम्पो चालक सिरहाको कल्याणपुर नगरपालिलका–१२ निवासी ४० वर्षीय जयप्रकाश साहको मृत्यु भएको हो।

‘प्रदेश सरकारको काम उत्कृष्ट’

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले धेरै समस्या, अभाव र प्रतिकूलताबीच प्रदेश सरकारले उत्कृष्ट काम गरेको दाबी गरेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्