१७ असार २०८१ सोमबार
image/svg+xml
खेल

मुख्यमन्त्री कप मंगलबारदेखि, तयारी अन्तिम चरणमा

प्रतियोगिताबारे जानकारी गराउँदै आयोजक । तस्बिर ः उमेश पुन÷नागरिक

पोखरामा आगामि मंगलबारदेखि गण्डकी प्रदेशस्तरीय मुख्यमन्त्री कप भलिबल प्रतियोगिता शुरु हुने भएको छ । पाँचदिनसम्म पोखरा रंगशालाको भलिबल टेक्निकल सेन्टरमा हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजक कास्की जिल्ला भलिबल संघले आईतबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।

भलिबल खेलको माध्यमबाट गण्डकी प्रदेशलाई ‘खेलकुदको हब’का रुपमा विकास गर्ने लक्ष्यसहित शुरु हुने प्रतियोगितामा गण्डकी प्रदेशका १० जिल्लाले सहभागिता जनाउने संघका अध्यक्ष भीम पराजुलीले जानकारी दिए । लिगकम नकाउटका आधारमा हुने प्रतियोगितामा गण्डकी प्रदेशका मनाङबाहेक कास्की, स्याङ्जा, पर्वत, बागलुङ, म्याग्दी, मुस्ताङ, गोरखा, लमजुङ, तनहुँ र नवलपुर सहभागि हुने अध्यक्ष पराजुलीले बताए । मनाङका खेलाडी चिसोका कारण अन्य क्षेत्रमा झरेकाले खेलाडी छनौट गर्न नसक्दा सहभागि हुन नसकेको उनको भनाई छ ।

प्रतियोगितामा विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै सामाजिक दुरी दुईमिटर कायम गर्ने, मास्क, सेनिटाइजर र साबुन पानीले हात धुने व्यवस्थासहित प्रतियोगिता गरिने प्रतियोगिता अध्यक्ष पराजुलीले जानकारी दिए ।

गण्डकी प्रदेशमा पहिलोपटक आयोजना गर्न लागिएको प्रतियोगिताको मुख्य उद्देश्य प्रदेशमा तय भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडी छनौट गर्ने तथा प्रतिभावान खेलाडी उत्पादन गर्दै भलिबल खेलको क्रेज बढाउने रहेको उनले बताए । त्यस्तै भलिबल खेलको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्नुपनि प्रतियोगिताको उद्देश्य रहेको उनको भनाई छ ।

प्रतियोगिताको विजेता महिला र पुरुष टोलीले समान २–२ लाख रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र तथा उपविजेता दुवैले नगद १÷१ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक कास्की जिल्ला भलिबल संघले जनाएको छ । प्रतियोगितामा तेश्रोस्थान प्राप्त गर्ने टोलीले नगद ५०–५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने सर्वोत्कृष्ट हुने महिला तथा पुरुष खेलाडीलाई नगद ५÷५ हजार तथा उत्कृष्ट सेटर’, डिफेण्डर’, स्पाइकर’ र लिफ्टर’लाईसमेत नगद ५÷५ हजारसहित ट्रफी र मेडल प्रदान गरिने संघका उपाध्यक्ष तथा कार्यक्रम संयोजक खगेन्द्र गौचनले जानकारी दिए ।

 प्रतियोगिता अवलोकनका लागि टिकटको ब्यबस्था गरिने भएको छ । पहिलो चरणका खेलहरुका लागि ५० रुपैयाँ र सेमीफाइनल तथा फाइनल खेलका लागि १ सय रुपैयाँका दरले टिकट दर तोकिएको संघका अध्यक्ष पराजुलीले जानकारी दिए ।

प्रकाशित: २ फाल्गुन २०७७ ११:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App