coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

दुईतर्फ फर्किएको नेकपालाई मिलाउन फेरि एकपटक प्रयासमा लागिरहेका छौं : मुख्यमन्त्री गुरुङ

कार्यक्रममा बोल्दै मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई एकताबद्ध बनाउने प्रयास भइरहेको बताएका छन्। कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप भण्डारण गृहको शिलान्यास कार्यक्रमलाई शुक्रबार पोखरामा सम्बोधन गर्दै नेकपा स्थायी कमिटी सदस्यसमेत रहेका मुख्यमन्त्री गुरुङले एउटै पार्टी भएरपनि दुईतर्फ फर्किएको नेकपालाई मिलाउन फेरि एकपटक प्रयास भइरहेको बताएका हुन्। 

संवैधानिक र कानूनी हिसाबले विभाजित नभएपनि मनले विभाजित भइसकेको नेकपालाई एकजुट बनाउन हामी लागिरहेका छौं,उनले भने,‘संवैधानिक र कानूनी रुपमा विभाजित भइनसकेको पार्टीलाई फेरि एक ठाउँमा जुटाउन सकिन्छ कि। जोगाउन सकिन्छ कि भनेर अन्तिम प्रयास गरिरहेका छौं।’ पार्टीलाई फुटबाट जोगाउन प्रयास गरिरहेको बताएका प्रधानमन्त्री ओलीका विश्वास पात्र मानिने मुख्यमन्त्री गुरुङले वर्तमान ओली सरकारलाई नै निरन्तरता दिनेगरी सहमतिको प्रयास भइरहेको बताए। उनले एकताका लागि दवाब दिने हिसाबले नेता, कार्यकर्ता र पत्रकारलेसमेत भूमिका खेल्नुपर्नेमा जोड दिए।

मुख्यमन्त्री गुरुङले वर्तमान ओली सरकारविरुद्ध अस्थिरता चाहनेहरुले अविश्वासको प्रस्ताव ल्याउन लागेको आरोप लगाए। बाहिरबाट आक्रमण गर्न नसकेपछि पार्टीभित्र अन्तरद्वन्द्व सिर्जना गरिएको भन्दै उनले भने,‘त्यो डिजाइनमा नेपालका दलहरु, दलका नेताहरु फसेका छन्।’ नेपालमा अस्थिरता सिर्जना गरेर देशको विकास र समृद्धी रोक्न खोज्नेहरुको डिजाइनमा दल र दलका नेताहरु फसेको उनको आरोप छ।  

मुख्यमन्त्री गृरुङले सर्वोच्च अदालतको फैसलाले देश अस्थिरतमा फसेको टिप्पणी गरे। ‘चुनाव हुँदा अस्थिरता हुँदैन, चुनाव त समस्याको समाधान गर्ने बाटो हो, बरु संसद पुर्नस्थापनालेचाहिं अस्थिरता निम्तिन्छ’ उनले भने। संसद पुनःस्थापनाले पार्टी पार्टीबीचमा विवाद सिर्जना गरेको टिप्पणी गर्दै उनले अगाडि थपे,‘साविक नेकपामा विवाद छँदै थियो। भावनात्मक रुपमा नेकपा फुटिसक्यो। कांग्रेस र राजपा भित्रपनि विवाद शुरु भयो। त्यहाँपनि गुटबन्दी देखिन्छ।’ उनले संसद बैठक बसेसँगै सांसद खरिद बिक्री शुरु हुने संसदमा अवरोध सिर्जना हुने क्रम शुरु हुने बताए। यद्वपी लोकतान्त्रिक मूल्य मान्यतामा चल्ने आफ्नो पार्टी भएकाले सर्वोच्चको आदेश अनुसार संसद चलाउन सरकारले संसदको बैठक बोलाएको उनले बताए।

प्रकाशित: २१ फाल्गुन २०७७ १३:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App