coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml

गण्डकीमा एमाले सरकार ढल्यो

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ विश्वासको मत पाउन असफल भएका छन्। जसले गर्दा उनी मुख्यमन्त्री पदबाट मुक्त भएका छन्।

गण्डकी प्रदेशः मुख्यमन्त्री गुरुङलाई दीपक मनाङेकै साथ छैन

गण्डकीका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आज प्रदेशसभामा विश्वासको मत लिँदैछन् । तर, उनलाई आफ्नै क्याबिनेटका मन्त्री दीपक मनाङे (राजीव गुरुङ) ले साथ नदिने संकेत दिएका छन् ।

१० दिनमै गुम्यो मनाङेको मन्त्री पद

वैशाख १६ गते गण्डकीको युवा तथा खेलकुद मन्त्री नियुक्त भएका गुरुङको पद गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको राजीनामासँगै गुमेको हो।

गण्डकीका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई कोरोना संक्रमण

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई कोरोना संक्रमण पुष्टि भएको छ । मुख्यमन्त्री गुरुङलाई मंगलबार अपराह्नदेखि सामान्य ज्वरो आएको थियो ।

प्रतिगामी कदमको मतियार बनेकाले अविश्वासको प्रस्ताव : नेता नेपाली

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङमाथि परेको अविश्वास प्रस्ताव सोमबार टेबल भएको छ । गण्डकी प्रदेश सभाको सोमबार सुरु भएको विशेष अधिवेशनको पहिलो बैठकमा प्रस्तावित मुख्यमन्त्री तथा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले मुख्यमन्त्री गुरुङविरुद्ध परेको अविश्वासको प्रस्ताव टेबल गरेका हुन् ।

गण्डकी प्रदेश सरकार संकटमा नपर्ने

माओवादी केन्द्रले साथ छोडे पनि प्रदेश सरकारमा त्यसको असर नपर्ने देखिन्छ। तर साना दलमध्ये कुनै एक दलको भने वर्तमान सरकारलाई समर्थन आवश्यक पर्छ। साना दलहरू मध्ये कुनैपनि दलले साथ नदिएमा मात्र सरकार अल्पमतमा पर्छ। गण्डकी प्रदेश सरकारलाई हाल एमाले, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाको समर्थन रहेको छ।

दुईतर्फ फर्किएको नेकपालाई मिलाउन फेरि एकपटक प्रयासमा लागिरहेका छौं : मुख्यमन्त्री गुरुङ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई एकताबद्ध बनाउने प्रयास भइरहेको बताएका छन्। कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप भण्डारण गृहको शिलान्यास कार्यक्रमलाई शुक्रबार पोखरामा सम्बोधन गर्दै नेकपा स्थायी कमिटी सदस्यसमेत रहेका मुख्यमन्त्री गुरुङले एउटै पार्टी भएरपनि दुईतर्फ फर्किएको नेकपालाई मिलाउन फेरि एकपटक प्रयास भइरहेको बताएका हुन्।

कास्कीमा कृषि ज्ञान केन्द्र स्थापना

कास्कीमा पहिलोपटक कृषि ज्ञान केन्द्र स्थापना भएको छ। गण्डकी प्रदेशको राजधानी भएर पनि कास्कीमा यसअघि कृषि ज्ञान केन्द्र थिएन। यसअघि स्याङ्जामा रहेको कृषि ज्ञान केन्द्रले कास्की पनि हेथ्र्यो। तर प्रदेश सरकार, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्रदेशका सबै जिल्लामा ज्ञान केन्द्र स्थापना गर्ने निर्णय गरेपछि पोखरा महानगरपालिका, वडा नम्बर १७ बिरौटामा स्थापना गरेको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्