२६ आश्विन २०८१ शनिबार
image/svg+xml

एन्फाद्वारा कास्की जिल्ला फुटबल संघमाथि छानविन सुरु

कास्की जिल्ला फुटबल संघमाथि छानविन सुरु गरेको अखिल नेपाल फुटबल संघ(एन्फा)द्वारा गठित समितिले बैंक स्टेटमेन्ट अनुसार खर्चको विवरण पेश गर्न संघलाई पत्र काटेको छ ।

अश्वेत फुटबलरको सालिक बनाइने

फुटबल समर्थकले ज्याक लिस्लेको सालिक बनाउन रकम जम्मा गरिरहेका छन्। लिस्ले ती खेलाडी हुन्,जसले इङ्ल्यान्डको राष्ट्रिय टोलीबाट खेल्ने निर्णय गरे तर अश्वेत भएकै कारणले छनोटकर्ताले उनलाई टोलीमा समावेश भने गरेनन्।

एन्फा अनुशासन समितिमा निर्णय बदरको निवेदन

भक्तपुर जिल्ला फुटबल संघ (एन्फा) लाई एन्फा केन्द्रले विघटन गरी तदर्थ समिति गठनविरुद्ध एन्फा अनुशासन समितिमा निर्णय बदरको लागि शुक्रबार निवेदन दिएको छ ।

अभ्यासमा बोलाउँदा खेलाडीमा ऊर्जा

‘राष्ट्रिय टोलीको अभ्यास सुरु हुनु भनेको फुटबल गतिविधि चलायमान भयो भन्ने हो। यसले ‘ए’ डिभिजन, ‘बी’ डिभिजन र ‘सी’ डिभिजनका खेलाडीका साथै नेपाली दर्शकमा पनि एक किसिमको ऊर्जा ल्याउँछ।’

सानो सहरबाट ठूलो फड्को

विश्वका अन्य राष्ट्रजस्तै अर्जेन्टिनामा पनि फुटबलको लगाव ज्यादा छ। पाउलो डिबालाले एक पटक मजाक गर्दै भनेका थिए, ‘अर्जेन्टिनामा बच्चाहरूलाई खेल्नका लागि पुतली दिनुभन्दा पहिले फुटबल दिइन्छ।’ त्यहाँका अन्य बालबालिकाजस्तै डिबालाको पनि एउटा सपना थियो, व्यावसायिक फुटबल खेलाडी बन्ने।

एन्फा भक्तपुर अदालतमा जाने

भक्तपुर जिल्ला फुटबल संघ (एन्फा) लाई एन्फा केन्द्रको बैठकले भंग गरी तदर्थ समिति गठन गरेकोमा संयुक्त रुपमा विरोध भएको छ । साफका उपाध्यक्ष मणि कुवँरसहित काठमाडौं उपत्यका र उपत्यका बाहिरको एन्फा धादिगले शुक्रबार संयुक्त प्रेस विज्ञप्ति प्रकाशित गरी विरोध जनाएको हो ।

एक करोड २६ लाखको अनुमानित बजेट तयार

चर्चित फुटबल प्रतियोगिता बुढासुब्बा गोल्डकपको आयोजक धरान फुटबल क्लबले आगामी आर्थिक वर्ष २०७७/०७८ को लागि सवा करोड भन्दा बढीको बजेट तयार गरेको छ । क्बलले आगामी वर्षको लागि कुल एक करोड २६ लाख बराबारको अनुमानित बजेट तयार गरेको जनाएको छ ।

फुटबल मैदान, एथलेटिक्स ट्रयाक तथा कभर्ड हलको योजना

पोखरा रंगशाला फुटबल मैदान निर्माणका झन्डै डेढवर्षपछि गण्डकी प्रदेशका दुई जिल्लामा खेलकुदका पूर्वाधार थपिदैं छन् । नवलपुरमा कावासोतीमा फुटबल मैदानसहितको अन्य पूर्वाधार बनाउने तयारीसहित विस्तृत परियोजना प्रतिवदेन बन्दै छ । पर्वतको फलेवास नगरपालिकामा पनि गण्डकी प्रदेशकै एथलेटिक्सको लागि आवश्यक ट्रयाकसहित फुटबल मैदान, कभर्ड हल निर्माण शुरु गरिदै छ ।

काभानी र सिल्भाले क्लब छाड्ने

दक्षिण अमेरिकी स्टार काभानी र सिल्भाले च्याम्पियन्स लिगको यात्रा समाप्त भएपछि क्लब छाड्ने पिएसजीका स्पोर्टिङ डाइरेक्टर बताएका हुन् । कोरोना भाइरसका कारण फ्रेन्च फुटबल लिग वानको यस सिजन समाप्त भइसकेको छ । यस्तो स्थितिमा क्लबको यस सिजनको च्याम्पियन्स लिग यात्रा सकिएसँगै दक्षिण अमेरिकी स्टारद्वयले फ्रान्सको यात्रा टुंग्याउनेछन् ।

बार्सिलोनाको सहज जित

बार्सिलोनाले रियाल मालोर्कामाथि ४–० को सहज जितका साथ स्पेनिस ला लिगाको पुनरागमनमा सुखद सुरुआत गरेको छ । कोरोना भाइरस महामारीका कारण रोकिएको स्पेनिस ला लिगा बिहीबारबाट पुनः सुचारु भएको थियो । पहिलो खेलमा सानदार जितका साथ शीर्षता थप फराकिलो पार्ने क्रममा लियोनल मेसीको टोलीले खेल सुरु भएको ६६ सेकेन्डमै गोल खाता खोलेको थियो ।

रोनाल्डोको पेनाल्टी असफल

कोरोना भाइरसको महामारीबाट ठूलो मानवीय क्षति बेहोरेको इटालीमा फुटबल फर्किंदा युभेन्ट्सले १० खेलाडीमा सीमित एसी मिलानलाई स्तब्ध बनाउँदै इटालियन कपको फाइनलमा स्थान बनाएको छ । शुक्रबार भएको खेलमा मिलानसँग गोलरहित बराबरीमा रोकिए पनि अवे मैदानमा गरेको गोलका आधारमा युभेन्ट्स फाइनलमा पुगेको हो ।

‘बन्द रंगशालामा फुटबल खेलाउनु पागलपन’

फ्रयांक स्टम्बस आर्सनलका समर्थक हुन् । उनले विगत ३० वर्षमा आर्सनलको घरेलु मैदानमा एक खेल पनि छुटाएका छैनन् । मे ३१ मा उनले लेखेका थिए, ‘बन्द रंगशालामा हुने फुटबल फुटबल होइन । मलाई डर लागिरहेको छ ।’ यो सिजन उनका लागि मार्च १३ मै समाप्त भइसकेको थियो, किनभने त्यस दिन इङ्ल्यान्डमा पनि कोभिड १९ का कारण फुटबल गतिविधि पूर्ण रूपमा स्थगित भएको थियो ।

नयाँ वातावरणमा युवालाई अवसर

फुटबल समर्थकका लागि आगामी हप्ता थप विशेष हुनेछ । कोरोना भाइरसको महामारीपश्चात् युरोपियन फुटबलको बुन्डेलिगा फर्किसकेको छ भने अर्को लोकप्रिय फुटबल लिग ला लिगा पनि आगामी शुक्रबारदेखि सञ्चालन हुँदै छ । आगामी जुन १२ देखि ला लिगा सञ्चालन हुँदा करिब तीन महिना लिग फर्किनेछ ।

बायर्नले अंकदूरी बढायो

सानदार जित निकालेको बायर्नको ३० खेलबाट ७० अंक पुगेको छ भने पराजित लेभरकुसेनको समान ३० खेलबाट ५७ अंक रहेको छ । ३० खेल नै खेलेको खेलेको बोरुसिया डर्टमन्ड ६३ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ ।

अभिव्यक्ति विवादमा एन्फा अध्यक्ष

केही दिनअघि अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पालाई एक अनलाइनसँगको प्रत्यक्ष कुराकानीका क्रममा दिएको अभिव्यक्तिले विवादको भुमरीमा धकेलेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्