१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

फुटबल मैदान, एथलेटिक्स ट्रयाक तथा कभर्ड हलको योजना

पवर्तको फलेबासमा रंगशालाको शिलान्यास

पोखरा रंगशाला फुटबल मैदान निर्माणका झन्डै डेढवर्षपछि गण्डकी प्रदेशका दुई जिल्लामा खेलकुदका पूर्वाधार थपिदैं छन् । नवलपुरमा कावासोतीमा फुटबल मैदानसहितको अन्य पूर्वाधार बनाउने तयारीसहित विस्तृत परियोजना प्रतिवदेन बन्दै छ । पर्वतको फलेवास नगरपालिकामा पनि गण्डकी प्रदेशकै एथलेटिक्सको लागि आवश्यक ट्रयाकसहित फुटबल मैदान, कभर्ड हल निर्माण शुरु गरिदै छ । फुटबल मैदानको काम अघि बढाइसकिएको छ । आवश्यक डिपिआरको फाईनल हुन भने बाँकी छ ।  

गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयले उपलब्ध गराएको ३० लाख रुपैयाँबाट फुटबल मैदान बनाउन शुरु गरिएको छ । मैदान निर्माण कार्यको शुभारम्भ भने फलेवास नगरपालिकाका मेयर पदमपाणी शर्माले गरेका हुन् । फलेवास नगरपालिका–६ स्थित माझीचौरमा रंगशाला निर्माणको शुभारम्भ गरिएको हो । रंगशाला धौलागिरी अञ्चलकै पहिलो व्यवस्थित र पूर्वाधारयुक्त रंगशाला बन्ने दावी र विश्वास पर्वतवासीको छ ।  

‘फुटबल मैदान, एथलेटिक्स ट्रयाक एवं कभर्ड हल निर्माणको योजना छ ’ मेयर शर्माले भने–‘सामाजिक मन्त्रालयले उपलब्ध गराएको ३० लाख रुपैयाँबाट काम शुरु गरिएको छ ।’ उनका अनुसार माझी चौर पुरानै खेल मैदान भएको भएपनि पूर्वाधार विस्तार शुरु गरिएको हो । डिपिआर फाईनल भएपनि लागत अनुमान निस्कने भन्दै मेयर शर्माले स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारसँगको सहकार्यमा निर्माण पुरा गरिने स्पष्ट पारे । ‘स्थानीय तहबाट समपुरक बजेट हालेर काम गर्ने छौं ।’ उनको भनाई थियो ।  

पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका इन्जिनियर प्रनिस ताम्राकारका अनुसार फुटबल मैदानसहितको एथलेटिक्स ट्रयाक बनाउन ३८ रोपनी क्षेत्रफल आवश्यक पर्ने बताए । ‘मैदानसहितको ट्रयाक बनाउन २ सय मिटर लम्बाई र १ सय मिटर चौडाईको क्षेत्रफल आवश्यक पर्छ’ उनले भने–‘त्यति भए अन्तराष्ट्रिय मापदण्डको ट्रयाक एण्ड फिल्ड तयार हुन्छ ।’ प्यारापिट निर्माणको लागि थप जग्गा आवश्यक पर्ने उनले बताए । फुटबल मैदान ६५ मिटर लम्बाई र १०५ मिटर चौडाईको निर्माण गरिने छ ।

मेयर शर्माले फुटबल मैदानसहित ट्रयाक बनाउन, कभर्ड हलसहित अन्य पूर्वाधार बनाउन पर्याप्त जग्गा रहेको उल्लेख गरे । उनका अनुसार २५० मिटर लम्बाई र १६० मिटर चौडाईको चौर छ । डिपिआर अनुसार २९ करोडको अनुमान गरिएको छ । फुटबल मैदानसँगै ५ हजार भन्दा बढी दर्शक क्षमताको प्यारापिट निर्माण गर्ने लक्ष्य समेत छ । ‘पोखरापछिको बैकल्पिक रंगशालाको रुपमा निर्माण गर्ने र विकास गर्ने लक्ष्य छ ।’ मेयर शर्माले भने । गण्डकी प्रदेश सरकारले एक स्थानीय तह एक खेलमैदानसगै बहुउपयोगी रंगशाला निर्माणको लक्ष्य समेत राखेको छ । खेलकुद पूर्वाधारको लागि गण्डकी प्रदेश सरकारले ८ करोड ३५ लाख रुपैयाँ बजेट छुट्टाएको छ ।  

पर्वत फलेबास नगरपालिकामा फुटबल मैदान निर्माण गर्न शिलान्यास गर्दै नगरपालिकाका मेयर पदमपाण्ी शर्मा । तस्बिर नगरपालिका फेजबुक पेज मार्फत ।  

प्रकाशित: ५ असार २०७७ ११:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App