१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

फुटबल एवं प्यारापिट निर्माणको म्याद चैतसम्म

पोखरा फुटबल मैदान तथा प्यारापिटको शिलान्यास २०७५ फागुन २६ गते गरिएको थियो। शिलान्यासको तीन वर्ष वित्दा प्यारापिट निर्माणले अझै पूर्णता पाउन सकेको छैन। पटक पटक म्याद थपिएको छ। अन्तिम म्याद आगामी चैत मसान्तसम्म छ।

मौजामा फुटबल मैदान बनाउन राखेपको टोली निरीक्षण

माथि जंगल छ। तल बस्ती छ। अलि परे हेर्‍यो भने पोखराको बजार देखिन्छ। त्यतिमात्रै नभई पोखरा रगशाला प्रत्यक्ष नियाल्न सकिन्छ।

लोमान्थाङमा फुटबल मैदानसहितको ‘खेलग्राम’

लोमान्थाङमा खेलकुदको पूर्वाधार निर्माण शुरु गरिएको छ । ४ हजार ५० मिटरको उचाईमा रहेको लोमान्थाङ गाउँपालिकाको किमलिङ–६ मा फुटबल मैदानसहितको खेलकुद पूर्वाधार निर्माण शुरु गरिएको छ । गतवर्ष संघीय सरकारले उपलब्ध गराएको १ करोड रुपैयाँबाट फुटबल मैदान निर्माण शुरु गरिएको गण्डकी प्रदेश सदस्य इन्द्रधारा विष्टले जानकारी दिए ।

फुटबल मैदान, एथलेटिक्स ट्रयाक तथा कभर्ड हलको योजना

पोखरा रंगशाला फुटबल मैदान निर्माणका झन्डै डेढवर्षपछि गण्डकी प्रदेशका दुई जिल्लामा खेलकुदका पूर्वाधार थपिदैं छन् । नवलपुरमा कावासोतीमा फुटबल मैदानसहितको अन्य पूर्वाधार बनाउने तयारीसहित विस्तृत परियोजना प्रतिवदेन बन्दै छ । पर्वतको फलेवास नगरपालिकामा पनि गण्डकी प्रदेशकै एथलेटिक्सको लागि आवश्यक ट्रयाकसहित फुटबल मैदान, कभर्ड हल निर्माण शुरु गरिदै छ ।

वैकल्पिक ६ फुटबल मैदान तयार

एक अर्ब २८ करोडको लागतमा पोखरा फुटबल मैदान एवं प्यारापिटबाहेक परिषद्ले ६ वटा वैकल्पिक फुटबल मैदान बनाएको हो । तीन वर्षयता राष्ट्रिय खेलकुद परिषद्ले फुटबल मैदानको पूर्वाधार बनाउन झन्डै पाँच करोड रुपैयाँ खर्चिएको छ ।

परिषदको लगानीमा छ वटा बैकल्पिक फुटबल मैदान तयार

पोखरा र आसपासमा छ वटा फुटबल मैदान निर्माण गरिएको छ। राष्ट्रिय खेलकुद परिषदले विभिन्न चरणमा गरी फुटबल मैदान बनाउन बजेट उपलब्ध गराउँदै आएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्