coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

काभानी र सिल्भाले क्लब छाड्ने

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का सर्वाधिक गोलकर्ता एडिसन काभानी र कप्तान एवम् डिफेन्डर थिएगो सिल्भाले क्लब छाड्ने भएका छन् ।

दक्षिण अमेरिकी स्टार काभानी र सिल्भाले च्याम्पियन्स लिगको यात्रा समाप्त भएपछि क्लब छाड्ने पिएसजीका स्पोर्टिङ डाइरेक्टर बताएका हुन् । कोरोना भाइरसका कारण फ्रेन्च फुटबल लिग वानको यस सिजन समाप्त भइसकेको छ । यस्तो स्थितिमा क्लबको यस सिजनको च्याम्पियन्स लिग यात्रा सकिएसँगै दक्षिण अमेरिकी स्टारद्वयले फ्रान्सको यात्रा टुंग्याउनेछन् । दुवैको यही जुनपश्चात् क्लबसँगको सम्झौता सकिने बताउँदै क्लबका स्पोर्टिङ डाइरेक्टर लियोनार्डोले स्थानीय सञ्चारमाध्यमलाई जानकारी दिए ।

उरुग्वेका स्टार काभानी सन् २०१३ मा नेपोलीबाट लिग वान क्लब पिएसजीसँग अनुबन्धित भएका थिए । पिएसजीबाट उनले क्लब रेकर्ड कायम गर्दा सबै प्रतियोगितामा गरेर २ सय गोल गरेका छन् । पिएसजीबाट तीन सय खेल खेलेका काभानी क्लबमा अलटाइम सर्वाधिक गोलकर्ता हुन् । ‘यो कठिन निर्णय हो, उनीहरूले क्लबलाई कयौं इतिहास कायम गर्न योगदान दिएका छन्,’ लियोनार्दोले भने, ‘तर हामीले केही तर्कमा आधारित निर्णय ग¥यौं ।’ चोटका कारण काभानीले यस सिजन पिएसजीबाट २२ खेल मात्र खेलेका थिए ।

कोरोना भाइरसका कारण फ्रेन्च फुटबल लिग वानको यस सिजन समाप्त भइसकेको छ । यस्तो स्थितिमा क्लबको यस सिजनको च्याम्पियन्स लिग यात्रा सकिएसँगै दक्षिण अमेरिकी स्टारद्वयले फ्रान्सको यात्रा टुंग्याउनेछन् ।

उनले यस सिजन सात गोल गरेका छन् । ब्राजिलियन डिफेन्डर थियागो सिल्भा २०१२ देखि पिएसजीमा छन् । उनी सन् २०१२ मा इटालियन क्लब एसी मिलानबाट पिएसजी पुगेका थिए । उनले पिएसजीबाट ३ सय १० खेल खेल्दै १७ गोल गरेका छन् । सिल्भाले यो सिजन पिएसजीका लागि ३० खेल खेल्दै एक गोल गरेका छन् । जुनमा सम्झौता अवधि सकिने भए पनि दुवै खेलाडीले यस  सिजनको बाँकी च्याम्पियन्स लिगको यात्रा तय गर्नेछ, जुन आगामी अगस्टदेखि सुरु हुने आशा गरिएको छ ।

पिएसजीले अन्तिम १६ मा जर्मन क्लब बोरुसिया डर्टमन्डलाई स्तब्ध बनाउँदै यस सिजन च्याम्पियन्स लिगको क्वार्टरफाइनल यात्रा तय गरेको छ । करिब तीन महिनाभन्दा बढी कोभिड–१९ को महामारीपश्चात् क्लबले आगामी जुन २२ देखि आफ्नो प्रशिक्षण सुरु गर्नेछ । शनिबार ब्राजिलबाट फर्किएपछि नेइमार प्रशिक्षणमा फर्किने आशा गरिएको छ । क्लबका निर्देशक लियोनार्दोले ब्राजिलियन फरवार्ड नेइमारले अर्को सिजन पनि क्लबलाई बिताउने आशा व्यक्त गरेका छन् ।

लियोनार्दो नेइमार र फ्रान्सेली स्टार किलियन एमबाप्पे आगामी सिजन पनि क्लबमै रहन्छन् भन्नेबारे आफूले केही भन्न नसक्ने बताए । ‘उनीहरूसँग अझै दुई वर्षको सम्झौता बाँकी छन् र त्यसैले हामीले उनीहरूबाट धेरै भविष्य देखेका छौं र अझै सहकार्य चाहन्छौं,’ गत अप्रिल ३० मा घरेलु लिगको विजेता घोषित पिएसजीका लियोनार्दोले भने । कोरोना महामारी कारण फ्रेन्च फुटबल फेडेरेसनले हतारहतारमा सिजन स्थगित गर्ने निर्णय गरेको थियो ।

प्रकाशित: १ असार २०७७ ०५:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App