१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

नयाँ वातावरणमा युवालाई अवसर

शुक्रबारदेखि ला लिगा

फुटबल समर्थकका लागि आगामी हप्ता थप विशेष हुनेछ । कोरोना भाइरसको महामारीपश्चात् युरोपियन फुटबलको बुन्डेलिगा फर्किसकेको छ भने अर्को लोकप्रिय फुटबल लिग ला लिगा पनि आगामी शुक्रबारदेखि सञ्चालन हुँदै छ । आगामी जुन १२ देखि ला लिगा सञ्चालन हुँदा करिब तीन महिना लिग फर्किनेछ ।

स्पेनको शीर्ष फुटबल फकिर्एसँगै कट्टर प्रतिद्वन्द्वी बार्सिलोना र रियाल मड्रिड बन्द रंगशालाबीच उपाधि होडमा लाग्नेछन् । महामारीका कारण लिग स्थगित हुनुअघि क्याटलन क्लब बार्सिलोना अंकतालिकाको शीर्ष स्थानमा छ भने जिनेदिन जिदानको क्लब रियाल दुई अंकले पछि छ । ‘म कुनै बेटिङ गर्ने मान्छे त होइन तर कसैले मलाई जितका लागि पैसा राख्न आग्रह गर्छ भने बार्सिलोनाको साथमा हुनेछु,’ बार्सिलोनाका पूर्वमिडफिल्डरसमेत रहेका जोफ्रे माटेयुले भने । सन् १९९७ देखि क्लब फुटबलको करियर सुरु गरेका जोफ्रे सन् १९९८ देखि २००२ सम्म बार्सिलोनामा आबद्ध थिए ।

उनी बार्सिलोनाको सिनियर टोलीमा रहे पनि दुई पटक मात्र अवसर पाएका छन् ।  उनले सन् २००३ देखि २००५ सम्म भने लेभान्टेमा आबद्ध भएका थिए । ला लिगा पुनः सुरु हुँदा बार्सिलोनाले जित दर्ता गर्दै उपाधि पनि सुरक्षित गर्ने जोफ्रेको विश्वास छ । यस पटक ला लिगा फरक तरिकाबाट सुरु हुँदै छ, जहाँ कुनै पनि समर्थक हुनेछैन । ला लिगाका क्लबले केही अगाडिदेखि नै प्रशिक्षण गरिरहेकाले नयाँ वातावरण पनि राम्रो प्रशिक्षण गर्ने विश्वास गरिएको छ ।

‘समर्थकबिना खेल्नु त्यति आनन्द आउँदैन, तर हरेक क्लबले आफ्नै उद्देश्य ला लिगा च्याम्पियन, युरोपियन छनोट र रेलिगेसनबाट बच्न संघर्ष गर्ने भएकाले खेल रोमाञ्चक नै हुनेछ ।’

‘समर्थकबिना खेल्नु त्यति आनन्द आउँदैन, तर हरेक क्लबले आफ्नै उद्देश्य ला लिगा च्याम्पियन, युरोपियन छनोट र रेलिगेसनबाट बच्न संघर्ष गर्ने भएकाले खेल रोमाञ्चक नै हुनेछ,’ जोफ्रेले भने, ‘ला लिगा सुरु हुने भएपछि निकै उत्साहित छु र अन्य समर्थक पनि त्यति नै उत्साहित छन् । खेलाडी पनि नयाँ नीतिनियममा खेल्ने भएकाले उनीहरूलाई त्यसमा सहज हुन केही समय लाग्नेछ ।’ ला लिगामा अझै ११ चरणका खेल बाँकी छन् भने आगामी महिनाभित्र खेल सकाउने योजना छ । यस्तो स्थितिमा लगातार खेल हुने भएकाले नयाँ युवा खेलाडीले पनि अवसर पाउने जोफ्रेको भनाइ छ ।

‘महामारीपश्चात् बनेको नयाँ तालिकाका कारण धेरै खेलाडीले अवसर पाउन सक्छन् । अन्सु फातीजस्ता युवाले आफूलाई प्रमाणित गर्ने अवसर पाउनेछन् । उनी यस नयाँ तालिकामा प्रमाणित गर्न सफल भए, स्टारका रूपमा उदाउने पक्का छ,’ जोफ्रेले भने, ‘एक हप्ताभित्र नै धेरै खेल हुने भएकाले निर्धारित समय नै खेल्ने स्टार खेलाडीलाई समस्या हुन सक्छ र क्लबले यसबारे सोचेको पक्का होला ।’ बार्सिलोनाका प्रशिक्षक क्विके सेटियनलगायत अन्य प्रशिक्षकले नयाँ स्थिति कहिल्यै सामना नगरेकाले खेलाडीलाई कसरी प्रयोग गर्न सक्छन् भन्ने विषय चुनौतीपूर्ण छ ।

लगातार खेल सञ्चालन हुँदा आफ्ना स्टार खेलाडीलाई चोटमुक्त गराउन ला लिगा क्लबका प्रशिक्षकका लागि सहज पक्कै हुनेछैन ।

प्रकाशित: २६ जेष्ठ २०७७ ०९:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App