८ वैशाख २०८१ शनिबार
खेल

एन्फा भक्तपुर अदालतमा जाने

भक्तपुर जिल्ला फुटबल संघ (एन्फा) लाई एन्फा केन्द्रको बैठकले भंग गरी तदर्थ समिति गठन गरेकोमा संयुक्त रुपमा विरोध भएको छ । साफका उपाध्यक्ष मणि कुवँरसहित काठमाडौं उपत्यका र उपत्यका बाहिरको एन्फा धादिगले शुक्रबार संयुक्त प्रेस विज्ञप्ति प्रकाशित गरी विरोध जनाएको हो ।

विज्ञप्तिमा साफका उपाध्यक्ष कुँंवरसहित एन्फा काठमाडौंका अध्यक्ष विरातजङ्ग शाही, ललितपुरका पुरुषोत्तम थापा र धादिङ्गका दिपक खतिवडाले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् । विधान विपरित भक्तपुर एन्फा भंग गरी तदर्थ समिति गठन गरेको भन्दै उनीहरुको बैठक यसअघि भक्तपुरमा बसेको थियो । बैठकले सो निर्णय अमान्य भएको र उक्त कदमको घोर भत्र्सना र विरोध गरेको छ ।  

अखिल नेपाल फुटबल संघ (एन्फा) ले गरेको उक्त निर्णय फिर्ता गरी पूर्ववत रुपमा भक्तपुर जिल्ला फुटबल संघलाई पुनःस्थापना गर्न विज्ञप्तिमा माग गरिएको छ । अन्यथा आफ्नो अधिकार प्राप्त गर्न कै लागि कानूनी बाटोतर्फ लाग्न बाध्य हुने व्यहोरा समेत विज्ञप्तिमा चेतावनी दिइएको छं । असार २ गते बसेको एन्फा केन्द्रको बैठकले गौतम सुजखूको अध्यक्षतामा रहेको एन्फा भक्तपुरलाई भंग गरी नयाँं तदर्थ समिति घोषणा गरेको थियो ।  

भक्तपुर जिल्ला फुटबल संघको अधिवेशन गर्न अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रतिनिधिहरुको सहभागितामा अधिवेसनबाट अध्यक्ष गौतम सुजखुको टिम निर्वाचित भई सोही टिमका प्रतिनिधि र पर्यवेक्षकहरु सहभागी भएको अधिवेशनबाट कर्मा छिरिङ्ग शेर्पा निर्वाचित भएको कसरी अबैधानिक भयो र निर्वाचित यो भक्तपुर जिल्ला फुटबल संघ अबैधानिक भए अखिल नेपाल फुटबल संघ (एन्फा) कसरी बैधानिक हुन सक्छ ? भनी विज्ञप्तिमा प्रश्न गरिएको छ । विज्ञप्तिमा भक्तपुर जिल्ला फुटबल विकासमा विगत १५ बर्ष भन्दा लामो समयदेखि निःस्वार्थ रुपमा लागिपरेको यस संघलाई अखिल नेपाल फुटबल संघको गलत प्रवृतिकोविरुद्ध आवाज उठाएको कारण नै पूर्वाग्रही रुपमा भक्तपुर एन्फालाई विघटन गरेको दावी गरिएको छ ।  

संघलाई प्रतिस्थापन गर्ने गरी तदर्थ समिति गठन गरेकोमा घोर आपत्ति गर्दै विज्ञप्तिमा निर्णय अमान्य भएको र उक्त गैर कानूनी कार्यको विरोध गरेको छ । साथै मिति २०७७ असार २ गतेको कार्य समितिको निर्णय अनुसार यस संघलाई जे जस्तो आरोप लगाई भंग गरी तदर्थ समिति गठन गरेको एन्फाको विधान र नियमावली विपरित भनिएको छ । एन्फाको निर्णय अनुसार जिल्ला लिग सञ्चालन र टिम दर्ता समेत नियम विपरित भन्ने आरोप सरासर गलत रहेको विज्ञप्तिमा उल्लेख छ । संघले जहिले पनि विधान र नियमावली अनुसार फुटबलको विकासमा सदैव लागि नै रहेको र लागि नै रहने प्रतिवद्धता जनाएको छ ।  

जिल्ला लिग फुटबल प्रतियोगितामा टिम दर्ता र शुल्क समेत जिल्ला फुटबल संघको प्राप्त अधिकार अनुसार नै भएको जनाएको छ । संघको जिल्ला अधिवेशनसमेत एन्फाका केन्द्रीय सदस्यहरुको उपस्थितिमा सम्पन्न भएको र गतिविधि समेत नियमानुसार नै भएको व्यहोरा अवगत गराइएको छ । 

प्रकाशित: ६ असार २०७७ १२:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App