८ आश्विन २०८१ मंगलबार
image/svg+xml

इन्दिरा र लुम्बिनीले किसानलाई १९ करोड भुक्तानी दिएन

सरकार र चिनी उद्योगीबीच माघ ७ गतेभित्रै उखुको सम्पुर्ण भुक्तानी चुक्ता गर्ने लिखित सहमति भए पनि नवलपरासीका किसानले अझै पनि उखुको करोडौं भुक्तानी पाएका छैनन्।

उखु अभावमा चिनी उद्योग बन्द

उखु अभावमा रौतहटको गरुडास्थित श्रीराम सुगर मिल्स बन्द भएको छ। गत माघ २७ गतेदेखि सञ्चालनमा आएको उद्योगलाई किसानले उखु दिन नमानेपछि बन्द भएको हो।

पीडामा किसान

हरेक गतिविधिबाट बिच्किरहेका किसानलाई कृषिमै अड्याइरहने हो भने किसानले नै स्थापना गरेका सहकारीलाई मद्दत गर्न आवश्यक छ। यो नै उनीहरू, चर्को ब्याज तथा बिचौलियाबाट बच्ने मुख्य आधार हुन सक्छ।

किसानलाई सात प्रतिशत ब्याज अनुदान

कर्णालीका किसानको व्यावसायिक कृषि तथा पशुपक्षीपालन व्यवसाय विकासमार्फत रोजगारी वृद्धि गर्दै उनीहरूको जीवनस्तरमा सुधार ल्याउन ब्याज अनुदान कार्यक्रम सञ्चालन गरिने भएको छ।

व्यवसायीक स्याउ खेतीतर्फ आकर्षित हुँदै किसान

मुगु जिल्लाको उत्तरी सोरु गाउँपालिका-९ कालै र सिडि गाउँका किसानहरुको खेती गर्ने पाखो जग्गालाई मूल्यवान बनाउन व्यवसायीक स्याउ खेती सुरु थालिएको छ। वर्षमा दुई बाली खेती हुने पाखो जग्गामा लगाएको अन्न बालिले ६ महिना पुरै खान नपुग्ने भएपछि पुर्खौदेखि खेती गरिदै आएको पाखोबारीमा व्यवसायीक स्याउ खेती सुरु गर्न थालिएको हो।

बर्खे आलु लगाउनमा व्यस्त डडेल्धुराका किसान

डडेल्धुराका किसान बर्खे आलु लगाउनमा व्यस्त देखिन्छन्। बर्खे आलु लगाउने समय अलि ढिला भए पनि अहिले किसानहरु आलु लगाउनमै व्यवस्त छन्। बर्खा याममा आलुको उत्पादन राम्रो हुने भएकाले किसानहरु आलु लगाउनै व्यस्त भएका हुन्।

असिना पानीले ८ सय किसान प्रभावित

आइतबारदेखि नौमुले र गुरासँ गाउँपालिकामा परेको असिना पानीले ८ सय बढी किसानहरु प्रत्यक्ष रुपमा प्रभावित भएका छन्। नौमुलेमा ३ फिटसम्म असिना परेपछि बालीनाली पूर्ण रुपमा नष्ट भएको छ। असिनाले नष्ट गरेको बाली मूल्यांकन र किसानमाझ अनगुमन गर्न गाउँपालिकाले गाउँमै पुगेको छ।

मकै किसान चिन्तित

मकैका घोगामा दाना नलागेपछि हिउँदे मकै बाली लगाएका हजारौं किसान आर्थिक मारमा परेका छन्। खेत जोताइ, सिँचाइ, बीउ र मल गरी प्रतिकट्ठा एक हजार एक सयदेखि एक हजार दुई सय रुपैयाँसम्म मकै बाली किसानले लगानी गर्दै आएका छन्। तर, बाली भित्र्याउने बेला मकैका घोगामा दाना नलागेपछि किसान चिन्तित बनेका छन्।

किसानलाई ट्रक, ट्र्याक्टर र पिकअप गाडी वितरण गर्दै वाग्मती प्रदेश सरकार

ठूलो परिमाणमा कृषि उपजहरुको उत्पादन गर्नेगरी चक्लाबन्दी खेती गर्ने किसानलाई वाग्मती प्रदेश सरकारले ठूला कृषियन्त्र वितरण गर्ने भएको छ। प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गतको कृषि विकास निर्देशनालय हेटौँडाले धेरै क्षेत्रफलमा खेती गर्ने किसानका लागि ठूलाखालका कृषियन्त्र उपकरण वितरण गर्ने तयारी गरेको हो।

कुखुराजन्य उद्योगमा १८ अर्बको नोक्सानी, किसानले लागत मूल्य समेत पाएनन्

नेपालको आत्मनिर्भर कुखुराजन्य उद्योगमा गत एक वर्षमा रु १८ अर्बभन्दा बढीको नोक्सानी भएको छ। अण्डा, चल्ला र मासुमा वर्षभरि नै किसानले नोक्सानी व्यहोरेका हुन्। उत्पादन बढी भएपछि किसानले लागत मूल्य नपाएका हुन्।

अनुदान अपुरो भएको भन्दै मन्त्रालयमा

सरकारले उपलब्ध गराउनुपर्ने उखुको अनुदान रकम अपुरो भएको भन्दै थप रकम निकासा माग गर्न विभिन्न जिल्लाका किसान अगुवा काठमाडौं आइपुगेका छन्।

क्षतिपूर्ति माग्दै मन्त्रालय पुगे किसान

कैलालीको मध्यवर्ती क्षेत्र मसुरियाका गरिमा धान पीडित किसान क्षतिपूर्ति माग्दै मन्त्रालय पुगेका हुन्।

उखु खेती राष्ट्रिय बालीमा कार्यान्वयन हुन सकेन

उखु खेतीलाई राष्ट्रिय बालीका रुपमा सरकारले घोषणा गरे तापनि कार्यान्वयन हुन नसकेपछि दिनानुदिन उखु किसान मर्कामा पर्दै आएको उखु उत्पादक केन्द्रीय सङ्घ लिमिटेडका अध्यक्ष रामचन्द्रसिंह कुशवाहाले बताए।

मारमा किसान

भारतीय वित्तमन्त्री निर्मला सीतारमणले गत शनिबार सार्वजनिक गरेको ३०.४२ लाख करोड भारतीय रुपैयाँको बजेटले कृषिलाई उच्च प्राथमिकता दिएको छ। यो वर्ष दोहोरो अंकको आर्थिक वृद्धि गर्ने लक्ष्य भारतको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्