२४ वैशाख २०८१ सोमबार
image/svg+xml

शुक्लाफाँटामा ह्वात्तै बढ्यो बाघ

कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघको सङ्ख्या बढेको छ। दश वर्षअघि १३ वटा बाघ रहेकामा अहिले बढेर ४४ पुगेको छ।

चितवनमा पाटेबाघ मृत फेला

चितवनमा पाटेबाघ मृत फेला परेको छ। भरतपुर महानगरपालिका–२७ स्थित चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत हरियाली सामुदायिक वनमा आज बिहान बाघ मृत फेला परेको हो।

लामो समयदेखि भोको भएका कारण बाँकेमा पाटेबाघको मृत्यु

डिभिजन वन कार्यालय बाँकेका मुद्दा फाँट अधिकृत रमेश बुढाथोकीका अनुसार २२ दिनपछि बिहीबार पाटेबाघको शवपरीक्षण रिपोर्ट आएको हो।

बाँकेमा पाटेबाघको छाला र हड्डीसहित चारजना पक्राउ

बाँकेको कोहलपुरमा पाटेबाघको छाला र हड्डीसहित चार जना पक्राउ परेका छन्।प्रहरीको लुम्बिनी प्रदेश अनुसन्धान ब्यूरो र इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले कोहलपुर–११ हाम्रो बजारबाट पाटेबाघको एक थान छाला र छ किलो आठ सय १८ ग्राम हड्डीसहित उनीहरुलाई पक्राउ गरेको हो।

बस्तीनजिकै देखियो डमरुसहितको पाटेबाघ

टीकापुरको बस्ती नजिकै आफ्नो बच्चासहित पाटेबाघ देखा परेको छ। टीकापुर नगरपालिका वडा नं. २ विजयनगर नजिकै पाटेबाघ देखिएको हो।

पाटेबाघका लागि प्रख्यात शुक्लाफाँटा

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पाटेबाघको प्रमुख बासस्थानका रूपमा प्रख्यात रहेको छ। पाटेबाघका लागि थोरै क्षेत्रफल भए पनि यहाँ ३६ बाघ रहेका छन्।

बाँकेको राप्तीपारी फेरी देखियो पाटेबाघ

बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर ५ मा पाटेबाघ पुनः देखा परेको छ। राप्ती सोनारी ५ स्थित सिद्देश्वरी सामुदायिक वन क्षेत्रमा घाँस काट्न गएका बेला बुधबार दिउँसो स्थानीय बासिन्दाले बाघ देखेका हुन्।

बाँकेमा फेरि पाटेबाघले मान्छे खायो, प्रहरीद्वारा हवाई फायर गरेर शव नियन्त्रणमा

पाटेबाघले आक्रमण गर्दा बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर ४ पर्सोना निवासी ५४ वर्षीया महिला लिला बिष्टको मृत्यु भएको छ। जंगलमा घाँस काट्न गएको बेलामा बिहीबार मध्यान्ह १२ बजेतिर बाघले आक्रमण गरेको हो।

बाँकेको फत्तेपुरमा पाटेबाघले घेरा हालेपछि रुखमा चढेर जोगाए ज्यान

राप्ती पीडित तथा गुलरी सामुदायिक वन उपभोक्ता समिति अन्तर्गत रहेको चोरी सिकारी नियन्त्रण संयोजक सिताराम थारुले दिएको जानकारी अनुसार बाघले लखेटेर घेरा हालेपछि अशोक र राजारामले रुखमा चढेर ज्यान जोगाएका हुन्।

पाटेबाघले घेरा हालेपछि ज्यान बचाउन रुखमा

जंगलमा गाइबस्तु चराउन पुगेका स्थानीयलाई पाटे बाघले घेरा हालेको छ । बाँकेको राप्ती सोनारी गाउँपालिका– १ गाभरमा पाटेबाघले मान्छेलाई घेरेको छ । वन, जंगलमा पशु चौपाया चराउन गएका स्थानीयलाई बाघले घेरेका हुन् ।

बाँकेको कुसुम क्षेत्रमा पाटेबाघको बथान फेला

बाँके राष्ट्रिय निकुञ्ज अन्तर्गत राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ स्थित गाभर र सौरी गाउँको बीच जंगलमा पाटेबाघको बथान फेला परेको छ।

बाँकेको पूर्वी राजमार्गमा पाटेबाघको विगविगी

बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ कुसुमस्थित गाभरमा पाटेबाघको विगविगी बढेको छ। पाटेबाघको विगविगी बढेपछि यहाँका स्थानीय बासिन्दा त्रसित भएका छन्।

मान्छे खाएको पाटेबाघकाे जाेडी फेला, नियन्त्रणमा लिँदै निकुञ्ज

बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ कुसुमस्थित गाभरमा मान्छे खाएको पाटेबाघको जोडी फेला परेको छ। पूर्वपश्चिम राजमार्गको गाभरस्थित भट्टीखोलाको भित्र निकुञ्जमा ती बाघ फेला परेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्