२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

पाटेबाघको छालासहित एक जना पक्राउ

दुर्लभ पाटेबाघको छालासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

नेपालगन्जको पुष्पलाल चोकमा सञ्चालित एक होटेलबाट सुर्खेत बराहताल-२, का २८ वर्षीय चन्द्रबहादुर कार्कीलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो।

उक्त होटेलको तेस्रो तला कोठा नम्बर १ मा उनी भाडा लिई बसेका थिए। पाँच फिट नौ इन्च लम्बाइ र तीन फिट दुई इन्च चौडाइ भएको पाटेबाघको छालासहित उनलाई पक्राउ गरिएको बाँके प्रहरीले जनाएको छ।

प्रकाशित: ७ चैत्र २०८० १७:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App