२४ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

चितवनमा पाटेबाघ मृत फेला

फाइल तस्बिर

चितवनमा पाटेबाघ मृत फेला परेको छ। भरतपुर महानगरपालिका–२७ स्थित चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत हरियाली सामुदायिक वनमा आज बिहान बाघ मृत फेला परेको हो।

अन्दाजी छरसात वर्षको पोथी बाघ मृत अवस्थामा भेटिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए। बाघ एक आपसमा जुँधेर मृत्यु भएको अनुमान गरिएको उनले बताए। निकुञ्जको प्राविधिक टोलीले बाघ कसरा ल्याएर पोष्टमाटमको तयारी गरेको छ।

सन् २०२२ मा भएको गणना अनुसार चितवन राष्ट्रिय निकुञ्जमा एक सय २८ वटा बाघ रहेका छन्।  

प्रकाशित: ४ मंसिर २०८० ०८:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App