६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

बाँकेमा फेरि पाटेबाघले मान्छे खायो, प्रहरीद्वारा हवाई फायर गरेर शव नियन्त्रणमा

पाटेबाघले आक्रमण गरी खाएको लिला बिष्टको शव। तस्बिर सौजन्यः हेमन्त चौधरी

पाटेबाघले आक्रमण गर्दा बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर ४ पर्सोना निवासी ५४ वर्षीया महिला लिला बिष्टको मृत्यु भएको छ। जंगलमा घाँस काट्न गएको बेलामा बिहीबार मध्यान्ह १२ बजेतिर बाघले आक्रमण गरेको हो।

गाउँका तीन जना महिलाहरु स्थानीय जलहन सामुदायिक वनको तीनपाने भन्ने स्थानमा घाँस काट्न गएका थिए। घाँस काट्न गएकी विष्टलाई एक्कासी बाघले झम्टेको थियो। उनलाई घिसार्दै घटनास्थलबाट करिव २० मिटर पर लगेर खाँदै गरेको अवस्थामा प्रहरीले दुई राउण्ड हवाई फायर गरेर शव नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय धामपुरका इन्चार्ज/प्रहरी नायव निरीक्षक मुकुन्द सिग्देलले जानकारी दिए।

‘बाघले महिलालाई आक्रमण गरेको जानकारी पाउने वित्तिकै हामीहरु घटनास्थलमा पुग्यौं, बाघले मारेर खाइरहेको अवस्थामा दुई राउण्ड हवाई फायर गरेर शवलाई नियन्त्रणमा लिएका छौं,’ उनले नागरिकसँग भने। राप्ती सोनारी गाउँपालिका वडा नम्बर ४ को जंगलमा केही दिन यता पाटेबाघ देखा परिरहेको स्थानीय बासिन्दा बताउँछन्।

यसअघि बुधबार जंगलमा पात टिप्न गएको अवस्थामा एक जना महिलालाई पनि आक्रमण गरेको थियो। तर, उनी बाँच्न सफल भएकी थिइन्। बाँकेमा तीन महिनाको अवधिमा मात्रै बाघको आक्रमणबाट यो सहित ३ जनाको मृत्यु भइसकेको छ।

प्रकाशित: २२ पुस २०७८ ०९:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App