६ जेष्ठ २०८१ आइतबार
image/svg+xml

बाँके निकुञ्जभित्र पूर्वाधार तयार, पर्यटकको प्रतीक्षा

मुलुककै कान्छो बाँके राष्ट्रिय निकुञ्जले पर्यटकलाई आवश्यक पर्ने संरचना तयार गरेको छ। निकुञ्जका विभिन्न स्थानमा सफारीका लागि वनपथ, मचान, ताल तथा पोखरी निर्माण गरिएको हो। पाटेबाघको बासस्थान र जैविक मार्ग संरक्षण गर्ने उद्देश्यले २०६७ असार २८ गते सरकारले बाँचे निकुञ्ज स्थापना गरेको थियो।

बर्दिया निकुञ्जमा पाटेबाघको अनुगमन

बर्दिया राष्ट्रिय निकुञ्जमा सन् २०१८ को तथ्याङ्कअनुसार ८७ वटा वयस्क पाटेबाघ रहेका छन्। अहिले बाघको सङ्ख्या बढेर १०० को हाराहारीमा रहेको निकुञ्जले अनुमान गरेको छ।

वर्षेनी बढ्दै पाटेबाघ, संरक्षणमा अनेकौं चुनौती

‘निकुञ्जमा पाटेबाघको संख्या बढेर गएको हाम्रो अनुमान छ, त्यसकारण बाघको बासस्थान र आहारा प्रजाती व्यवस्थापनलाई जोड दिईरहेका छौं,’ निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाहले भने।उक्त निकुञ्ज बाँके, दाङ र सल्यानसम्म ५ सय ५० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ।

नारायणी नदी किनारमा पाटेबाघको अस्थिपञ्जर फेला

राष्ट्रिय गैँडा गणनाका क्रममा नारायणी नदी किनारमा पाटेबाघको अस्थिपञ्जर फेला परेको छ। गैँडा गणनाका क्रममा आज दिउँसो चितवनको भरतपुर–१६ स्थित सेतीदेवी सामुदायिक वनमा पर्ने नारायणी नदी किनारमा पाटेबाघको अस्थिपञ्जर फेला परेको हो।

माहुतेको पाटेबाघको आक्रमणबाट एक जनाको मृत्यु

बर्दियामा आइतबार एक जनाको हात्ती चराउँदै गरेका माहुतेको बर्दिया राष्ट्रिय निकुञ्जमा पाटेबाघको आक्रमणबाट परेर मृत्यु भएको छ।

नेपालकै अग्लो स्थानमा भेटियो जंगली पाटेबाघ

नेपालमा हालसम्मकै अग्लो उचाइमा जंगली पाटेबाघ फेला परेको छ। ३ हजार १ सय ६५ मिटरको उचाइमा इलामको सन्दकपुर गाउँपालिकामा स्वचालित क्यामेरा मार्फत जंगली पाटेबाघको तस्बिर खिचिएको हो।

महाभारतमा पाटेबाघ देखिएपछि दोस्रो चरणमा क्यामेरा ट्यापिङ्ग गरिदै

डडेल्धुराको लाईफलाईन रहेको महाभारत वन क्षेत्रमा दोस्रो चरणमा क्यामेरा ट्यापिङ्ग गरिन लागेको छ । पहिलो पटक महाभारत वन क्षेत्रको दुई हजार पाँच सय मिटरको उचाइमा पाटेबाघको ईमेज ट्याप भएपछी दोस्रो चरणमा क्यामेरा ट्यापिङ्ग गरिन लागेको डिभिजनल वन कार्यालय डडेल्धुराले जनायो । महाभारत वन क्षेत्रको भागेश्वर करिडोरमा यसअघि हालसम्मकै उचाईमा पाटेबाघको ईमेज ट्याप भएको थियो ।

पाटेबाघ संरक्षणमा चुनौती

बर्दिया राष्ट्रिय निकुञ्जको अम्रेनीस्थित नेपाली सेनाको सुरक्षा पोस्टदेखि तीन किलोमिटर उत्तर गत पुस २७ गते कारले ठक्कर दिँदा वयस्क पाटेबाघ घाइते भयो। दाँत झर्नुका साथ ढाडमा गम्भीर चोट लागेको उक्त बाघको उपचार निकुञ्जमा भइरहेको छ। निकुन्ज स्रोतका अनुसार बाघको अवस्था नाजुक छ।

पाटेबाघको छाला र हड्डीसहित दुई पक्राउ

पाटेबाघको छाला र हड्डीसहित दुई ब्यक्ति पक्राउ परेका छन्। कोहलपुर नगरपालिका वडा नम्बर ११ बसपार्कबाट विशेष सूचनाको आधारमा प्रदेश अनुसन्धान ब्यूरो नेपालगन्ज शाखा र ईलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले उनीहरुलाई पक्राउ गरेको हो।

पाटेबाघको छालासहित ४ पक्राउ

संरक्षित जंगली बन्यजन्तु पाटेबाघको छालासहित मकवानपुर प्रहरीले ४ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरले शुक्रबार हेटौंडामा पत्रकार सम्मेलन गरी बाघको छालासहित पक्राउ परेकालाई सार्वजनिक गरेको हो।

पाटेबाघको छालासहित दुई पक्राउ

पाटेबाघको छालासहित प्रहरीले गोगंबुबाट दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नुवाकोटका तेज अधिकारी र विक्रम लामा छन्। गोगंबुमा पाटेबाघको छाला विक्री गरिरहेको सूचनाका आधारमा विशेष टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परीसर काठमाडौंका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले बताए।

पाटेबाघलाई पानी अभाव

बाँके राष्ट्रिय निकुञ्जमा पाटेबाघका लागि पानी अभाव चुनौतीको रूपमा देखा परेको छ। यो निकुञ्ज सुक्खा भएकाले पनि बाघलगायत वन्यजन्तुका लागि गर्मीयाममा पर्याप्त पानी पुग्दैन।

दुर्लभ पाटेबाघको संख्या दोब्बर हुन सक्ने

जैविक विविधताले भरिएको प्रदेश नं २ को एकमात्र पर्सा राष्ट्रिय निकुञ्जमा पाटेबाघको संख्या दोब्बर हुन सक्ने अनुमान निकुञ्ज प्रशासनले गरेको छ।

दुर्लभ पाटेबाघको संख्या दोब्बर हुन सक्ने

जैविक विविधताले भरिएको प्रदेश नं २ को एकमात्र पर्सा राष्ट्रिय निकुञ्जमा पाटेबाघको संख्या दोब्बर हुन सक्ने अनुमान निकुञ्ज प्रशासनले गरेको छ।

बाँके र बर्दियामा पाटेबाघ गणना सुरु

बाँके र बर्दियामा रहेका पाटेबाघको गणना शनिबार सुरु भएको छ । बर्दिया राष्ट्रिय निकुञ्जको मुख्य कार्यालय रहेको ठाकुरद्वारामा बनदेवीको पूजा गरेर बाघ गणना सुरु गरिएको छ । बाँके र बर्दिया निकुञ्ज कार्यालयले जारी गरेको संयुक्त विज्ञप्तिमा बाघ गणना सुरु भएको उल्लेख छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्