१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
केशव राना


केशव रानाका लेखहरु :

वन्यजन्तुलाई सडककै जोखिम

निकुञ्ज तथा संरक्षित क्षेत्रका वन्यजन्तुलाई राजमार्ग क्षेत्र जोखिम बन्दै गएको छ। राजमार्गमा आवतजावत गर्ने सवारीसाधनको ठक्करबाट वन्यजन्तु घाइते र मर्ने क्रम बढिरहेको छ।

३० वर्षपछि खुल्यो मुख

सल्यान बागचौर नगरपालिका–५, धारापानीकी ३७ वर्षीया कमला भण्डारी ६ वर्षको हुँदा खेल्ने क्रममा लडिन्। उनको मुखमा चोट लाग्यो। त्यतिबेला उपचारका लागि लखनऊसम्म लगिए पनि उनको मुख भने खुल्न सकेन। उनका आमाबुबाले निको हुने आश मारिसकेका थिए।

छालामा पनि कालाजार

भुसुनाको टोकाइबाट हुने कालाजार कुनैबेला तराईको रैथाने रोग भनेर चिनिन्थ्यो। यो रोग लाग्दा लगातार ज्वरो आउने, फियो र कलेजो ठूलो भई पेट फुल्ने,कमजोरी महसुस हुनेलगायत लक्षण देखिन्थ्यो। खासगरी रगतमा हुने कालाजार छालामा देखिन थालेएको छ। अहिले छालाको कालाजार पश्चिम नेपालमा बढ्दै गएको देखिन्छ। यो बढीजसो अनुहारको छालामा देखिने गरेको छ। सुरुमा साधारण घाउ हुनु तर नचिलाउनु र नदुख्नु यो रोगको लक्षण हो।

जंगलमा ‘नाइट स्टे’

मान्छेका चाहना विभिन्न किसिमका हुन्छन् । त्यसमध्ये पनि अधिकांश मानिस प्रकृतिसँग रमाउन चाहन्छ । प्रकृतिलाई नजिकबाट नियाल्न लालायित हुन्छ । म पनि त्यस्तै मध्येको एक हुँ । मलाई पनि प्रकृतिसँग खेल्न, रमाउन मन पर्छ।

विद्युतीकरणको काम सुरु

सुगम जिल्लाको दुर्गम ठाउँ मानिने बाँकेको राप्तीपारि बघौडा क्षेत्रमा विद्युतीकरणको काम सुरु भएको छ। वर्षौंदेखि अलपत्र परेको ३३ केभिए कोहलपुर–धामपुर विद्युत् प्रसारण लाइनको काम सुरु भएको हो।

सरकारले आलोचना सुन्नुपर्छ : नेता नेपाल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता माधवकुमार नेपालले सरकारले आलोचना सुन्न सक्नुपर्ने बताएका छन्। ‘सरकारबाट काम गर्दै जाँदा गल्ती भएका हुन सक्छन्’, कोहलपुरमा मंगलबार कार्यकर्ता भेटघाटमा भने, ‘आलोचना सुन्नै नसक्ने, गल्ती नै भएको छैन जस्तो गरेर सरकार प्रस्तुत हुनु हुँदैन।’

बाँके सडक दुर्घटना : अरुलाई सिट दिँदा बाँचे टेकबहादुर

दाङ तुलसीपुर उपमहानगरपालिका–६ का ५९ वर्षीय टेकबहादुर सुनार बिहानै नेपालगन्जका लागि गाडी चढे। स्वास्थ्य चेकजाँच गराउन भन्दै नेपालगन्ज हिँडेका उनी आफू चढेको गाडी दुर्घटना होला भन्ने पक्कै पनि सोचेका थिएनन्।

वन्यजन्तुको काल बन्दै राजमार्ग

बाँके राष्ट्रिय निकुञ्जका वन्यजन्तुको लागि राजमार्ग क्षेत्र जोखिम बन्दै गएको छ। राजमार्गमा आवतजावत गर्ने सवारीसाधनको ठक्करबाट वन्यजन्तु घाइते र मर्ने क्रम बढिरहेको छ।

जंगलमा बालकको शव, घटना रहस्यमय

बाँकेको राप्तीसोनारी–८, खल्लगाउँस्थित जंगलमा एक बालकको शव फेला परेको छ । सोही गाउँका १० वर्षीय आयुष केसीको शव घन्टेश्वरी सामुदायिक वनमा भेटिएको हो।

फेसबुकले पुर्यायो ‘कोठी’

राप्तीसोनारीकी १९ वर्षीया युवतीलाई सुनील नाम गरेका व्यक्तिले फेसबुकमा ‘फ्रेन्ड रिक्वेस्ट’ पठाए । उनले ‘एसेप्ट’ गरिन् । उनीहरूबीच कुराकानी सुरु भयो । मोबाइल नम्बर आदानप्रदान भयो । कुरा गर्दै जाँदा उनीहरुले कोहलपुरमा भेट गर्ने योजना बनाए । सुनीलले ती युवतीलाई बिहे गर्ने आश्वासन दिए । ती युवतीले आफ्नो बिहे भएको र साथमा चार वर्षीय छोरो रहेको बताइन् । त्यसले आफूलाई केही फरक नपर्ने प्रतिक्रिया सुनीलबाट आयो ।

‘घुर्नाको अर्को दिन आउँछ’

‘काठमाडौंमा एक दिन’ उपन्यासकी लेखक शिवानीसिंह थारुलाई अहिले धेरैजसो सोधिने प्रश्न हो, ‘घुर्नाको अर्को दिन आउँछ कि आउँदैन ?’ मंगलबार कोहलपुरमा आयोजित एकदिने घुम्ती साहित्य महोत्सव फाइनप्रिन्ट फिभरमा सहभागीले उनलाई यही प्रश्न दोहोर्‍याए । यसअघि सुर्खेत र धनगढीमा आयोजित कार्यक्रममा पनि सहभागीले यही प्रश्न गरेको लेखक थारु बताउँछिन्।

पाटेबाघलाई पानी अभाव

बाँके राष्ट्रिय निकुञ्जमा पाटेबाघका लागि पानी अभाव चुनौतीको रूपमा देखा परेको छ। यो निकुञ्ज सुक्खा भएकाले पनि बाघलगायत वन्यजन्तुका लागि गर्मीयाममा पर्याप्त पानी पुग्दैन।

मानव बेचबिखन ‘ट्रान्जिट’ बन्दै कोहलपुर

२०७३ जेठ २ गते सिन्धुपाल्चोकका १९ वर्षीया दुई युवतीलाई कोहलपुर बसपार्कबाट प्रहरीले उद्धार ग-यो। वैदेशिक रोजगारको बहानामा भारत लैजाँदै गर्दा दलाल सिन्धुपाल्चोकका ३६ वर्षीय लाक्पासोनम लामा र २७ वर्षीय डिन्डु तामाङ पक्राउ परे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्