१४ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

पाटेबाघले घेरा हालेपछि ज्यान बचाउन रुखमा

जंगलमा गाइबस्तु चराउन पुगेका स्थानीयलाई पाटे बाघले घेरा हालेको छ । बाँकेको राप्ती सोनारी गाउँपालिका–१ गाभरमा पाटेबाघले मान्छेलाई घेरेको छ । वन, जंगलमा पशु चौपाया चराउन गएका स्थानीयलाई बाघले घेरेका हुन् ।

बाघबाट घेरिएका स्थानीय आफ्नो ज्यान जोगाउन अहिले रुखमा चढेर बसेको स्थानीय वासिन्दा चन्दा लामाले नागरिक न्यूजलाई जानकारी दिईन् । उनले टेलिफोनमा भनिन, ‘बाघले मान्छेलाई घेरेर राखेका छन्, रुखमा चढेका उनिहरुको उद्धार गरिदिनु पर्यो ।’

बाँके राष्ट्रिय निकुञ्ज पूर्वी सेक्टरका प्रमुख उत्तम चौधरीले जंगलमा बाघ देखिएको जानकारी आएको र स्थानीयको उद्दारका लागि नेपाली सेना सहितको टोली त्यसतर्फ पठाईएको बताए । स्थानीयले चौपाया चराउन गएका ब्यक्तिलाई बाघले घेरेको जानकारी पाएपछि त्यसबारे बुझ्ने काम भइरहेको उनले बताए । निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्याम कुमार शाहले यस विषयमा बुझ्न निर्देशन दिईसकेको जानकारी दिएका छन् ।

प्रकाशित: १६ आश्विन २०७८ ०९:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App