२० आश्विन २०८१ आइतबार
image/svg+xml

गोलभेंडाः पोखरामा किलोको १ सय ८०

दुइसाताअघिसम्म पनि पोखरामा गोलभेंडाको खुद्रा मूल्य प्रतिकिलो एकसय रुपैयाँ हाराहारीमा थियो। तर, अहिले भने एकाएक गोलभेंडाको मूल्य अकाशिएको छ। बजारमा अहिले गोलभेंडाको खुद्रा मूल्य प्रतिकिलो १ सय ८० रुपैयाँसम्म उक्लेको छ।

गोलभेंडाः काठमाडौंमा १० रुपैयाँमा बिक्दैन, पोखरामा किलोको ७०

राजधानी काठमाडौंमा आइतबार मूल्य नपाएको भन्दै सडकमा गोलभेंडा फ्याकियो। किसानले झन्डै चारलाख किलो गोलभेंडा सडकमा फालेको अनुमान छ। प्रतिकिलो १० रुपैयाँमा पनि बिक्री नभएको भन्दै आक्रोशित किसानले राजधानीका सडकमा गोलभेंडा फ्याकिरहँदा पोखरामा भने त्यही गोलभेंडाको प्रतिकिलो खुद्रा मूल्य ६५ देखि ७० रुपैयाँ छ।

मूल्य नपाएपछि किसानले सडकमै घोप्टाए गोलभेंडा

गोलभेंडाको प्रतिकिलो उत्पादन लागत करिब २५ रूपैयाँ पर्ने किसानको दाबी छ। आइतबार कालीमाटी तरकारी बजारमा गोलभेंडाको अधिकतम मूल्य प्रतिकिलो १० रूपैयाँ थियो। यसरी हेर्दा बिक्री भएको गोलभेंडामा पनि किसानले प्रतिकिलो १५ रूपैयाँ घाटा बेहोरिरहेका छन्।

उचित मूल्य नपाएको भन्दै किसानले सडकमा फाले ९२ हजार किलो गोलभेँडा (फोटोफिचर)

आइतबार बिहान गोलभेँडा लिएर कालीमाटी फलफूल तथा तरकारी बजार आएका किसानहरूले उचित मूल्य नपाएको भन्दै ९२ हजार किलोग्राम गोलभेँडा सडकमा फालेका हुन्।

रुरुक्षेत्रमा दाजुभाइको ५२ रोपनीमा गोलभेँडा खेती

दुई दाजुभाइसँगै घरपरिवारका सबै मिलेर व्यवसायिक कृषिमा लागेका छन्। उनीहरुले अहिले दाजुभाइ कृषि तथा पशुपन्छी फार्म दर्ता गरेर गोलभेँडा खेती गरिरहेका छन्।

६ महिनामा गोलभेँडा बिक्रीबाट तीन करोड रुपैयाँ आम्दानी

कृषि उत्पादनमा पकेट क्षेत्रका रूपमा रहेको सो गाउँपालिका किसानले जिल्लालाई नै तरकारी खेतीबाट आत्मनिर्भर बनाउनेतर्फ लागेको देखिन्छ।

गोलभेँडाले दोब्बर भाउ पाउँदा किसान खुशी

‘यसपालि राम्रो भाउ पायो, प्रति किलो पचासबाट उँधो झरेकै छैन, किलोको सत्तरी/असीसम्म आएको छ, धेरै खुशी छौँ ’, गोलभेँडा टिपेर डालोमा राख्दै उनले थपे ‘पोहरको तुलनामा दोब्बर फलेको छ, भाउ पनि राम्रो छ।’

पहिले किनेर खान्थे, अहिले बेच्छन्

बढीमा दुई आना जमिनमा बनेको एउटा टनेल। सानो टुक्रामा फैलिएको टलेनमा गोलभेंडा खेती गरेर सुकुमाया तामाङले पहिलो खेपमै १० हजार रुपैयाँ कमाइ गरिन्। यसबाट हैसिएकी उनले दोस्रो सिजनमा खेतीको दायरा केही फैलाएकी छिन्। टनेलभित्र गोलभेंडाका साथ मुला, आसपासमा झँगिँदै छन् गाँजर, प्याज, केराउ र रायोको साग। यो खेपमा आम्दानी दोब्बर लिने सुनाउँछिन् सुकुमाया।

गोलभेँडा भारत निकासी खुल्यो

एक महिनादेखि भारत निकासि ठप्प रहेको गोलभेँडा निकासि सुरु भएको छ। भारतीय पक्षले निकासि हुने सूचिमा गोलभेडा नपरेको भन्दै रोकेपछि पूर्वी पहाडका विभिन्न जिल्लामा उत्पादन भएको गोलभेडाको विक्रि वितरण प्रभावित भएको थियो।

गोलभेंडा किसान सोध्छन् ‘खै सरकार?’

गोलभेंडा बिक्न छाडेको एक महिना हुन लागिसकेको छ। समस्या समाधनमा पहलकदमी नहुँदा ठूलो नोक्सानी हुने अवस्था आएको गुनासो याङवरक गाउँपालिका–८ कि संगीता योङहाङको छ।

गोलभेंडामा देखिएको टुटा प्रकोप नियन्त्रण अभियान सुरु

जिल्लामा कृषकले लगाएका गोलभेंडामा देखा परेको टुटा नियन्त्रणका लागि अभियान सुरु गरिएको छ ।जिल्लाको कालिका, उत्तरगया र नौकुण्ड गाउँपालिकाको विभिन्न स्थानमा कृषकले लगाएका गोलभेंडामा पात तथा फल जोतुवा किरा अर्थात टुटाको प्रकोप फैलिएपछि अभियान सुरु गरिएको हो । टुटाको कारण गोलभेंडामा क्षति हुन थालेपछि जिल्ला कृषि विकास कार्यालयले अभियान सञ्चालन गरेको हो ।

सर्लाहीमा गोलभेंडा अभाव

कात्तिकदेखि नै बजारमा आउने भएपनि हरेक वर्ष चैतमा निकै गोलभेंडा किनेर सिन्की बनाउने वा बयम (सिसाको भाँडो) मा अचार राख्दै आएकी हरिवनकी निर्मला बस्नेतले यसवर्ष भने त्यस्तो मौका पाइनन्। सदाझै यस वर्षको चैतमा पनि निकै सस्तोमा गोलभेंडा किन्ने दाउमा बसेकी बस्नेतको आशाविपरित भाउ अकाशिएपछि उनको अचार हाल्ने योजनामाथि तुषारापात लागेको छ।

गोलभेंडाले पायो मूल्य

उत्पादन घटे पनि फागुन दोस्रो साता बित्न लागिसक्दा समेत गोलभेंडाको राम्रो मूल्य पाउँदा किसान दंग छन् । ‘अहिले किसानले पाएको गोलभेंडाको मूल्य वर्षौंयताको बढी हो,’ नवलपुर कृषि उपज बजार सञ्चालक समितिका अध्यक्ष ब्रह्मदेव महतोले भने, ‘फागुन दोस्रो साता बित्न लागे पनि किसानले प्रतिकिलो ३० रुपैयाँसम्म थापिरहेका छन्, यो समयमा यतिको मूल्य पाएको मलाई अहिलेसम्म थाहा छैन।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्