बुढ्यौली माया
छोरी बढेपछि कन्यादान गर्नुपर्छ भन्ने कुराप्रति बाबाले विमति राख्नुहुन्छ। उहाँ भन्नुहुन्छ– आफ्ना सन्तानलाई पनि कहीं दान गरिन्छ र? विवाह गरी दिएका हौं, दान दिएको होइन। विवाह हुँदैमा छोरीहरू आमाबुबा–घरपरिवारबाट कहिल्यै टाढा हुँदैनन्।
छोरी बढेपछि कन्यादान गर्नुपर्छ भन्ने कुराप्रति बाबाले विमति राख्नुहुन्छ। उहाँ भन्नुहुन्छ– आफ्ना सन्तानलाई पनि कहीं दान गरिन्छ र? विवाह गरी दिएका हौं, दान दिएको होइन। विवाह हुँदैमा छोरीहरू आमाबुबा–घरपरिवारबाट कहिल्यै टाढा हुँदैनन्।
भाषासँग आत्मीयताको न्यानो जोडिएको हुन्छ। कुनै पर्यटकले नेपाली बोलेको सुन्यौं भने हामी पुलकित हुन्छौं। जीवनको छ दशक पूरा हुँदै गर्दा उत्तमले विश्वका करिब ६० देश छिचोलिसकेका छन्। उनको माान्यता छ– आफ्नो रुचि क्षमतालाई चिनौं, आफंैलाई चुनौती दिऔं, परिश्रमी हुने प्रयास गरौं। त्यसो भए भोलिको सुनौलो दिन आत्मसन्तुष्टिले भरिपूर्ण हुनेछ।
हामी नेपालीहरूको महान पर्व बडादसैं शक्ति सञ्चय गर्ने समय हो। हामी मुख्य रूपमा नौ दिनसम्म शक्ति स्वरूपा माता भगवती दुर्गा भवानीको नौ रूपको पूजा आराधना गर्ने गर्छौ। यस समयमा बजाइने–गाइने भक्ति संगीत नै मालश्री धुन हो।
कलिलो उमेर अनि बालक मानसपटल। मनमा न प्रतिस्पर्धाको भावना थियो, न त आफूमा गायन प्रतिभा छ, मञ्चमा गाउँछु, प्रथम हुन्छु भन्ने नै ज्ञान थियो। सबैले कति मिठो स्वर भनी वाहवाह! गरे। जिल्ला स्तरीय बालगीत प्रतियोगितामा प्रथम भएलगतै स्कुलदेखि गाउँगाउँ टोलटोलमा हुने साङ्गीतिक कार्यक्रममा गाउनका लागि निमन्त्रणा आउन थाल्यो।
प्रायः आफूभन्दा निम्न वर्गका अलि हेप्न मिल्ने व्यक्तिहरूलाई उसको शारीरिक बनोट, रूपरङ्गअनुरूप रतिभर नहिच्किचाउँदै यस्तै अनेक उपनामहरूले बोलाउने बानी परिसकेको छ।
भौतिक रूपमा आज हामी माझ प्रेमध्वज प्रधान छैनन् तर उनले गाएका गीत र सङ्गीतले उनलाई सदा जीवित तुल्याइरहने छन्।
क्यान्सरबाट हामी नेपाली पनि अछुतो छैनौँ, दिन प्रतिदिन बिस्तारै यसको सिकार हुँदैे गइरहेका छौँ। नेपालमा क्यान्सरको प्रभाव कति बढ्दै छ भन्ने अनुमान क्यान्सर अस्पताल थपिँदै जानु र रोगीको संख्या दिनानु–दिन बढ्दै जानुबाट लगाउन सक्छौँ। यसको उपचार महँगो छ, त्यसैले आर्थिकभार पर्छ। उपचारका क्रममा स्वयं रोगीलाई मानसिक तनाव हुन्छ, परिवारको सुखशान्ति यसले कतिखेर खोसेर लैजान्छ भन्ने पत्तै हुँदैन।