भनिन्छ, तपाईं जे सोच्नुहुन्छ, त्यही बन्नुहुन्छ। पाटन ललितपुरका उत्तम बज्राचार्यको जीवनमा पनि त्यही भयो। जापानी भाषा सिक्ने र काम गर्ने रहरले मंगलबजारमा पर्यटकसँग बोलीचाली अभ्यास गर्ने उनी अन्ततः जापानमै काम गरेर अवकाश लिइसकेका छन्।
भाषासँग आत्मीयताको न्यानो जोडिएको हुन्छ। कुनै पर्यटकले नेपाली बोलेको सुन्यौं भने हामी पुलकित हुन्छौं। जीवनको छ दशक पूरा हुँदै गर्दा उत्तमले विश्वका करिब ६० देश छिचोलिसकेका छन्। उनको माान्यता छ–आफ्नो रुचि क्षमतालाई चिनौं, आफैंलाई चुनौती दिऔं, परिश्रमी हुने प्रयास गरौं। त्यसो भए भोलिको सुनौलो दिन आत्मसन्तुष्टिले भरिपूर्ण हुनेछ। पाटन न्याखाचोकमा जन्मेका उत्तम जापानमा रहेका नेपालीबीच सुपरिचित उत्तम दाजु हुन्। औपचारिक प्रशिक्षणबिनै किशोर उमेरसम्म आइपुग्दा नपुग्दै उनले मातृभाषा नेवारसँगै राष्ट्रभाषा नेपाली र अन्य पाँच विदेशी भाषा सिके। जापानी भाषा सिक्ने हुटहुटीले उनलाई जापानमा एक सफल व्यक्ति बन्ने सोच सिद्ध हुनपुग्यो।
भनिन्छ, तपाईं जे सोच्नुहुन्छ, त्यही बन्नुहुन्छ। पाटन ललितपुरका उत्तम बज्राचार्यको जीवनमा पनि त्यही भयो। जापानी भाषा सिक्ने र काम गर्ने रहरले मंगलबजारमा पर्यटकसँग बोलीचाली अभ्यास गर्ने उनी अन्ततः जापानमै काम गरेर अवकाश लिइसकेका छन्।
जापानको प्रतिष्ठित ट्रेडिङ कम्पनी जहाँ सयजनाका हाराहारीमा जापानी नागरिक कार्यरत छन्। उनी यस कम्पनीमा काम गर्ने एक मात्र नेपाली जसले तीन दशक बढी समय कम्पनीमा रहेपश्चात् हालैमात्र कम्पनीको उपल्लो श्रेणीबाट स्वेच्छिक अवकाश लिए। जीवनको निकै लामो समय जापान र जापानी समाज संस्कृतिसँग सहकार्य गर्दै बिताएका एक सफल अनुभवी व्यापारी हुन्।
आफ्नो विगत सम्झँदै बज्राचार्य भन्छन्, ‘सपना देख्नुपर्छ। आफ्नो रुचि केमा छ चिन्न सक्यौं भने मनमा त्यसलाई पूरा गर्ने चुनौती आफैं पलाउँछ र ती सपना पूरा गरिछाड्ने आँटसँगै मेहनतले सफलताको बाटो डोर्याइदिन सहायक बन्छ। पाटनमा जन्मेहुर्केको म आफ्नो व्यवसाय चलाई जीविकोपार्जन गर्ने नेपालीको छोरो हुँ। तत्कालीन समयमा प्रायः नेवार समुदायका मानिसको आफ्नै व्यापार–व्यवसाय हुने हुनाले यसै सिलसिलामा ल्हासा पुग्ने गर्थे। मेरा बुबा चौध वर्षको छदाँ नै ल्हासा पुग्नुभयो। पछि बुबाले पाटनमा टेलरिङ पसल सञ्चालन गर्नुभयो। त्यस समयमा पाटनमा टेलरिङका लागि आवश्यक लत्ताकपडा अन्त पसलमा किन्ने र सिलाइका लागि मात्र टेलरिङ पसल पुग्ने गर्थे। समयसँगसँगै बुबाले पाटन मंगलबजारमा जहाँ टेलरिङका लागि पुग्ने हो, त्यसका लागि आवश्यक लत्ताकपडा पनि एकै स्थानमा उपलब्ध हुने। दुवै सुविधा एकै स्थानमा पाउने गरी मेरै नाममा उत्तम टेलरिङ सप खोल्नुभयो।
त्यसबखत पाटनका नेवार समुदायका व्यापारी भर्खर–भर्खर जापानमा हस्तकलाका सामान बेच्न जान्थे र फर्कंदा हातमा जापानी घडी साथमा टोसिभा, हिटाची, सोनीका टेपरिकर्डर, निकोन, क्याननका क्यामरा लिएर आउँथे।
आहा! ती दाइहरू त जापान जानुभएको रहेछ। म पनि जीवनमा जापान जानेछु भन्ने सपना बुन्न थालें। म एबिएम स्कुलमा पढ्थें। स्कुल बिदा हुँदा बुबाको पाटन मंगलबजारस्थित पसलमा बस्थें। बुबाको पसलमा पाटन घुम्न आएका जापानी पर्यटकहरू आउँथे।
ती जापानी पर्यटक होटल–लजमा बस्थे। मैले ती जापानी पर्यटकहरूलाई किन लजमा बसेको? मेरो घरमा बस्न आऊ? म खाना खुवाउँछु, म पाटन घुमाइदिन्छु, त्यसबापत मलाई तिमीहरूले आफ्नो जापानी भाषा सिकाइदिनुपर्छ भन्थें। यसरी मैले विद्याथी छँदै दशौं जना पर्यटकलाई आफ्नो घरमा राख्ने गरी उनीहरूबाट जापानी भाषा सिक्न थालें। उनीहरूलाई घुमाउँदै पर्यटकसँगको संगतले मैले जापानी, फेन्च, अंगे्रजी, उर्दुलगायतका अन्य विदेशी भाषा सिकें।
कहिल्यै बिर्सन नसक्ने एक घटनाले मेरो जीवन मोडियो। एसएलसी सकेर म मीनभवन कलेजमा पढ्दै थिएँ। पाटनका मन्दिरवरिपरि घुमेर हस्तकलाका सामान बेच्ने एक केटो थियो। दश कक्षा पढ्दै गरेको ऊ मभन्दा एक वर्षजति सानो थियो तर मभन्दा राम्रो जापानी बोल्ने। म उसलाई पनि घरमा ल्याउने गर्थें। मसँग राम्रो परिचित त्यो केटाको सपना जापान जाने र व्यापार गर्ने थियो। नभन्दै ऊ जापान गयो।
आहा! ती दाइहरू त जापान जानुभएको रहेछ। म पनि जीवनमा जापान जानेछु भन्ने सपना बुन्न थालें। म एबिएम स्कुलमा पढ्थें। स्कुल बिदा हुँदा बुबाको पाटन मंगलबजारस्थित पसलमा बस्थें। बुबाको पसलमा पाटन घुम्न आएका जापानी पर्यटकहरू आउँथे।
केही महिनापछि अचानक एक दिन मुख निर्याउरो पारेर मेरो पसलमा आयो र भन्यो–दाइ! म त अप्ठ्यारोमा परें। हेर्नुस् न, मैले जापानबाट पेटको क्यान्सर भएका अठासी वर्ष उमेरका एक वृद्ध जापानी महिला जो जीवनको उतराद्र्धमा बुद्ध जन्मेको देश नेपाललगायत भगवान बुद्ध हिँड्नुभएको बाटो बुद्ध सर्किट घुम्ने इच्छा गरेकाले यहाँ ल्याएको थिएँ तर भारतको गया घुम्ने क्रममा मेरो र ती जापानी महिलाको पासपोट भएको ब्याग चोरी भयो।
ती जापानी महिलाको दश दिनका लागि अस्थायी पासपोर्ट बन्यो तर मेरो नेपाली पासपोर्ट बन्न तीन महिना लाग्ने भयो। अब के गरूँ? ती वृद्ध महिलालाई विदेशी मुद्राबारे केही थाहा छैन। उनी एक्लै जापान फर्कन सक्दिनन्। यति सुनेपछि मैले सहजै भनिहालें– ल ! मेरो टिकट काटी देऊ। ती महिलालाई म जापानसम्म पुर्याइदिन्छु। म जापानी भाषा बोल्न सक्छु। व्यापारका लागि हङकङ गइसकेकाले मसित पासपोर्ट पनि छ।
मेरो कुरा सुनेपछि उत्साहित भयो र यसरी म सन् १९८८ मा एक वृद्ध जापानी महिलालाई जापान पु¥याउने क्रममा ६ महिनाका लागि जापान पुगें। त्यताका जापानमा नेपालीको संख्या आठ सयको हाराहारी मात्र थियो। जसमा नेपालबाट पौवा, कार्पेट, मूर्तिजस्ता हस्तकलाका सामाग्री बेच्ने नेवार समुदायका व्यापारीहरू यस्तै जापानमा उच्चशिक्षा पढ्ने छात्रवृत्तिमा आएका ब्राह्मण, क्षेत्री समुदायका विद्यार्थी र थकाली समुदायका नेपालीहरू थिए। नेपालमा बस्दै मैले भाषा सिक्ने क्रममा नै थुप्रै जापानी नागरिकसँग परिचय भएकाले मलाई केही असहज भएन। छ महिना बसाइमा मैले नेपालबाट लगेका हस्तकलाका सामग्री बेचें।’
कुरा गर्दै जाने क्रममा उत्तम दाजुको मुहार चम्किएको देखेर मैले सोधिहालें–‘जापानको ज्वाइँ कसरी हुन पुग्नुभयो दाजु !’ क्रिम रङको पाइन्ट, रातो स्वेटरमाथि कालो रङको ब्लेजर पहिरनमा आर्कषक व्यक्तित्वका धनी उत्तम दाजु खुलेर हाँसे। उनलाई मैले पनि सबैले झैं उत्तम दाजु भनी सम्बोधन गरें।
कुनै क्षेत्रको चर्चित व्यक्तित्व होइनन् उनी तर जापानमा रहेका नेपालीहरूका बीच विश्वासिला सहयोगी आत्मीय व्यक्ति हुन्। जापानी समाज संस्कृति रहनसहनलाई नजिकबाट अनुभव गरेका उहाँ जापानको ओसाकाका निवासी नेपाली मनमुटु भएका व्यक्ति हुन्। बोल्दै जाने क्रममा मलाई कहिले ‘भुवन बहिनी’ त कहिले ‘मास्के बहिनी’ सम्बोधन गर्ने उत्तम दाइको व्यक्तिगत जीवनबारे केही जानकारी थिएन। मुहार झन् उज्यालो बनाउँदै भने–मेरी श्रीमती फुजिको मियाता मैले पाटनमा नै भेटेको हुँ।
‘ललितपुर नेपाली संस्कृति, सम्पदा, वास्तुकलाका लागि अत्यन्त प्रख्यात ऐतिहासिक सहर हो। यहाँको सांस्कृतिक ऐतिहासिक स्थल कलाको अवलोकनका लागि संसारभरबाट विदेशी पर्यटक आउने गर्छन्। पसलमा बस्दा मेरो ध्यान भने पाटन घुम्न पुग्ने विदेशी पर्यटकतिर हुने गथ्र्यो। म पाटन क्षेत्र पुग्ने पर्यटकलाई टुरिस्ट गाइड बनी घुमाइदिन्थे।
कुनै क्षेत्रको चर्चित व्यक्तित्व होइनन् उनी तर जापानमा रहेका नेपालीहरूका बीच विश्वासिला सहयोगी आत्मीय व्यक्ति हुन्।
जीवनको रोचक संयोग मेरी श्रीमतीलाई मैले उनी पहिलो पटक पर्यटकका रूपमा पाटन घुम्न आउँदा पाटन दरबारनजिकै रहेको रहेको टिकट काउन्टरछेउमा रहेको हनुमानको मूर्तिनेर उनलाई देखेको थिएँ। टुरिस्ट गाइड बन्दै हिँड्ने मेरो पेसा थिएन। त्यो म भाषाप्रतिको मोहले गर्थें। उनलाई देखेको क्षण आफ्नो जीवनको अविस्मरणीय पल हो। त्यस दिन उनलाई देख्दै मेरो अन्तरआत्मामा महसुस भयो–यिनै मेरी जीवनसँगिनी मेरो सन्तानकी आमा हुनेछिन्। उनीसँग भेट्न मैले अनेक कसरत गरें।
परम्परागत नेवारी समाज बज्राचार्य समुदायको छोरो म, मेरो घरमा उनीसँगको बिहे सहज स्वीकारोक्ति पक्कै थिएन। उनको परिवारलाई पनि म स्वीकार्य थिइनँ। जब म उनीसँग जापान पुगें, उनको परिवारसँग बस्न थालें। जीवन चलाउने क्रममा मैले सुरुका दिनमा एक प्रिन्टिङ प्रेसमा काम गर्थें। जब मैले आफ्नो तलब उनकी आमाको हातमा राखिदिएँ। हाम्रो नेपाली समाज पहिलो कमाइ घरका आमाबुबाको हातमा राखिन्छ। तपाई मेरो अभिभावक हुनुहुन्छ। त्यस हिसाबमा यो मेरो कमाइ तपाईको हातमा भन्दै उनका अभिभावकको हातमा मेरो तलब राखिदिँदा उहाँहरू भावविह्वल बन्नुभयो। हेर्नुस्, मायाले संसार जित्न सम्भव हुन्छ। सानो परिवार छ, मेरी श्रीमती दुई छोरा। नेपाल मन पर्छ उसलाई अहिले। कान्छो छोरो र ऊ नेपालमै बस्छन्। कान्छोले नेपाली बोल्न सक्छ। हालसालै काठमाडौंको गोंगबुमा नेपाली कच्चा पदार्थ प्रयोग गरी तयारी पोसाकसम्बन्धी काम गर्ने जमर्को गर्दै कारखाना चलाउँदै छ। कान्छो छोरो र आमा चाहिँ उसलाई सहयोग गर्न काठमाडौंमै बस्छन्।’
स्पष्ट र निर्भीकताका साथ बोल्ने उत्तम दाइको कुरा म सुनेको सुन्यै भएछु। मेरो कौतूहलपूर्ण हेराइ सायद थाहा पाएझैं भने, ‘मास्के बहिनी, विकसित देशसँग प्रविधि छ। आथिक रूपमा सबल छन्। उनीहरूको तुलनामा आर्थिक रूपमा कम छौं तर हामीसँग आँट, कामप्रति इमान्दारिता, परिश्रमी अति मायालु प्रवृतिका छाैं नि !’
फेरि आफ्नो विगततर्फ फर्कंदै भन्न थाले, ‘भाषा सिक्ने, जाने जति बोल्ने मेरो स्वभावले जीवनमा गजबको रोचक संयोग गरायो। बुबाले दरबार मार्गस्थित होटेल याक एन्ड यति अगाडि ह्यान्डिक्राफ्टको पसल खोल्नुभएको थियो। एक पटक पसलमा एक जना महिला पर्यटक आइन्। उनी जापानी नागरिक रहेको थाहा पाएपछि बोल्ने रहरले मैले उनलाई जापानी भाषामा कुरा गरें। तर उनी भने अंग्रेजीमा मात्र जवाफ फर्काउन थालिन्। मैले भनें–म्याडम ! म अङ्ग्रेजीमा कुरा गर्न सक्छु। मैले तपाईंको भाषा जापानी बोल्दा तपाईं अंगे्रजीमा बोल्नुभयो। मेरो कुरापछि उनी जापानीमा नै कुरा गर्न थालिन्। ती जापानी महिला बैैंककस्थित क्वालालम्पुर युनिभर्सिटीमा जापानी भाषाका प्राध्यापक रहिछिन्। मैले जापानी भाषा कुनै औपचारिक प्रशिक्षणबिना सिकेको थाहा पाएपछि निकै प्रभावित भइन्।
सिकेको जानेको ज्ञान–सिप कहिल्यै खेर जाँदैन भन्ने गरिन्छ। पछि म जापानमा विवाह गरी प्रिन्टिङ प्रेसमा काम गरिरहेको तिनले थाहा पाइन्। उनले मलाई फोन गरी भनिन्–उत्तम तिमीले आफ्नो प्रतिभाभन्दा फरक काम गरेछौ। त्यति राम्रो जापानी भाषा बोल्न सक्छौ। कहाँ प्रिन्टिङमा काम गरिरहेको। अहँ! भएन।
त्यस समयसम्म उनी जापानको एक कम्पनीमा काम गर्थिन्। उनले मलाई जापानको एक कम्पनीले पहिलो ब्याचमा मान्छे खोजिरहेको छ। तिमी आजै अन्तर्वार्ता दिन गइहाल भन्ने सल्लाह दिइन्। उनले भनेझैं म त्यस जापानी टेडिङ कम्पनीमा अन्तर्वार्ता दिन पुगें। म जापानी राम्रो बोल्न सक्थें तर त्यति ठुलो कम्पनीका लागि आवश्यक शैक्षिक योग्यता मसँग थिएन। मसँगै अमेरिकाको बोस्टन युनिभर्सिटीबाट ग्राजुयट गरेका एकजना व्यक्ति पनि अन्तर्वार्ता दिन आएका रहेछन्।
मलाई लाग्यो–यति धेरै पढेका मान्छेलाई छोडेर कहाँ म छानियूला र। तर म सकारात्मक सोच राख्ने व्यक्ति हुँ। त्यसदिन पनि जे होस् जानेको कुरा भनिदिन्छु भन्ने सोचेर भित्र गएँ। तीनजना जापानी उमेर पुगेका पुरुषले अन्तर्वार्ता लिँदै रहेछन्। सामान्य अंग्रेजीमा कुरा सोध्न थाले। मैले भनें– म तिमीहरूको जापानी भाषा राम्रो बोल्छु। त्यसपछि उनीहरूले तिमीलाई व्यापारबारे के थाहा छ भनेर सोधे। मैले भनें– म पाटनको नेवार हुँ, व्यापार हाम्रो रगतमा छ।
त्यस समयसम्म उनी जापानको एक कम्पनीमा काम गर्थिन्। उनले मलाई जापानको एक कम्पनीले पहिलो ब्याचमा मान्छे खोजिरहेको छ। तिमी आजै अन्तर्वार्ता दिन गइहाल भन्ने सल्लाह दिइन्।
लगातार तीन घण्टाभन्दा बढी समय उनीहरू कुरा गरिरहे। जागिर पाउँछु जस्तो लागेको थिएन। घर पुग्दा श्रीमतीले भनिन्–-तिमीले आज अन्तर्वार्ता दिएको अफिसबाट फोन आएको थियो। भोलिदेखि नै काममा आउनू भनेका छन्।
यसरी जापानको टेडिङ कम्पनीमा मैले बोलेको जापानी भाषा सहायक बन्न पुग्यो। आज तीस वर्षभन्दा बढी समय सोही कम्पनीमा काम गरिसकेको छु। आफूलाई उनीहरूभन्दा फरक रहेर पनि काम गर्न सक्छु भन्ने लागेर मैले कम्पनीको महाप्रबन्धकलाई पत्र लेखी म भारतमा गएर कम्पनी विस्तार गर्न सक्छु भन्ने आशय व्यक्त गरे।
उनीहरूले मेरो कार्य क्षमतालाई विश्वास गरी मलाई भारतको सहर बम्बईमा कम्पनी विस्तार गर्न अनुमति दिए। श्रीमती, पाँच र तीन वर्षका छोराहरू यतै छाडेर मैले बम्बईमा काम गरें। कम्पनीलाई नाफाको उच्च बिन्दुमा पुर्याउन सकें। यस टेडिङ कम्पनीमा सय जनाको हाराहारीमा जापानी काम गर्छन्। कम्पनीमा म एक जना मात्र नेपाली हुँ। कम्पनीले मेरो सिप मेहनतको सधैं सम्मान गर्यो। म विदेशी नागरिक हुँ भन्ने व्यवहार कहिल्यै गरेन। आज कम्पनीलाई मैले तीन गुणा बढी नाफामा पुर्याउनमा सहयोगी हुन सकेको छु। जीवनको लामो अध्याय यही जागिरमा बित्यो। म कम्पनी उपल्लो श्रेणीसम्म पुगी हालै मात्र स्वैच्छिक अवकाश लिएँ।
हुन त यो सबैमा लागु नहुन सक्छ तर मेरो अनुभवले भन्छ–‘तपाईं जुन देश जाँदै हुनुहुन्छ त्यस मुलुकमा बोलिने भाषाबारे राम्रो दखल हुनु जरुरी छ, साथै सम्बन्धित देशको कानुन, नीतिनियम, समाज-संस्कृतिबारे सही जानकारी हुनु आवश्यक छ। यसो भएको खण्डमा तपाईंलाई रोजगारीको अवसर प्राप्त हुन अझ सहज हुन्छ।’ भाषासम्बन्धी ज्ञानको कमीले जापानमा पुग्ने नेपालीहरूले अप्ठ्यारा परिस्थितिको सामना गरिरहेका यथार्थ सबैलाई थाहा छ। उनले थप प्रस्ट्याउँदै भने-जापानको प्रसिद्ध एसियन प्यासाफिक युनिभर्सिटीमा विश्वभरिका दुईसय मुलुकका विदेशी विद्यार्थीहरू अध्ययन गर्न यस विश्वविद्यालयमा नेपाली विद्यार्थी संख्यात्मक हिसाबमा तेस्रो स्थानमा पर्छन्।
हुन त यो सबैमा लागु नहुन सक्छ तर मेरो अनुभवले भन्छ– ‘तपाईं जुन देश जाँदै हुनुहुन्छ त्यस मुलुकमा बोलिने भाषाबारे राम्रो दखल हुनु जरुरी छ, साथै सम्बन्धित देशको कानुन, नीतिनियम, समाज–संस्कृतिबारे सही जानकारी हुनु आवश्यक छ।
यसै सन्दर्भमा सन् १९७३ मा जापानमा स्थापित उच्च शिक्षा अध्ययन गरेका पूर्व विद्याथीहरूको संगठन जापानिज युनिभर्सिटी आलुम्नाई एसोसिएन नेपाल (जुआन) स्थापनाको पचास वर्ष पुगेको अवसरमा केही समयअघि जापान सरकारबाट सम्मानित जुआनका वर्तमान अध्यक्ष न्युरोसर्जन डा. प्रवीण श्रेष्ठ जापानमा रहेका नेपाली विद्याथीबारे भन्छन्, ‘जापानमा अध्ययन गर्न आउने विदेशी विद्यार्थीमा संख्याका आधारमा चाइना प्रथम श्रेणीमा पर्छ भने दोस्रो स्थानमा भियतनाम र तेस्रो स्थानमा नेपाल रहेको छ। संख्यात्मक आधारमा हेर्दा नेपाली विद्यार्थीको संख्या यसरी प्रयाप्त रहेको देखिन्छ तर यो संख्यामा उच्च शिक्षा मास्टर्स, पिएचडी अध्ययन गरेर दक्ष भई नेपाल फर्कने विद्यार्थीहरूको संख्या भने अत्यन्त न्यून मात्रै छ।
हाल युवा पिँढी जापानिज भाषा अध्ययनका लागि त्यहीं रोजगारी पाएर बस्ने इच्छा भएका विद्यार्थीको संख्या दिनानुदिन बढ्दै गइरहेको तथ्य औंल्याउँदै अहिले उच्च शिक्षा अध्ययन गर्ने विद्याथीको प्रायः रोजाइ अमेरिका, अस्टे«लिया, बेलायतलगायतका मुलुक पर्छन्। डा. प्रवीण भन्छन्– जापान अध्ययन गर्न पुग्ने नेपाली विद्यार्थीको संख्या बढे पनि दक्षता हासिल गरी नेपाल फर्कने सङ्ख्या नगण्य छ।
जापान मात्र होइन, जुनसुकै विदेशी मुलुकमा गएँ भने पनि हामी सबैलाई हेर्ने दृष्टिकोण समान हुन्छ। एक नेपालीले गरेको गलत कामको सम्पूर्ण नेपाली समुदायमा नै गलत व्याख्या हुन जान्छ। वर्तमान समयमा नेपाली समुदायले झेलिरहेको समस्याबारे थप प्रस्ट्याउँदै बज्राचार्य भन्छन्, ‘कोरोनाको महामारीले विश्वभरि नै ठुलो आर्थिक मन्दी, बेरोजगारीको अवस्था सिर्जना गर्यो। धेरैलाई बेरोजगार बनायो। यो अवस्थाबाट जापानमा अध्ययनरत नेपाली विद्यार्थीमा झन् असर पर्न गयो। नेपाली विद्यार्थी बेरोजगार हुन पुगे। जापानीहरू नेपालीलाई माया र विश्वास गर्छन्। २०७२ सालको विनासकारी महाभूकम्पपश्चात् नेपालीप्रति उनीहरू झन् सफ्ट कर्नर राख्छन्, सहयोग गर्ने प्रयास गर्छन्।’
हाल जापानमा नेपालीहरूको संख्या दुई लाखको हाराहारीमा पुगिसकेको छ भन्दै उनले भने, ‘यहाँ पनि एक नेपालीले अर्को नेपालीलाई ठग्न नछोड्ने, एकअर्काेमा असहयोगी व्यवहार गर्ने, जापानीहरूको पैसा चोरी गरिदिने, झगडा गर्ने प्रवृत्ति छ। संख्यात्मक हिसाबले नेपालीहरूको संख्या जति बढ्दो छ, संख्यासँगै अनगिन्ती समस्या पनि बढ्दो क्रममा छन्। नेपालीका यस्ता समस्याको समाधान गर्न सक्ने आधिकारिक सहयोगी निकाय भनेको सम्बन्धित देशको राजदूतावास नै हुने गर्छ।
यहाँ पनि नेपालीहरूको समस्या बुझी सक्दो सहयोग गर्ने, समयमै पासपोर्ट बनाइदिने, नेपालीमा लगानीको अवसर भित्र्याउने, मृत्यु भएका नेपालीको शव कम झन्झटमा नेपाल पु¥याउन सहयोगी भइदिने, समस्या परी राजदूतावास फोन गर्दा सहज ढंगमा सम्र्पक हुनेजस्ता कार्य गर्नुपर्ने हो।
टोकियोस्थित नेपाली राजदूतावासको भूमिका नेपालबाट आएका नेपाल सरकारका उच्च पदस्थ प्रतिनिधिहरूको सेवामा नै बढी केन्द्रित देखिन्छ। दशकौंदेखि यहाँ व्यापार व्यवसाय गरिरहेका नेपाली समुदाय जापानका विभिन्न क्षेत्रमा पेसा गरिरहेका अनुभवी नेपाली व्यक्तिहरूसँग छलफल गर्नभन्दा दूतावास एनआरएनसँग नजिक भइ सहकार्य गर्न रुचाउने प्रवृत्ति हाबी छ। आज पनि नेपालीलाई पासपोर्ट छिटो चाहिएका नेपाल नै पुग्नुपर्ने अवस्था छ।
यसले नेपालीलाई दुःख त छँदै छ, थप आर्थिक भार झेल्नु परिरहेको अवस्था छ। यस्तो अवस्था पहिले निकै कम हुने गथ्र्यो। उनी सम्झन्छन्, ‘डा. केदारभक्त माथेमा जापानका लागि नेपाली राजदूतका रूपमा कार्यरत रहँदा दूतावासमा सजिएको नेपाली गाउँबेसी नेपाली जनताका तस्बिर औंल्याउदै भन्नुहुन्थ्यो–हेर ! म यिनै नेपालीका लागि यहाँ काम गर्न आएको हुँ। वास्तवमा नै उहाँको कार्यकालमा जापानमा रहेका नेपालीले त्यसको अनुभव गर्न पाए।’
हामीमध्ये प्रायः धेरै जसो केही न केही कारणले बिदेसिन चाहन्छौं। जसमा नेपालीहरूको सहज रोजाइ जापान बन्न पुगेको छ। जापान कोही अध्ययन गर्न त कोही कामदारका रूपमा बर्सेनि हजाराै दक्ष नेपाली विद्यार्थी जापान पुग्ने गर्छन्। सहरबजार जहाँतहीं देखिने विज्ञापनले आजका युवापुस्ता माझ जापानप्रतिको मोह इंगित गर्छ। अमेरिका, अस्ट्रेलियापछि जापान नेपाली युवापुस्ताको रोजाइ बन्दै गइरहेको छ। उच्च शिक्षा अध्ययन गर्न जाने नाममा शिक्षित दक्ष भई फर्कने मनसायभन्दा दाम कमाउने आकांक्षासहित हजारौं नेपाली विद्यार्थी जापान पुग्ने गर्छन्।
सपना सबैले देख्छौैं। कसैका सपना पूरा हुन्छन् त कसैले प्रयास गर्दागर्दै निराशा हातमा पर्छन्। कोही निराशामा मृत्युलाई अँगाल्न पुग्छन्। एसएलसी सकेर बाह्र कक्षाको परीक्षा सकिँदा नसकिँदै हामी विदेशमा उच्च शिक्षा अध्ययन गर्ने सपना बुन्न थालिहाल्छौं। छरछिमेकी या साथीहरू विदेश गएको, उतै पढ्दै राम्रो कमाइ गर्न थालेको देखेपछि हामी पनि उस्तै बन्ने होडमा लागिहाल्छौं। पढाइमा अब्बल छन् र आर्थिक हैसियत ठिक भएका परिवारका हौं भने अमेरिका, अस्ट्रेलिया, बेलायत जाने प्रयास गर्छौं। मध्यम आय भएका आम जनसाधारण नेपालीका लागि पढाइमा अब्बल श्रेणी हुन जरुरी नपर्ने। भिसा सुविधा अन्य देशको तुलनामा सहज, कम झन्झटिलो, दिन परदिन नेपाली युवापिंढी जान चाहने मुलुक जापान नै हो। अझ काठमाडौंका चोकचोकमा आर्कषक पारामा जापान, कोरिया सहज भिसा लेखिएको होडिङबोडले ती सबै जापान पुर्याइदिनका लागि नै खोलिएका हुन् झैं भान गराइदिन्छन्।
पढाइमा अब्बल छन् र आर्थिक हैसियत ठिक भएका परिवारका हौं भने अमेरिका, अस्ट्रेलिया, बेलायत जाने प्रयास गर्छौं। मध्यम आय भएका आम जनसाधारण नेपालीका लागि पढाइमा अब्बल श्रेणी हुन जरुरी नपर्ने।
भाषासम्बन्धी राम्रो ज्ञान भएको खण्डमा अवसरका असंख्य बाटा खोलिन्छन् भन्ने तथ्य उत्तमको अनुभवले देखाउँछ। उनी सुझाव दिन्छन्–नेपालभन्दा भिन्न समान संस्कृति भएको सुरक्षित मुलुक जापान हो। नेपालप्रति आत्मीयता देखाउने देश जापान हो।
मुख्य कुरा यहाँ हतारिएर होइन, आउनुपूर्व कामको टुंगो गरेर आउँदा यहाँ कामका लागि भौंतारिनुपर्ने अवस्थाबाट राहत पाइन्छ तर यसका विपरीत नेपाली विद्यार्थीको लगभग दुई वर्षको समय जापानी भाषा अध्ययनमा बित्ने हुँदा आफूसित ल्याएको खर्च त्यसैमा सकिन पुग्छ। घरबाट थप खर्च मगाउने अवस्था भएमा त ठिक छ, नत्र हप्ताको बीस घण्टा मात्र काम गर्न पाउने प्रावधानले विद्यार्थीमा थप आर्थिक भार पर्न जान्छ। भाषागत ज्ञानको अभावले यहाँको नीति नियम राम्ररी बुझ्न नसक्नाले अप्ठ्यारोसँगसँगै बेरोजगारीले निराशाको चरम बिन्दुसम्म पुग्छन्।
औपचारिक प्रशिक्षणभन्दा पनि विदेशी भाषा सिक्ने उनको रुचीले किशोर उमेरमै जापानीलगायत अन्य मुलुकका भाषा बोल्न सक्ने बनायो। उनी भन्छन्–‘कहिले संगतले त कहिले रहरै रहरले सिकें। उहाँको मान्यता नेपालमा भाषा बाटोबाट नै सिकिरहेका हुन्छौं। जुन तथ्य मेरो मामलामा मिल्न पुग्छ। उत्तम बज्राचार्यको जीवन अनुभवले देखाउँछ कि आफ्नो रुची पहिचान गरौं, त्यसलाई पूरा गर्ने आत्मविश्वास हामीभित्रै हुन्छ।
प्रकाशित: २० जेष्ठ २०८० ०१:२१ शनिबार