४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

पोखरा स्पोर्टस अवार्डः बक्सिङका मर्सानीलाई ‘लाईफटाइम अचिभमेन्ट अवार्ड’

सातौं संस्करणको पोखरा स्पोर्ट्स अवार्ड अन्तरगतको ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ बक्सिङका वरिष्ठ प्रशिक्षक विद्याप्रसाद मर्सानीलाई प्रदान गरिने भएको छ।

पर्यटन मार्फत नेपाली अर्थतन्त्र उकास्न सकिन्छः अमेरिकी राजदूत थम्पसन

नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले गण्डकी प्रदेश र पोखराको अर्थतन्त्र उकास्न पर्यटन नै महत्वपूर्ण क्षेत्र रहेको र त्यसमा सहकार्य गर्न तयार रहेको बताएका छन्। पोखराका पर्यटन व्यवसायीसँगको छलफलमा राजदूत थम्पसनले नेपाली अर्थतन्त्र उकास्नका लागि पर्यटन सबैभन्दा बढी महत्वपूर्ण रहेको बताए।

अवार्डलाई सुपर मादीको साथ

कास्कीको मादी गाउँपालिकामा रहेको सुपर मादी हाइड्रोपावर लिमिटेड खेलकुद पत्रकार मञ्च गण्डकीसँगको सहकार्यमा जोडिएको छ।

आर्थिक समृद्धिमा सहकार्य गर्ने नेपालका लागि अमेरिकी राजदुतको प्रतिवद्धता

नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले स्थायित्व, खुलापन तथा महिला एवं सीमान्तकृत वर्गलाई मुलधारमा ल्याउन निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताएका छन्।

स्पोर्ट्स अवार्डलाई टेल्जीको साथः उत्कृष्ट खेलाडीलाई इलेक्ट्रिक स्कुटर

सातौं पोखरा स्पोर्ट्स अवार्डमा उत्कृष्ट वर्ष पुरुष तथा महिला खेलाडीले यो वर्ष इलेक्ट्रिक स्कुटर प्राप्त गर्नेछन्। अघिल्लो संस्करणमा कोरोनाकै कारण उत्कृष्ट खेलाडीलाई नगद पुरस्कार प्रदान गरिएको थियो।

स्पोर्टस अवार्डः उत्कृष्ट खेलाडीलाई इलेक्ट्रिक स्कुटर

सातौं पोखरा स्पोर्टस अवार्डमा उत्कृष्ट वर्ष पुरुष तथा महिला खेलाडीले यो वर्ष इलेक्ट्रिक स्कुटर प्राप्त गर्ने छन्।

पोखरा स्पोर्ट्स अवार्डः मनोनयन सार्वजनिक

यही बैशाख २३ गते आयोजना हुने ‘पोखरा स्पोर्ट्स अवार्ड २०७९’ को लागि खेलाडीको मनोनयन सार्वजनिक गरिएको छ। खेलकुद पत्रकार मञ्च गण्डकीले बैशाख तेस्रो साताको शनिबार अवार्ड वितरण गर्ने छ।

महानगर वडास्तरीय टेबल टेनिसमा ९ नम्बर च्याम्पियन

महानगर वडास्तरीय टेबल टेनिस प्रतियोगितामा पोखरा महानगरपालिका– ९ च्याम्पियन बनेको छ। पोखरा महानगरपालिका खेलकुद विकास समितिले आयोजना गरेको अन्तर वडास्तरीय टेबल टेनिस प्रतियोगितामा महिला सिंगल्समा ९ की तृषा गुरुङ प्रथम, ९ कै मुना थापा द्वितीय र वडानम्बर ७ की पद्मा थापा द्वितीय तथा वडा नम्बर ४ की सिजल बानियाँ तृतीय भए।

पोखरेली व्यवसायी भन्छनः पोखरा–चीन जोड्नेगरि हवाई उडान थाल्नुपर्यो

चीनले पर्यटकलाई नेपालसम्मको घुमघामलाई खुकुलो त बनायो, तर पोखरासम्म सिधा हवाई उडान नहुँदा चाहेजति चिनियाँ पाहुना आउन नसकेको तर्क गर्दै पोखरेली पर्यटन व्यावसायीले चीनलाई पोखरासम्म हवाई उडानमार्फत जोड्ने पहल गरिदिन आग्रह गरेका छन्। नेपालका लागि चिनियाँ राजदुत चेन सङ सँग भेट गर्दै पोखरेली पर्यटन व्यावसायीलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसम्म चिनियाँ सहरलाई जोड्नेगरि हवाई उडानको पहल गरिदिन आग्रह गरेका हुन्।

पुरस्कारका लागि भूतपूर्व खेलाडीको साथ

पूर्व राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरूको छाता संगठन नेपाल भूतपूर्व खेलाडी मञ्चले आगामी वैशाख २३ गते पोखरामा आयोजना हुने सातौं पोखरा स्पोर्टस अवार्डलाई सहयोग गरेको छ।

भुतपुर्व खेलाडी मञ्चको लक्ष्य ‘एथलेटिक्स एकेडेमी ’

नेपाल भुतपूर्व खेलाडी मञ्च पोखराले एथलेटिक्सका खेलाडी उप्पादन गर्ने लक्ष्यसहितको एकेडेमी स्थापना गर्ने लक्ष्य राखेको छ। मञ्चको हालै सम्पन्न १२ औं वार्षिक साधारण सभामा अध्यक्ष हरिप्रसाद पराजुलीले आफनो योजना सार्वजनिक गर्दै एथलेटिक्स एकेडेमी स्थापना गरिने लक्ष्य राखिएको सुनाए।

एकैदिन जम्बो चिनियाँ टोलिले गर्यो पोखरामा प्याराग्लाइडिङ

चीनबाट आएको जम्बो टोलीले एकैदिन पोखरामा प्याराग्लाईडिङ गरेपछि पोखरेली पर्यटन व्यवसायी उत्साहित भएका छन। सामुहिक रुपमा नेपाल घुम्न आएका चिनियाँ टोलीले सामुहिक रुपमा प्याराग्लाइडिङ गरेपछि पोखरेली पर्यटन व्यवसायी उत्साहित भएका हुन।

पोखराको पर्यटनमा तुँवालोको मार, एकसातामा एकसय बढी उडान प्रभावित

तुँवालोका कारण पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार एकसाताको अवधिमा मात्र एकसय भन्दा बढी उडान रद्द भएका छन्। ती उडानबाट कम्तिमा १४ हजार (दुइतर्फीं) यात्रुको यात्रा प्रभावित भएको विमानस्थलले बताएको छ। एकदिन मात्र विमानस्थलबाट उडान प्रभावित हुँदा त्यसको मार हवाई कम्पनि, विमानस्थलदेखि पोखराको पर्यटन क्षेत्रमा पर्ने व्यावसायीको गुनासो छ।

न्यून लागतका एकसय घर बनाउन त्रिपक्षीय सम्झौता

पोखरा महानगरपालिका क्षेत्रभित्र न्यून आय भएका व्यक्तिलाई लक्षित गरी न्यून लागतका एकसय वटा व्यवस्थित घर निर्माण गर्ने सम्बन्धमा त्रिपक्षीय सम्झौता भएको छ। पोखरा महानगरपालिका, लुमन्ति आवासको लागि सहयोग समूह र कामना सेवा विकास बैंक बीचमा महानगर क्षेत्रभित्र एकसयवटा नयाँ व्यवस्थित घर निर्माण गर्ने सम्झौता गरिएको हो।

आलु महोत्सवमा पाँच करोड रुपैयाँको आलु बिक्री

आलु गाउँको नामले परिचित हेमजा आलु महोत्सव पाँच करोड रुपैयाँ बराबरको कारोबार गर्दै सम्पन्न भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्