४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

तीन दिनपछि खुल्यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

शुक्रबारदेखि बन्द रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आइतबार दिउँसो साढे २ बजेमात्र खुलेको छ। ढिलागरि विमानस्थल खुल्दा आइतबारका धेरै उडान प्रभावित भएका छन्। बाक्लो तुँवालोका कारणले पोखरामा हवाई उडानमा बाधा पर्दै आएको थियो।

पोखरा स्पोर्टस अवार्डः अवार्ड वितरण पारदर्शिता कायम गर्न सुझाव

पोखरा स्पोर्टस अवार्डको सातौं संस्करणसम्म आईपुग्दा जिल्ला खेल संघहरुले अवार्ड वितरणलाई पारदर्शि बनाउन सुझाव दिएका छन्। जिल्ला संघका पदाधिकारीहरुसँगको छलफलमा अवार्डको गरिमालाई जोगाई राख्न पादर्शिता हुनुपर्ने दोहोर्याएका छन्।

पोखरामा तुवाँलो: बढ्दैछन् बिरामी

यतिबेला पोखराका अस्पतालमा बिरामी थपिएका छन्। निजी क्लिनिकमा आफुखुसी औषधि किनेर उपयोग गर्ने पनि उत्ति नै रहेको क्लिनिक संचालकले बताएका छन्। स्वास्थ्यकर्मीका अनुसार अहिले अधिकांश बिरामी रुघाखोकीका छन्। नाक पिरो भयो, आँखा पोल्यो, रुघा लाग्यो, घाटी खसखस ग¥यो भन्ने बिरामी पर्याप्त हुन थालेका छन्।

सशस्त्र प्रहरीको गोताखोरले बालिकालाई निकाल्यो २०० मिटर गहिराईबाट

कास्की जिल्लाको पोखरा महानगरपालिका १५ स्थित सिताराम हाउजिङ नजिकै खेल मैदानमा रहेको भासिएको प्वालमा खसी अड्कीएकी एक जना बालीकालाई सशस्त्र प्रहरीले निकालेको छ।

तुवाँलोले पोखराको हवाई उडान प्रभावित, खुल्नै सकेन अन्तर्राष्ट्रिय विमानस्थल

भिजिविलिटी अपुग हुँदा त्यसको मार पोखराबाट हुने हवाई उडानमा परेको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने हवाई उडान प्रभावित भएको विमानस्थलले बताएको छ। शनिबार दिउँसो तीनबजेसम्म पोखरा विमानस्थल खुल्न सकेको छैन।

तुवाँलोले ढाक्यो पोखरा, घटायो ‘भिजिबिलिटी’

एकसाता भयो पोखराको मौसम सफा छैन। पोखराको मौसम शनिबार त झनै कमजोर थियो। बाक्लो तुवाँलोले गर्दा पोखरा उकुसमुकुस जस्तो भएको छ। सहर आसपासका डाँडा कतै देखिन्नन। बाक्लो तुवाँलोले गर्दा भिजिविलिटी समेत घटेको छ।

आँबुखैरेनीतर्फ सात किमि सडक कालोपत्रको तयारी

मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँको आँबुखैरेनी खण्डमा सात किलोमिटर सडक कालोपत्रको तयारी गरिएको छ।

पोखराको महेन्द्रपुलमा अन्तर्राष्ट्रिय झण्डा पार्क

पोखराको मुख्य बजार क्षेत्र रहेको महेन्द्रपुलमा अन्तर्राष्ट्रिय झण्डा पार्क निर्माण सुरु भएको छ।

वायु प्रदुषणः भिजिविलिटी नपुग्दा पोखराको हवाई उडान प्रभावित, रोकिएका जहाज गए, तर आउन सकेनन्

वायु प्रदुषणले अहिले मुख्य सहर प्रभावित भएका छन्। राजधानी काठमाडौं सहित पोखरा र अन्य क्षेत्रमा पनि वायु प्रदुषण उच्च छ। वायु प्रदुषणले गर्दा भिजिविलिटी नपुग्दा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने हवाई उडान प्रभावित भएका छन। विमानस्थलमा शुक्रबार दिउँसो साढे तीनबजेसम्म कुनैपनि जहाज अवतरण गर्न सकेका छैनन।

आन्तरिक पर्यटक लक्षित गर्दै पोखरामा महोत्सव

यो बेला पर्यटन क्षेत्र कमजोर रहेको गुनासो पर्यटन व्यावसायीको छ। सिजनमा पनि विदेशी पाहुना नआएको व्यावसायीले बताउने गरेका छन्। विदेशी बाहेक आन्तरिक पाहुनाको आगमन पनि सोचेजति हुन नसकेको उनीहरुको भनाई छ। पाहुनाविहीन अवस्थामा रहनुपर्दा पर्यटन क्षेत्रले सकस भोगिरहेको व्यवसायीले बताउँदै आएका छन्। पाहुनाको यही अभावलाई केही कम गर्न भन्दै यहाँस्थित लेकसाइडमा बुधबारदेखि १८ औं संस्करणको फेवा नववर्ष महोत्सव सुरु भएको छ।

पोखरा स्पोर्टस अवार्डः उत्कृष्ट संघ पुरस्कारलाई टाइगर ग्रुपको प्रायोजन

पोखरा स्पोर्टस अवार्डको सातौं सस्करणलाई पोखराको टाईगर ग्रुपले उत्कृष्ट संघ पुरस्कार प्रायोजन गरेको छ। खेलकुद पत्रकार मञ्च गण्डकीले आगामी बैशाख २३ गते सातौं सँस्करणको पोखरा स्पोर्टसको उत्कृष्ट संघ विधालाई टाईगर ग्रुपले प्रायोजन गरेको हो।

भारत भ्रमणमा जाँदा हवाई रुटबारे कुरा गर्छु: प्रधानमन्त्री

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको साढे तीन महिना बितिसकेको छ। प्रधा

पर्यटन व्यावसायीको प्रधानमन्त्रीलाई अनुरोध: पोखराबाट अन्तर्राष्ट्रिय उडानको पहल गरिदिनुपर्यो

प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट छिटै नै अन्तर्राष्ट्रिय उडान सुरु हुने अपेक्षा पर्यटन व्यावसायीले राखेका थिए। तर, व्यावसायीको त्यो अपेक्षा उद्घाटन भएको साढे तीनमहिना बित्नै लाग्दा पनि पुरा भएको छैन। अन्तर्राष्ट्रिय उडानको त्यही अपेक्षा पुरा गराउन माग गर्दै पोखरेली पर्यटन व्यावसायीले प्रधानमन्त्रीलाई नै गुहारेका छन्।

पोखराको हेमजामा ३५ टनको आलुको पहाड

पोखराको हेमजामा आलु महोत्सव शुरु भएको छ। विष्णुपादुका क्लवको आयोजनामा पोखरा–२५ हेमजामा ‘राष्ट्रिय हेमजा आलु महोत्सव’ शुरु भएको हो। बैशाख ३ गतेसम्म चल्ने महोत्सवको आईतबार गण्डकी प्रदेशका कृषि मन्त्री बेदबहादुर गुरुङले उद्घाटन गरे।

पोखराका पर्यटन व्यवसायीको राजधानीवासीलाई निम्ताः नयाँ वर्ष मनाउन पोखरा आउनुस्

सिजनको बेलामा पनि पाहुना नपाउँदा अत्तालिएका पोखराका पर्यटन व्यवसायीले संघीय राजधानी काठमाडौंका आन्तरिक पाहुनालाई पोखरा घुम्न आउन अनुरोध गरेका छन्। पोखरामा आगामी बुधबारदेखि सुरु हुने १८ औं संस्करणको फेवा नववर्ष महोत्सवको अवसर पारेर आन्तरिक पाहुनालाई पोखरा घुम्न आइदिन व्यवसायीले राजधानीवासीलाई निम्ता गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्