२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

पोखरा स्पोर्टस अवार्डः उत्कृष्ट संघ पुरस्कारलाई टाइगर ग्रुपको प्रायोजन

पोखरा स्पोर्टस अवार्डको सातौं सस्करणलाई पोखराको टाईगर ग्रुपले उत्कृष्ट संघ पुरस्कार प्रायोजन गरेको छ। खेलकुद पत्रकार मञ्च गण्डकीले आगामी बैशाख २३ गते सातौं सँस्करणको पोखरा स्पोर्टसको उत्कृष्ट संघ विधालाई टाईगर ग्रुपले प्रायोजन गरेको हो।

बुधबार ग्रुपका अध्यक्ष नारायणप्रसाद शर्मा र खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दिनानाथ बरालबीच सम्झौता पत्रमा हस्ताक्षर भएको थियो। वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लवतर्फको पुरस्कार राशी ३५ हजार रुपैयाँ रहेको छ। सम्झौता हस्ताक्षर कार्यक्रममा गण्डकी प्रदेशका सांसद प्रकाश बराल, प्रदेश खेलकुद परिषद गण्डकीका उपाध्यक्ष ध्वजकुमार गुरुङ, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका पूर्व अध्यक्षहरु सहभागि थिए।  

टाईगर ग्रुप अफ पोखरा नेपालले नेपालको राष्ट्रिय खेल भलिवललाई प्रवद्र्धन गर्ने उद्देश्यले टाईगर कप भलिवल प्रतियोगिताको आयोजना गर्दै आएको छ। टाईगर ग्रुपले यसअगाडि समेत स्पोर्ट्स अवार्डमा सहयोग गरेको थियो। सातौं सस्करणको पोखरा स्पोटर््स अवार्ड कार्यक्रममा लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड दिने प्रदान गरिनेछ।  

अवार्ड कार्यक्रमलाई सफल बनाउन गण्डकी प्रदेश सरकार, प्रदेश खेलकुद परिषद गण्डकी, पोखरा महानगरपालिका लगायतले सहयोग गर्ने तय भईसकेको छ। यसैगरी उदीयमान खेलाडीको पुरस्कार सहारा क्लब पोखरा तथा उत्कृष्ट खेल पत्रकारको पुरस्कार रामबजार निवासी स्व.सेनानी हेमबहादुर पुनको परिवारले प्रायोजन गर्ने सम्झौता गरेको मञ्चले उल्लेख गरेको छ।  

प्रकाशित: २९ चैत्र २०७९ ०७:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App