५ आश्विन २०८१ शनिबार
image/svg+xml

बागमती प्रदेश सरकारद्वारा ९५ पुल निर्माण

बागमती प्रदेश सरकारले प्रदेशका विभिन्न स्थानमा ९५ पुल निमार्ण गरेको छ। यातायात सेवा सहज गर्न पुल निर्माण गरिएका हुन्।

कोशी प्रदेश सरकारबिरुद्धको मुद्दाको सुनुवाइ हुँदै

प्रदेश सभा बैठकको अध्यक्षता गरेका सदस्यले समेत मुख्यमन्त्रीलाई विश्वासको मत दिएको भन्दै एमालेले सत्तापक्षले संविधान विपरीत काम गरेको दाबी गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेको थियो ।

सहज छैन प्रदेशको ‘औचित्य पुष्टि’

डिल्लीबहादुर चौधरी नेतृत्वमा गठन भएको लुम्बिनी प्रदेश सरकारले सय दिन पार गरेको दुई साता बित्यो । आफ्नो सय दिने उपलब्धी सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री चौधरीले ‘समृद्ध प्रदेशको’ रटान लगाए ।

कर्णाली प्रदेश स्थापना तथा शहीद दिवसमा सार्वजनिक बिदा

कर्णाली प्रदेश सरकारले आज प्रदेश स्थापना तथा शहीद दिवसका अवसरमा सार्वजनिक बिदा दिएको छ।

कर्णाली प्रदेश सरकारविरुद्ध उच्च अदालतमा रिट दर्ता

कालिकोटको एकमात्र सरुवा रोग अस्पताल सुर्खेतमा सार्ने निर्णयविरुद्ध उच्च अदालत जुम्लामा रिट दायर गरिएको छ।

सामान्य काम नै गण्डकी सरकारको सय दिनको उपलब्धि

गण्डकी प्रदेश सरकारको सय दिन सामान्य काममा बितेको छ। त्यसैले त हनिमुन पिरियडका रुपमा मानिने गण्डकी सरकारको एक सय दिनको उपलब्धिका रुपमा सामान्य कामलाई प्रमुख उपलब्धिका रुपमा उल्लेख गरिएको छ।

कोसीमा १६ गते साँझ ५ बजेभित्र नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखकाे आह्वान

कोसी प्रदेशमा नयाँ सरकार गठनको लागि आह्वान गरिएको छ। कोशी प्रदेश प्रमुख परशुराम खापुङले नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन्।

कर्णाली प्रदेश सरकारको ‘मूल्यवान’ लोगो सार्वजनिक

कर्णाली प्रदेश सरकारको ‘मूल्यवान’ लोगो सार्वजनिक गरिएको छ। प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयद्वारा आयोजित ‘कर्णालीको प्राङ्गारिक कृषि वर्तमान अवस्था भावी कार्यदिशा’ सरोकारवालाहरूसँगको अन्तक्र्रियामा मुख्यमन्त्री राजकुमार शर्माले सो लोगो सार्वजनिक गरेका हुन।

अनुदान रोकिएको विरोधमा दुग्ध किसान आन्दोलित

चितवनका तीनवटा स्थानीय तहलाई प्रदेश सरकारले दिँदै आएको अनुदान एक्कासि रोकेपछि किसान अन्दोलित भएका हुन्।

उद्योगलाई प्रदेश सरकार योजना:गाउँमा खानेपानीको हाहाकार

कर्णाली प्रदेश सरकारले निजी उद्योगको नामै किटान गरेर योजना हालेको छ।आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेट तथा कार्यक्रममा सुर्खेतको चौकुनेमा दर्ता रहेको सुर्यतारा सिमेन्ट उद्योगको नाम किटान गरी बजेट विनियोजन गरि योजना हालेको हो।

प्रदेश सरकारको १ करोडको लागतमा मानव सेवा आश्रमको भवन निर्माण हुँदै

मधेस प्रदेश सरकारको १ करोडको लागतमा मानव सेवा आश्रम वीरगञ्जको भवन निर्माण कार्य भइरहेको छ। वीरगन्ज महानगरपालिका–१५ लक्ष्मणवामा भइरहेको भवन निर्माण कार्यमा अहिले दुई तल्लेको छत ढलान भएको छ।

प्रदेश सरकार प्रतिपक्षसँगै हिँड्न चाहन्छ : मुख्यमन्त्री चौधरी

लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रतिपक्षलाई साथमा लिएर अगाडि बढ्न चाहेको बताएका छन।

बजेटमा प्रतिपक्षी दलका सुझाव समेट्ने बागमती प्रदेश सरकारको निर्णय

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा प्रतिपक्षी दलले दिएका सुझाव समेट्ने निर्णय गरेको छ।

ढल्यो कोसी प्रदेश सरकार

एमाले नेतृत्वको कोसी प्रदेश सरकार ढलेको छ। मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शुक्रबार विश्वासको मतका लागि प्रदेशसभामा राखेको प्रस्ताव अस्वीकृत भएपछि उनी नेतृत्वको सरकार ढलेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्